प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
ल्हासा र काठमाडौँ जोड्ने राजमार्ग बनाउने चीन र नेपालका उच्च नेतृत्वको निर्णय बुद्धिमत्तापूर्ण निर्णय थियो । यो राजमार्ग दुवै देशको लागि रणनीतिकरूपमा महत्वपूर्ण राजमार्ग हो । नेपाल र तिब्बतबीच निकै पुरानो मैत्रीपूर्ण सम्बन्ध छ । तथापि दुई देशबीचका अग्ला पहाड दुईपक्षीय व्यापार र मानिसको आवतजावतमा अवरोध बनेका थिए । आधुनिक सडक निर्माणले चीन र नेपालबीचको यातायातमा ठुलो सुधार ल्याउन सक्थ्यो । यसले दुई देशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सम्बन्ध सुधारमा मद्दत गथ्र्यो । चीनको लागि तिब्बतबाट बाँकी संसारमा जोडिने एउटा बाटो भनेको यादोङ बन्दरगाहबाट कलकत्ता बन्दरगाहसँग जोडिनु थियो । त्यो बाटो सिक्किम हुँदै कलकत्ता बन्दरगाह पुग्छ । सन् १९६२ को चीन र भारतबीचको सीमा युद्धपछि त्यो सडक मार्ग पूर्णतः बन्द भयो । दक्षिण एसियासँग जोडिन चीनलाई नयाँ बाटोको खाँचो परेको थियो । चीन र भारतको बीचमा अवस्थित नेपाल भूपरिवेष्ठित देश हो । अर्थतन्त्र, व्यापार, रक्षा र अन्य विविध पक्षमा भारतको नेपालमा बलियो प्रभाव छ । आफ्नो सार्वभौमिकता रक्षा गर्न नेपालले चीनसँग बलियो सम्बन्ध बिस्तार गर्नुपरेको थियो । चीन–नेपाल राजमार्ग निर्माणको विषयलाई लिएर केही विदेशी शक्तिले कोकोहोलो मच्चाए । तर, राजा महेन्द्रले यस्ता दबाबको सामना गर्दै सार्वजनिकरूपमै ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन’ भने ।

मित्तेरी पुल
चिनियाँ सडक निर्माण बटालियनको मुख्यालय त्यहीँ थियो । मुख्यालयबाट केही दर्जन मिटर पर नेपाली सेनाको एउटा शिविर राखिएको थियो । नेपाली सेनाले दिनरात शिविरलाई सुरक्षा पहरा दिन्थ्यो । शिविर नजिकको बाटो मितेरी पुल पुग्ने बाटो थियो । चीन–नेपाल राजमार्ग नबन्दासम्म त्यही सडक नै चीन पुग्ने एउटामात्र बाटो थियो । भिरालो भुइँमा एकातिर काठ थुपारेर सम्म बनाएर चारतिर डोरीले तानेर बस्ने पाल बनाइएको थियो । पालभित्र दुई वटा सामान्य खालको चोयाको खात थियो । औंला जत्रा चोयालाई सन्पातको डोरीले बाँधेर खात बनाइएको थियो र चार वटा टेकोले त्यसलाई भुईबाट उठाइएको थियो ।
नेपालतिर सीमा प्रहरी र भन्सारका कर्मचारीहरू थिए । तर, उनीहरूले हामी कसैसँग केही सोधेनन् । बरु मैत्रीपूर्वक हामीलाई हेरिरहे । हामीले लगाएको पोशाक र बोकेका झोला झम्टा देखेर उनीहरूले हामी चिनियाँ सडक निर्माण बटालियन भएको थाहा पाइसकेका थिए । मितेरी पुलबाट हाम्रो शिविर स्थलसम्म पुग्न एक किलोमिटरभन्दा लामो दुरी छिचोल्नुपथ्र्यो । त्यो निकै कष्टकर यात्रा थियो । मैले बोकेको झोलाको तौल झन्झन् बढिरहेको मलाई अनुभव भइरहेको थियो । मेरो खुट्टा झन्झन् शिथिल बन्दै थियो । बाटो निकै चिप्लो थियो । खाल्डाखुल्डीको कुरा गरी साध्य छैन । म आफूलाई त्यस्तो सडकमा घिर्सादै थिएँ । बाटोको एकातिर भिरालो भीर थियो भने अर्कोतिर छङछङ बग्दै गरेको नदी । निकै खतरनाक थियो । कतै चिप्लिए सीधै नदीमा खस्थ्यो । मैले तलल्तिर त हेर्ने आँट पनि गरिनँ । एक मिटरको एकतिहाइ जति चौडा त्यो हिलाम्य सडकमा निकै सावधानीका साथ पाइला चालिरहेँ । ‘लगनशीलताले काम बन्छ’ भन्ने मनमा राख्दै हामी अन्ततः कोदारीको एउटा पहाडी भिरालोमा बनाइएको हाम्रो शिविर स्थल पुग्यौँ ।
चिनियाँ सडक निर्माण बटालियनको मुख्यालय त्यहीँ थियो । मुख्यालयबाट केही दर्जन मिटर पर नेपाली सेनाको एउटा शिविर राखिएको थियो । नेपाली सेनाले दिनरात शिविरलाई सुरक्षा पहरा दिन्थ्यो । शिविर नजिकको बाटो मितेरी पुल पुग्ने बाटो थियो । चीन–नेपाल राजमार्ग नबन्दासम्म त्यही सडक नै चीन पुग्ने एउटामात्र बाटो थियो । भिरालो भुइँमा एकातिर काठ थुपारेर सम्म बनाएर चारतिर डोरीले तानेर बस्ने पाल बनाइएको थियो । पालभित्र दुई वटा सामान्य खालको चोयाको खात थियो । औंला जत्रा चोयालाई सन्पातको डोरीले बाँधेर खात बनाइएको थियो र चार वटा टेकोले त्यसलाई भुईबाट उठाइएको थियो । खातमा मैले सँगै ल्याएको कपासको पातलो डस्ना बिछ्याएँ र त्यसमाथि तन्ना । मेरा सबै लुगाफाटा एक छेउ राखेर गम्छाले छोपेँ । सिरकको प्रबन्ध भएसँगै सुत्न समस्या भएन । मुख्यालयमा मुख्य अधिकारीको थर ली र सहायक प्रमुखको थर वाङ थियो । उनीहरूसँगै चिनियाँ सडक निर्माण बटालियन त्यही शिविरमा बस्थे । उपप्रमुख वाङ र म एउटै पालमुनि बस्थ्यौँ ।
असामान्य जोखिम र खतरनाक सडक निर्माण
हामी नेपाल पसेलगत्तै चिनियाँ सडक निर्माण बटालियनले काम थाल्यो । झन्डै पाँच सय मानिसलाई पाँच वटा उपसमूहमा विभाजन गरिएको थियो । हरेक उपसमूहलाई अलग अलग सडक खण्ड बनाउने जिम्मा लगाइएको थियो । बाटो बनाउने कामको पहिलो चरणमा ट्र्याक खोल्नु थियो । २० किलोमिटर लामो सडक खण्ड पहाडको उचाइबाट गएको थियो । त्यसकारण त्यो खण्डको काम असामान्यरूपमा जोखिमपूर्ण थियो । सिपाहीहरू कम्मरमा बेस्सरी मोटो सुरक्षा डोरी बाँध्थे र हातमा मुङ्ग्रा र छिना बोकेर दर्जनौं मिटर अग्ला चट्टान झुन्डिएर फोड्थे । एक जनाले छिना समात्ने र अर्कोले मुङ्ग्राले हान्ने गर्थे । यसरी खोपेर उनीहरूले विस्फोटनको लागि विस्फोटक राख्ने प्वालहरू बनाउँथे । अरू कैयौँ मानिस फलामको उत्तोलकले ठुलठुला चट्टान पन्छाउँदै थिए । ससाना चट्टानहरू हातैले पन्छाउँदै थिए । काम निकै सघन र खतरनाक थियो । विस्फोटनको लागि प्वाल पार्ने कामको अतिरिक्त ती प्वालमा विस्फोटकहरू राख्दा, विस्फोट नभएका विस्फोटकहरू पन्छाउँदा र माथि पहाडबाट ढुङ्गा खस्दा त्यहाँ काम गरिरहेका जवानहरूको ज्यान जोखिममा पथ्र्यो । टोली नेताहरूले पटक पटक सुरक्षा र सावधानका तरिकाबारे बारम्बार जोड दिइरहेको हुन्थ्यो । जस्तै बिहान काम थाल्नुअघि नै विस्फोटनको कारण धरापमा परेको ढुङ्गा पन्छाउन लगाइन्थ्यो । तर, पनि दुर्घटना भने समयसमय भइरहन्थ्यो ।
एक दिन म टोली नेताहरूकै पछि लागेर दुर्घटना भएको ठाउँमा पुगेको थिएँ । त्यहाँ एक जना सिपाहीले आफ्नो जीवन बलिदान गरेका थिए । हातको मुट्ठीजत्रो ढुङ्गा माथिबाट हुतिएर आएर उसले लगाएको हेलमेट छेडेर टाउकोमा लाग्दा घटनास्थलमै उसको निधन भएको थियो । मलाई निकै दुःख लाग्यो । चीन–नेपालको मित्रताप्रति समर्पित सडक निर्माणको क्रममा एक वर्षको अन्तरालमा चार जना युवा सिपाहीहरूले ज्यान गुमाएका थिए । उनीहरूलाई झाङ्मुको सहिद स्मारकमा गाडिएको थियो । पछि म त्यो स्मारकको भ्रमणमा जाँदा चीन–नेपाल राजमार्ग निर्माणको क्रममा (विशेषतः चीनतिरको बाटो बनाउने क्रममा) अरू पनि धेरै जनाले ज्यान गुमाएका थिए ।
राजमार्गको यो खण्ड भोटेकोसी नदीको दक्षिणी किनारामा बनाइएको थियो । पारि तिब्बत पर्छ । बन्दै गरेको सडकको माथिल्तिरको भिरालोमा हामी बस्ने शिविर थियो । हरेक साँझ हामीले काम रोक्दा पहाडमा परावर्तन हुने गरी हामी विस्फोटनका ठुलठुला आवाज सुन्थ्यौं । सबभन्दा ठुलो विस्फोटन दस टन बराबरको विस्फोटकको विस्फोटनमा भएको थियो । त्यसले ७–८ हजार क्युबिक मिटर ठुलो चट्टान फुटाएको थियो । यो खण्डको सडक पूरै विस्फोटकले बनाएको भन्दा फरक पर्दैन ।
दुई जना कमान्डरको मैत्रीपूर्ण व्यवहार
म बटालियन लीको भाषाअनुवाद थिएँ । उनी चीनमा लेफ्टिनेन्ट कर्णेल र एउटा इन्जिनियरिङ टोलीको राजनीतिक कमिसार थिए । हामीले मुख्यतः दुई जना नेपाली सैनिक कमान्डरहरूसँगको सम्पर्कमा काम गथ्र्यौं । एक जना थापा थरका कमान्डर थिए । उनी सीमा कमान्डर थिए । कोदारीमा सीमा रक्षाको निम्ति उनी जिम्मेवार थिए । त्यस्तै अर्को कमान्डरको थर कार्की थियो । उनको जिम्मेवारी चिनियाँ सडक निर्माण बटालियनको नेपाल सरकारको तर्फबाट सुरक्षा गर्नु थियो । उनीहरू दुवै जना मेजर थिए । हाम्रो मुख्यालयको झन्डै एक सय मिटर पर उनीहरू एउट बङ्गलामा बस्थे । दुवै जना निकै विनम्र र फरासिला थिए । सधैँ हाँसिरहन्थे । हामीलाई सधैँ हाँसेर नमस्कार गर्थे । हाम्रा टोली नेता ली उनीहरूलाई भन्थे, “अध्यक्ष माओ र चीन सरकारको निर्देशनअनुसार हामी नेपालमा चीन–नेपाल राजमार्ग बनाउन आएका हौँ । हामी यो गौरवपूर्ण काम समयमै सक्ने वाचा गर्छौं । यो बाटोले हाम्रा दुई देशबीचको सम्बन्धलाई अझ नजिक ल्याउनेछ । हाम्रा नेताहरूले हामीलाई नेपालको चालचलन र परम्पराप्रति सम्मान गर्न भनेका छन् । हामीबाट केही कतै अनजानमा गल्ती भए हामीलाई समयमै भन्नुहोला ।”
दुई जना नेपाली मेजरहरू भन्थे, “नेपाल निकै गरिब देश हो । यातायातमा निकै समस्या छन् । यो राजमार्ग बनाउन तपाईँहरू यहाँ आउनुभएकोमा नेपाली जनता निकै आभारी छन् । नेपालको पहाडी क्षेत्रमा बाटो खन्न निकै जोखिमको काम हो । चिनियाँ कामदारहरू जोखिमसँग डराउँदैनन् । खतरा मोल्न तयार हुन्छन् । अनुशासित छन् । हामीले यो सब देख्यौँ । स्थानीय जनता पनि बुढी औँला उठाएर खुसीमा भन्छन्–चिनियाँहरू राम्रा छन् ।” दुई जना कमान्डरहरूसँग हाम्रो कुराकानी भइरहन्थ्यो । कहिलेकाहीँ हामी उनीहरूलाई हाम्रो शिविरमा चिनियाँ चियाको स्वाद चाख्न बोलाउँथ्यौँ । अनि कहिलेकाहीँ हामी उनीहरूको घरमा गएर दूध, चिनी र चियापति भएको चियाको स्वाद लिन्थ्यौँ । विभिन्न अवसर पारेर हामी हाम्रो भान्छेलाई चिनियाँ परिकार पकाउन भन्थ्यौँ र नेपाली मेजरहरूलाई बोलाएर खुवाउँथ्यौँ । उनीहरूलाई नेता लीले बाटो निर्माणमा भइरहेको प्रगतिका साथै चीनको अवस्थाबारे पनि जानकारी दिन्थे । उनले मित्रताका धेरै काम गरे । चिनियाँबारे उनीहरूको बुझाइ स्पष्ट पार्न पनि काम गरे ।
नेपालमा सडक निर्माणको क्रममा चिनियाँ सडक निर्माण बटालियनका सदस्यहरूले कहिल्यै पनि तीन अनुशासनका नियम र ध्यान दिनुपर्ने आठ कुरा कहिल्यै उल्लङ्घन गरेनन् न त स्थानीय जनतालाई कुनै खालको दुःख नै दिए । कोदारीमा सडक छेउमै एउटा निकै चर्चित तातो पानी जम्मा हुने केही खुला पोखरी छन् । नेपाली महिला र पुरुष त्यहाँ गएर नुहाउने गर्छन् । महिलाहरू लुगा लगाएरै स्नान गर्थे भने पुरुष जाँघे लगाएर नुहाउँथे । हाम्रा चिनियाँ सिपाहीहरू धुलो मैलोले गन्हाउने भइसक्थे । तर, स्थानीय जनतालाई दुःख नदिन उनीहरू त्यो तातोपानी दहमा कहिले पनि गएनन् । बरु नदीकै चिसो पानीले उनीहरू नुहाउने गर्थे । चिनियाँ सडक निर्माण बटालियनका