भर्खरै :

बौद्ध परीक्षामा उत्तीर्णलाई प्रमाणपत्र

भक्तपुर, १७ साउन । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित नेपाल बौद्ध परियति शिक्षा मैत्रेय परियति केन्द्रबाट बुद्ध संवत् २५६३ को परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम थथुबहीमा सम्पन्न भयो ।
मैत्रेय युवा सङ्घका अध्यक्ष जमुना गोसाईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि दीपक (शान्तिशोभन) भन्तेले परियति शिक्षाको महत्वबारे दर्शाउँदै शिक्षालाई आचरणमा उतार्नुपर्छ भन्नुभयो ।
सङ्घका सचिव सञ्चित बुद्धाचार्यले अहिलेको विषम परिस्थितिमा विद्यार्थीले समय खेर नफाली आफ्नो व्यक्तित्व विकास हुने काममा मन लगाउन अनुरोध गर्नुभयो ।
परियति विद्यार्थी अनिशा खड्का र मैत्रेय परियति केन्द्रका केन्द्राध्यक्ष तीर्थराज बज्राचार्यले मन्तव्य राख्नुभयो ।
प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको कार्यक्रममा मैत्रेय परियति अक्षय कोषका दाताहरू सङ्घरत्न शाक्य र न्हुछेँकुमार लासिवाले परियति विद्यार्थी एवम् शिक्षक शिक्षिकाहरूलाई नगद उपहार प्रदान गर्नुभयो ।
परियति अक्षय कोषको ब्याजबाट सञ्चालन भएको उक्त कार्यक्रममा दाता सङ्घरत्न शाक्यले रु. २० हजार कोषको लागि सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बोधि टीभी तथा भिक्षुमहासङ्घद्वारा अनलाइन कक्षा सञ्चालन भइरहेको जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *