राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
तस्बिर: नारायण महर्जन/सेतोपाटी
समुन्द्र राज घिमिरे
‘भक्तपुर नगरपालिकामा चुनाव गराउनै पर्दैन, नेमकिपालाई यत्तिकै टीका लगाइदिए हुन्छ।’ भक्तपुर जिल्लाको एक नम्बर क्षेत्र र भक्तपुर नगरपालिकाको चुनावलाई लिएर यस्ता थुप्रै ‘जोक’ बनेका छन्। भक्तपुरका चार नगरपालिकामध्ये नेवारहरूको बाहुल्य रहेको यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको यति बलियो प्रभाव छ, यहाँ अरू पार्टीको कुनै जोड चल्दैन।
यसपालि त नेमकिपाले प्रभावशाली व्यक्ति नै उठायो– सुनील प्रजापति। तीन दशकदेखि पार्टीमा सक्रिय प्रजापति २५ हजारभन्दा बढी मत पाएर मेयर निर्वाचित भएका छन्। उनको विपक्षमा उठेका नेपाली कांग्रेसका उम्मेदवारले जम्मा ६ हजार भोट पाए। मेयर पदमा मात्र होइन, नगरपालिकाका दसवटै वडामा नेमकिपाको कब्जा रह्यो। मेयर, उपमेयरदेखि वडाध्यक्ष हुँदै सदस्यसम्म जम्मै नेमकिपा। मतगणना सुरु भएको तेस्रो दिन भक्तपुर कांग्रेसका एक नेतालाई हामीले चुनावी माहोलबारे सोध्दा उनले भनेका थिए, ‘नेमकिपाबाहेक अरूको चान्सै छैन।’ प्रतिद्वन्द्वी पार्टीका उम्मेदवारले समेत यति निर्धक्क आफ्नो हार स्वीकार्ने भक्तपुरबाहेक सायदै अरू कुनै ठाउँ होला। नेमकिपाको आन जोडिएको यस्तो भक्तपुरका नवनिर्वाचित मेयर प्रजापति ले २०४४ मा भक्तपुर नगर पञ्चायत, ०४९ र ०५४ को स्थानीय निर्वाचनमा वडा नम्बर दुईमा लगातार तीनपटक वडाध्यक्ष जितेका थिए।

नेमकिपाका निवर्तमान केन्द्रीय सचिव प्रजापति पहिले वकिल हुन्। करिब चार वर्ष शिक्षण पेसामा सक्रिय प्रजापति स्कुले विद्यार्थी छँदै राजनीतिमा लागेका थिए। २०२१ सालमा भक्तपुरको जेँला टोलमा जन्मिएका सुनीलको पुर्ख्यौली पेसा माटोको भाँडा बनाउने र खेतीपाती हो। हजुरबासँग माटोको भाँडा बनाउन उनले सानै उमेरमा पूर्वी पहाडका थुप्रै जिल्ला चहारेका छन्। यही क्रममा उनले सानै उमेरमा पहाडी किसानका दुःख देखेका थिए। परिवारको आर्थिक स्थितिले उनलाई स्वतन्त्र रूपमा पढ्न दिएन। खेतबारीदेखि माटोको भाँडा बनाएर बेच्दै उनले पढाइ पूरा गरे। यही मिहिनेतले हुनुपर्छ, उनको मनमा ‘वर्गीय चेत’ घुस्यो। शारीरिक श्रम गर्नेहरूलाई समाजले हेलाँको नजरले हेरेको उनले देखे। बजारमा माटोका भाँडा बेच्न जाँदा नेवार समुदायभित्रैका कथित उच्च जातले ‘ज्यापू’ भन्दै खिस्याउने गरेको उनले सुने। उनमा विद्रोही भाव पलायो। माथिल्लो वर्गले तल्लो वर्गलाई हेप्ने प्रवृत्तिविरुद्ध उनको मनमा ज्वारभाटा उठ्यो। त्यो पञ्चायती शासनको बेला थियो। तत्कालीन नेपाल मजदुर किसान संघले भूमिगत रूपमा किसान, शिक्षक, विद्यार्थीदेखि सबै क्षेत्रका मानिसलाई प्रशिक्षण दिन्थ्यो। यो कक्षा राति सञ्चालन हुन्थ्यो। प्रजापति पनि आफ्नै टोलका बुद्धिकुमार गोसाईंका माध्यमबाट संघको सम्पर्कमा पुगे। उनी घरको काम सकेर खाना खाईवरी कक्षामा जान थाले। त्यो कक्षामा ठूला र पढेलेखेकालाई साहित्यिक वा गैरआख्यान सामग्री पढ्न दिइन्थ्यो।
कम उमेरकालाई भने चित्र देखाइन्थ्यो। सुनीलको ध्यान चित्रले खिच्यो। त्यस्ता चित्र वा पुस्तक संसारभरका ठूल्ठूला क्रान्तिसम्बन्धी हुन्थे। मूलतः मजदुर या किसान आन्दोलनका। सबैभन्दा बढी चिनियाँ क्रान्तिका कथा हुन्थे। यही कक्षामा जाँदाजाँदै प्रजापतिको मनमा वर्गीय चेतना विकास हुन थाल्यो। उनले आफू र वरपरका किसान/मजदुरको अवस्थासँग ती साहित्यलाई दाँजे। निर्दलीय शासनका बेला चेपिएका जनताको पक्षमा बोल्नुपर्छ भन्ने चेतनाले उनलाई घच्घच्याउन थाल्यो। यतिबेलासम्म उनी पार्टी सदस्य भइसकेका थिए। गणित विषयमा तीक्ष्ण उनी एसएलसी पास गरिसकेपछि इन्जिनियर बन्न चाहन्थे। अहिलेसम्म आफूले बुनेको पहिलो र अन्तिम योजना यही एउटा भएको उनी बताउँछन्। ‘त्यसयता मैले व्यक्तिगत करिअरका लागि कुनै सपना देखेको छैन,’ मतगणना अन्तिम चरणमा पुगेको बेला आफूले जित्नेमा निर्धक्क देखिएका सुनीलले सेतोपाटीसँग भने, ‘मैले जे सपना देखेँ, ती सबै जनताका लागि छन्। राजनीतिमा लागेपछि मैले आफ्नो फाइदाका लागि कुनै योजना नै बनाउन भ्याइनँ।
तस्बिर: नारायण महर्जन/सेतोपाटी
इन्जिनियर बन्ने सपना देख्नुअघि पनि मैले के बन्ने भनेर सोचेको थिइनँ।’ उनले लिएको यही एउटा योजनाले पनि मूर्तरुप लिन पाएन। त्यही बेला उनलाई कुनै एक साथीले भने, ‘कानुन पढ। राम्रै हुन्छ।’ उनलाई पनि साथीको सल्लाह सही लागेछ। कालान्तरमा त्यही साथीको सल्लाहले पढेको कानुन विषय राजनीतिमा राम्रै काम लाग्यो। ‘कानुन पढ्न त भर्ना भएँ,’ उनले भने, ‘मलाई त गणितमा रुचि थियो। रेखाहरूमा बढी मन जान्थ्यो। कानुन बढी भाषागत थियो। तीन–चार महिना त मैले केही भेउ नै पाइनँ।’ कलेज पढ्दै गर्दा राजनीतिमा चाख अझ बढ्यो। उनले क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिए। आइएल सकेपछि गाउँकै स्कुलमा पढाउन पुगे। करिब चार वर्ष पढाएपछि पार्टीले भन्यो, ‘देशको सेवा गर्ने हो कि एउटा स्कुलमा पढाएर मात्र बस्ने हो?’ पार्टीले यत्ति भनेपछि सुनील पूर्णकालीन राजनीतिमै डटे। पञ्चायतविरुद्ध बहदुल पक्षधरहरुको आवाज भित्र–भित्र गुम्सिँदो थियो। त्यो जुनसुकै बेला फुट्न सक्थ्यो। सत्तापक्षको विरोधमा चुइँक्क बोल्न नपाउने स्थितिमा संगठन विस्तार, जनता प्रशिक्षणजस्ता क्रियाकलाप गर्दा जुनसुकै बेला सत्तापक्षधरले जेल हाल्न सक्थ्यो। किसान आन्दोलन त्यही समय भयो। सुनील पनि आन्दोलनमा ओर्लिए।