सदस्यहरू कहिल्यै पनि स्थानीयको घर वा बजार वा नजिकका पसलमा गएनन् । कहीँ पनि विस्फोटन गर्नुअघि उनीहरू त्यसले कोही पनि स्थानीय बासिन्दालाई प्रभावित नहोस् वा आवतजावत गरिरहेका मानिसलाई प्रभाव नपरोस् भनी विचार पु¥याउँथे । कुनै पनि नचिताएको घटना नहोस् भन्नेमा बटालियनका सदस्यहरू सदैव सचेत रहन्थे । सडक निर्माणको निम्ति आवश्यक सामान सबै चीनबाट ल्याइन्थ्यो । साथै अरू दैनिक आवश्यकताका सामान पनि चीनबाट नै भित्याइन्थ्यो । केही खाना र सागसब्जीमात्र काठमाडौँ नजिकका बजार वा सहरबाट बजार मूल्यमा खरिद गरेर ल्याइन्थ्यो । आफ्नो उपस्थितिले स्थानीय बजारमा कुनै प्रभाव नपरोस् भनेर यसो गरिएको थियो । नेपाल गरिब पहाडी देश भए तापनि नेपालका जनता सहृदयी, इमानदार र सरल छन् । उनीहरूले असल सामाजिक सद्भाव कायम राखेका छन् । वरपर डाँकु वा चोर नभएकोले हाम्रा जवानहरू र सरसामान सधैँ सुरक्षित नै रहन्थ्यो ।
विपन्न पहाडी क्षेत्रका जनतालाई स्वास्थ्य सेवा
चिनियाँ सडक निर्माण बटालियनको चिकित्सकको भाषा अनुवादकको भूमिकामा पनि सेवा गरेँ । एउटा टेन्ट विशेषतः अस्पतालकै रूपमा प्रयोग गरिएको थियो । बटालियनका चिकित्सकहरूले सडक बनाउन आएका जवानहरूको स्वास्थ्य उपचार गर्थे । हप्ताको दुई दिन आधा–आधा समय भने उनी निःशुल्करूपमा स्थानीय जनताको स्वास्थ्य परीक्षण गर्थे । उनी बिरामीको नाम, उमेर र रोगका लक्षणबारे सोध्थे । अनि नशा छाम्थे । नजिकै राखिएको खातमा बिरामीलाई पल्टाएर उनी पेटमा थिच्थे । स्टेस्थिकोप र रक्तचाप नाप्ने मेसिनले स्वास्थ्य परीक्षण गर्थे । यसरी उपचारको लागि आउने अधिकांश मानिस कोदारीका पहाडी बस्तीबाट आउने गरिब जनता थिए । उनीहरू सबैजसो ख्याउटे र कमजोर देखिन्थे । उनीहरूको अवस्थाले त्यहाँको कुपोषण र कमजोर जीवन अवस्था प्रतिबिम्बित गथ्र्यो । केही महिलाहरू आफ्ना नानीहरू बोकेर उपचारको लागि आउँथे । ती महिलाहरूको अनुहार हेर्दा चालीस वर्षभन्दा माथिका जस्ता देखिन्थे । तर, खासमा उनीहरूको उमेर तीसमात्र हुन्थ्यो । नेपालको पहाडी क्षेत्रमा हैजा, पखाला र क्षयरोगजस्ता रोगले पिरोलिएका बिरामी धेरै हुन्थे । तर, उनीहरूमध्ये कोहीको पनि पश्चिमा औषधिमा पहुँच थिएन । चिकित्सकले उनीहरूलाई त्यस्तो औषधि दिँदा त्यसले निकै राम्रो प्रभाव पा¥यो । मलाई सबभन्दा गहिरो प्रभाव पारेको एउटा कुरा आयोडिनको कमीले घाँटीमा गलगाँड झुन्डिएका मानिसहरू धेरै थिए । चिकित्सकले उनीहरूलाई चीनबाट पठाइएका आयोडिनका चक्की दिन्थे । चिकित्सकको भाषा