केही समय जेल पनि परे। २०४५ सालमा भने भक्तपुरमा ठूलै घटना भयो। भक्तपुरको ‘४५ साले काण्ड’ नामले चर्चित उक्त घटनामा नेमकिपाका थुप्रै सदस्यलाई प्रहरीले भदौ ९ गते राति पक्राउ गर्यो। पक्राउ पर्नेमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसमेत थिए। पञ्चायतले पूर्व राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजुको मृत्युमा उनीहरूलाई फसाउने षडयन्त्र रचेको थियो। पञ्चायत पक्षधरहरूबाट पक्राउ परेकालाई कि आजीवन जेल कि फाँसी दिनुपर्छ भन्ने माग उठे। त्यतिबेला आजीवन जेल सजायको अवधि ३३ वर्ष थियो। कानुन पढेकाले सुनील यी सबै नियालिरहेका थिए। उनले संसारका ठूला क्रान्तिहरूमा पनि कसरी अभियन्तालाई फसाइएको थियो भनेर पढेका थिए। यहाँ पनि जुनसुकै बेला जेसुकै हुन सक्नेमा उनी चनाखो थिए। त्यही बेला पार्टी अध्यक्ष बिजुक्छेले भने, ‘अब हामी सबैले जेलभित्रैबाट एमए पास गर्नुपर्छ। यसको मतलब, हामी बौद्धिक हिसाबले सत्ताको विरोधमा उभिन सक्ने हुनुपर्छ। तबसम्म पनि बहुदल आएन भने हामी जेलबाट जसरी पनि बाहिर निस्कनुपर्छ र बहुदल ल्याउनुपर्छ।’ बिजुक्छेले सोचेजस्तै उनीहरु जेलमा छँदै बहुदल आयो। उनीहरू स्वतन्त्र भए। पञ्चायत शासनकै बेला ०४४ सालमा भक्तपुर नगरपञ्चायत वडा नम्बर दुईको वडाध्यक्ष बनिसकेका सुनील बहुदल आएपछि पनि सोही वडाबाट अध्यक्ष निर्वाचित भए। सँगै उनले कानुन व्यवसाय पनि सुरु गरे।
‘राजनीति आफैंमा समाजसेवा छँदै थियो,’ उनले भने, ‘जेलभित्र बस्दा कसरी फसाउँदा रहेछन् भन्ने चाल पाएपछि पीडितहरूको न्यायका लागि मैले लडिदिनुपर्छ भन्ने उद्देश्यले ल फर्म सुरु गरेँ।’ पहिले शिक्षण पेशा गर्दा सोधेजस्तै यहाँ पनि पार्टीले सोध्यो, ‘पार्टीमै लाग्ने हो कि कानुनी काम मात्र गरिराख्ने हो?’ छ–सात वर्ष कानुन व्यवसाय चलाएका उनले फेरि पार्टीको अनुशासन माने। र, पूर्णकालीन राजनीतिमै लागे। ०५४ मा फेरि वडाध्यक्ष जिते। ०५५ मा पार्टीको केन्द्रीय सदस्यमा चुनिए। केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवसम्म बनेका उनी माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पुनर्स्थापित संसदमा कानुन विज्ञका हैसियतले सांसद भए। साथीको सल्लाहले पढेको विषय संविधान लेखनमा काम लाग्यो। ०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा उनले भक्तपुर क्षेत्र नम्बर दुईबाट जिते। तर, ०७० सालमा सोही क्षेत्रबाट पराजित भए। उनका भनाइमा कांग्रेस र राप्रपा नेपालको गठबन्धनका कारण उनले पराजय भोग्नुपरेको थियो। भक्तपुर नगरपालिका वरपर नेमकिपाले निकै राम्रो काम गरेको मान्छन् नगरवासीहरू।
तस्बिर: नारायण महर्जन/सेतोपाटी
ख्वप इन्जिनियरिङ कलेजलगायत ६ वटा कलेज नगरपालिकाअन्तर्गत सञ्चालित छन्। दुईवटा स्वास्थ्यकेन्द्र पनि नगरपालिकाले नै चलाउँछ। अझ तत्कालीन समयमा त शिशु स्याहार केन्द्र खोल्नेदेखि ऐतिहासिक क्षेत्र व्यवस्थापनको नेतृत्व नेमकिपाले सम्हालेको थियो। शिक्षा, स्वास्थ्य, सरसफाइ लगायत काम नेमकिपाकै अग्रसरतामा भएकाले अरू पार्टीलाई विकल्पका रूपमा आउन गाह्रो भएको भक्तपुर नगरवासी बताउँछन्। यी सबै काममा सुनील पनि सहभागी थिए। ‘हामी पार्टीको अनुशासनमै बढी चल्छौं,’ सुनील भन्छन्, ‘आफूले चाहेर हुँदैन, पार्टीको निर्देशनअनुसार काम गर्छौं।’ त्यसो त, विपक्षी पार्टीका नेताहरू नेमकिपालाई संकीर्ण सोचको पार्टी भएको आरोप लगाउँछन्। ‘अध्यक्षले जे भन्यो बाँकी सदस्यले त्यही मान्ने, अध्यक्षमाथि प्रश्न नै नगर्ने, अरू पार्टीलाई दुश्मनको नजरमा हेर्ने नेमकिपाको पुरानै रोग हो,’ एक नेताले हालसालै नेमकिपाबारे टिप्पणी गर्दै सेतोपाटीसँग भनेका थिए, ‘नत्र त पहिले कर्णालीका सबै क्षेत्र जित्ने पार्टी किन भक्तपुरमा मात्र खुम्चियो त?’ सुनीलले यी सबै आरोप मिथ्या भएको बताए। ‘ठूलो पार्टी हुनुको दम्भले उहाँहरूले सम्मान खोज्नुभएको होला। हामी अध्यक्षले जे भन्यो त्यो मान्छौं, यो सत्य हो, तर निर्णय गर्नुअघि बैठकमा हामीबीच ठूलो घर्षण हुन्छ,’ उनले भने, ‘नेमकिपा अध्यक्षीय प्रणालीलाई मान्ने पार्टी भएकाले बैठकको निर्णय पछि काट्दैनौं। सिद्धान्त र व्यवहारमा हामी अलग छैनौं।’
पार्टी किन भक्तपुरमा मात्र सीमित भयो भन्ने सवालमा उनको जवाफ छ, ‘यो केही पार्टीका सदस्यहरूको धोकाका कारण हो। अर्को कुरा हामी पैसा खर्च गरेर मत किन्दैनौं।’ भक्तपुरमै भए पनि नेमकिपाले गरिरहेको कामप्रति भने अरू पार्टी पनि हत्तपत्त आलोचना गरिहाल्न सक्दैनन्। ‘हामी आलोचनाको मौका पनि दिँदैनौं,’ सुनीलले भने, ‘अबको पाँच वर्षमा भक्तपुरलाई ‘आदर्श नगर’ का रूपमा देख्न पाइनेछ।’ उनले आफ्नो योजना सुनाउँदै भने, ‘छवटा कलेज नगरपालिकाअन्तर्गत सञ्चालनमा आइसकेका छन्, दुईवटा कलेज पनि नगरपालिकाअन्तर्गत नै आउने तर्खरमा रहेकाले विश्वविद्यालयका लागि पर्याप्त आधार तयार भइसकेको छ। सरकारले सम्बन्धन दिए छिट्टै विश्वविद्यालय खुल्नेछ। हामी जनतालाई चाहिने आधारभूत सुविधा आधा घन्टाभित्र उपलब्ध गराउनेछौं। भक्तपुर दरबार क्षेत्रलाई अझै सुन्दर बनाउने, बच्चादेखि वृद्धसम्मलाई सुविधा दिन शिशु स्याहार निकेतनदेखि वृद्धाश्रमसम्म खोल्ने छौं। मौलिक घर निर्माण गर्न चाहे नगरपालिकाबाट अनुदान दिने योजना छ।’
आफ्नो करिअरका लागि भनेर कहिल्यै नसोचेको बताउने सुनील परिवारका नजरमा भने कस्ता छन् त? हामी परिवारलाई भेट्न शुक्रबार एकाबिहानै उनको निवास पुगेका थियौं। पहिले बाबुले बनाएको पुरानो घरलाई ०५५ सालतिर मर्मत गरेर त्यसैमा बस्दै आएका छन् सुनील। काठको भर्याङ चढेर माथिल्लो तलामा फराकिलो बैठक कोठा छ। चिटिक्कको लाइब्रेरीमा पुरानादेखि समकालीन नेपाली÷अनुदित साहित्यका पुस्तकदेखि राजनीतिक दर्शनसम्मका पुस्तक छन्। बंगलादेशबाट डाक्टरी पढेर आएका उनका जेठा छोरा अमर नगरपालिकाबाटै सञ्चालित स्वास्थ्य केन्द्रमा कार्यरत रहेछन्। उनी सबेरै ड्युटीमा गइसकेका थिए। कान्छो छोरा अमीत ख्वप इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ सकेपछि त्यहीँ काम गर्छन्। छोरी अनीताको बिहे भइसकेको छ। बुवाको जित निश्चित भइसकेपछि उनी माइती आएकी थिइन्। मेकानिकल इन्जिनियर उनी ऊर्जा विषयमा पिएचडी गर्दैछिन्। श्रीमती राधेश्वरी पन्तलाई स्पष्ट नेपाली बोल्न आउँदैन। बिहे गर्दासम्म क ख समेत