अनुवादक भएकोले म पहिलो पटक स्थानीय जनतासँग नजिकिएँ, अनि उनीहरूको अवस्थाबारे धेरै कुरा थाहा पाएँ । चीन आफैँ धनी देश होइन । तथापि ठुलो समाजवादी देश भएकोले एउटा गरिब र छिमेकी देश नेपाललाई केही सहायता दिनु चीनको कर्तव्य हो । यो उसको अन्तर्राष्ट्रवादी दायित्व पनि हो । भर्खरै बनाइएको मितेरी पुलको नाम मैले नै लेखेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । पहिला त्यहाँ काठे पुल थियो । काठे पुलमा एक जनामात्र मान्छे हिँड्न मिल्थ्यो । राजमार्ग बनाउँदा हामीले त्यहाँ आधुनिक पुल बनायौँ । पुलमा दुईतिरबाट गाडी आवतजावत हुन्थ्यो । पैदल यात्रु र सवारी साधन दुवैको लागि हुने गरी त्यो पुल बनाइएको थियो । पुलमा ‘मितेरी पुल’ भनेर चिनियाँ र नेपाली दुवै भाषामा लेखिएको थियो । चिनियाँ नामलाई मैले नेपालीमा अनुवाद गरेँ । मेरा दुई जना कमान्डरको अनुमोदनपछि मैले ठुलठुला अक्षरमा नेपालीमा ‘मितेरी पुल’ भनी लेखेँ । प्राविधिकहरूले त्यहीअनुसार पुलमा रातो रङले पोतेर ‘मितेरी पुल’ भनी लेखे । बाटो निर्माणपछि जहिल्यै त्यहाँ पुग्दा नेपालीमा लेखिएको ‘मितेरी पुल’ देख्छु । गौरवले मेरो छाती धक्क फुल्छ । चीन–नेपाल राजमार्गको लागि मैले गरेको सानो प्रयास देख्दा गौरव अनुभव हुन्छ ।

त्यो वर्षको गर्मी महिनामा एउटा डरलाग्दो घटना भयो । कोदारीको केही किलोमिटर दक्षिण भोटेकोसी नदीछेउमा एउटा गाउँ थियो । हाम्रो शिविर त्यहाँ सार्ने योजना बन्दै थियो । तर, शिविर सार्ने अघिल्लो रात भारी वर्षाको कारण बनेको ताल फुट्दा बाढीको पानी हुत्तिएर पहाडको तलतिर झ¥यो । हामी सर्ने योजना बनाएको गाउँबाट दस वटा घर बगायो । पछि हामी घटनास्थल पुग्यौँ । भोटेकोसी बाढीले बगाएको ठुलठुला ढुङ्गाले भरिएको थियो । तीमध्ये एक दुई वटा ढुङ्गा त कोठाभन्दा ठुला थिए । धन्न हामी एक दिनअघि त्यता सरेनौँ ।
सारमा भन्दा कोदारीको जीवन निकै कष्टकर थियो । हामीले चीनमा जे खान्थ्यौँ, खान त त्यहाँ पनि त्यही खायौँ । तर, जीवनस्तर भने दयनीय थियो । हामी बस्ने पालहरू साँघुरा थिए । चोयाले बुनिएका खातहरूको सतह कतै होचो कतै अग्लो थियो । त्यसमा पल्टिँदा असजिलो महसुस हुन्थ्यो । सबभन्दा धेरै दुःख त जुगाले दिएको थियो । चीनको दक्षिणी भागमा धान खेतमा पाइने जुगाभन्दा त्यहाँका जुगा साना थिए । तर, त्यहाँका जुगाले रगत सोस्थ्यो । झाडीमा हिँड्दा कतिबेला जुगा खुट्टामा टाँसिएर रगत चुस्दै गर्छ, चालै पाइँदैनथ्यो । मोजाभित्र पसेर पनि तनतनी रगत चुसिरहेको हुन्थ्यो । त्यसकारण कहीँ बाहिर गएर फर्केपछि सबभन्दा पहिले खुट्टामा कतै जुगा छ कि भनी हेर्नुपथ्र्यो । राति सुत्दै गर्दा कतिबेला त टाउकोमै जुगा टासिएको हुन्थ्यो । त्यो क्षण निकै टीठलाग्दो हुन्थ्यो ।
रणनीतिक महत्वको चीन–नेपाल राजमार्ग निर्माणमा सहभागी बन्न पाउँदा म आफूलाई ज्यादै भाग्यमानी र गौरव अनुभव गर्छु । यो अनुभवले मलाई चीन–नेपाल मित्रताको लागि मैले सिकेको नेपाली भाषाबाट थप योगदान गर्न सकेँ । साथै नेपालबारे मेरो बुझाइ पनि अझ फराकिलो बन्यो । चिनियाँ विदेश मन्त्रालयबाट चीन फर्किन भनी स्थानान्तरण आदेश आएपछि पनि मलाई भने कोदारी छोडेर जान मन भएन ।
चीन–नेपाल राजमार्गको उद्घाटन समारोहमा सहभागी
चीन–नेपाल राजमार्ग (नेपालतिरको खण्ड) सन् १९६७ मा तयारी भयो । नेपाल–चीन मित्रताका प्रतीक र पेइचिङको श्वेत प्यागोडा मन्दिर बनाउने अरनिकोको स्मृतिमा नेपाल सरकारले त्यो बाटोको नाम अरनिको राजमार्ग राख्ने निधो ग¥यो । जून महिनामा काठमाडौँबाट १३ किलोमिटर पर भक्तपुरमा भव्य समुद्घाटन कार्यक्रम भएको थियो । समुद्घाटन समारोहमा राजा महेन्द्र पनि सहभागी थिए । उनले रिबन काटेका थिए । नेपालका यातायात मन्त्री र चीनको परराष्ट्र आर्थिक सम्बन्ध आयोगका निर्देशकले समारोहमा मन्तव्य राखेका थिए । परराष्ट्र आर्थिक सम्बन्ध आयोगका निर्देशक सोही समारोहमा सहभागी बन्न चीनबाट नेपाल आएका थिए । उनीहरूले चीन र नेपालबीच आर्थिक सहकार्यका प्रमुख उपलब्धिको चर्चा गरेका थिए । त्यत्तिबेला म नेपालस्थित चिनियाँ दूतावासमा काम गर्थें । मैले दुवै पक्षको लागि भाषा अनुवादको काम गरेको थिएँ । नेपाली पक्षले विशेषतः चिनियाँ सडक निर्माण बटालियनले कोदारी खण्डको ज्यादै कठिन काम पूरा गर्न सहयोग गरेको बोलेको थियो । त्यो परियोजनाको म स्वयम् पनि सहभागी भएकोमा म ज्यादै खुशी भएँ ।
समुद्घाटन कार्यक्रमपछि चिनियाँ पक्षले मितेरी पुल निर्माण सम्पन्न भएको अवसरमा भव्य भोजको आयोजना ग¥यो । नेपालका राजाका प्रतिनिधि, मन्त्री, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र विदेशी कूटनीतिक प्रतिनिधिसमेत गरेर जम्मा दुईसय जना मानिसको समारोहमा सहभागिता थियो । चीन–नेपाल राजमार्गको निर्माण सम्पन्न र समुद्घाटनले नेपालमा निकै ठुलो प्रभाव पा¥यो । नेपालका विभिन्न सञ्चारमाध्यमले चीनको सहायताको उच्च प्रशंसा गरे र दुईपक्षीय असल छिमेकी सम्बन्ध बलियो बनाउनमा जोड दिए ।
स्रोत ः यु एन्ड अस, स्टोरिज अफ चाइन एन्ड नेपाल
नेपाली अनुुवाद ः नीरज
Leave a Reply