नजान्ने उनले बिहेपछि प्रौढकक्षा पढिन्। अक्षर चिन्ने भइसकेपछि सुनीलले आफ्नो लाइब्रेरीबाट साहित्यका पुस्तक निकालेर श्रीमतीको अगाडि चाङ लगाइदिए। पार्टीको जस्तो कडा अनुशासनमा घरमै श्रीमतीलाई पढ्न लगाएछन्। ‘नेपाली या अनुदित विदेशी उपन्यास दिएर निस्कनुहुन्थ्यो,’ नेवारी भाषामै बोल्न सहज मान्ने राधेश्वरीले नेवारीमै सुनाइन्, ‘बेलुका पढे/नपढेको चेक गर्नुहुन्थ्यो। मैले पढेजति सुनाउँथेँ। नबुझेको सोध्थेँ।’
पुस्तककै कुरा हुँदै गर्दा सुनीलले दराजबाट एउटा पुस्तक निकाले। पत्रिकामा छापिएका लेखहरूको संकलन उक्त पुस्तक राधेश्वरीले उहिल्यै पढिसकेकी रहिछन्। औंल्याएर श्रीमानलाई सम्झाउन खोजिन्। श्रीमानप्रति राधेश्वरीको केही गुनासो छ त? ‘बच्चा हुर्काउँदा साह्रै गाह्रो भएको थियो,’ उनले सुनाइन्, ‘०४५ सालमा जेल पर्दा म छोरी बोकेर जेल गएको थिएँ। म पीरले निकै दुब्लाएको थिएँ। उहाँ पनि दुब्लाउनु भएको थियो। मैले उहाँलाई चिनेँ तर म र छोरीलाई उहाँले चिन्नुभएन। म हाँसेपछि मात्र चिन्नुभयो। त्यतिबेलाचाहिँ पार्टीमा किन लागेको होलाजस्तो लाग्थ्यो, अहिले जनताको सेवामा लाग्नुभएकाले खुसी लाग्छ।’ जेठो छोराको भने सानोमा ठूलै गुनासो रहेछ। ‘स्कुलमा अरूले बाबाको कुरा गर्दा मलाई पनि मेरो बाबा घरमै भइदिए हुने नि जस्तो लाग्थ्यो,’ अमरले भने, ‘अरू त सबै राम्रो छ। कथा सुनाएर यसो गर्नुहुन्छ यसो गर्नुहुन्न भन्ने सिकाउनुहुन्छ।’ अमरले कथाको कुरा झिक्नेबित्तिकै छोरी र कान्छो छोरा गलल्ल हाँसे। कारण थियो, यी दुवैले एकछिन अगाडि बाबुको राम्रो पक्षबारे चर्चा गर्दा कथाकै कुरा गरेका थिए। सुनील साँझ खाना खाने बेला कथा सुनाउँछन्। त्यो कथा मनोरञ्जनका लागि मात्र हुँदैन। यो उनको स्कुल हो, जहाँ उनी कथाका माध्यमबाट पढाउँछन्।

‘हामीले जुन कुरा युनिभर्सिटीमा पढ्न पाउँदैनौं, त्यो कुरा बाबाबाट सिकेका छौं,’ छोरी अनीता भन्छिन्, ‘उहाँले सुनाउने कथा सिम्बोलिक हुन्छ। कतै नराम्रो घटना देख्नुभयो भने बेलुका कुनै कथा सुनाएर त्यो घटनाको राम्रो र नराम्रो पक्षसँग जोड्नुहुन्थ्यो। तर, कथा सिम्बोलिक हुने भएकाले राम्रो र नराम्रो छुट्याउने जिम्मा हाम्रै हुन्थ्यो।’ बाबुका राम्रा गुणकै कारण आफूहरू अहिलेको स्तरसम्म आइपुग्न सफल भएकोमा तीनै जना सन्तानको एकमत छ। पढ्न र मन लागेको काम गर्न उत्प्रेरित गरिरहने बाबुको गुण उनीहरूलाई असाध्यै मन पर्छ। बाबुकै प्रभावले उनीहरू तीनै जना नेमकिपाका विभिन्न भ्रातृ संगठनमा आबद्ध छन्। उनीहरूलाई आफ्ना बाबु घर र राजनीति दुवैमा असल र सफल लाग्छ। राधेश्वरी पनि छोराछोरीकै मतमा समर्थन जनाउँछिन्। जस्तोसुकै अप्ठ्यारामा पनि विचलित नहुने, नरिसाउने स्वभाव श्रीमानको सबैभन्दा मनपर्ने गुण लाग्छ उनलाई।
‘मैले केही बिगार गरेँ भने उहाँ रिसाउनु भएको थाहा हुन्छ, तर त्योबेला केही भन्नुहुन्न,’ उनी भन्छिन्, ‘पछि रिस मरिसकेपछि मायाले गाली गर्नुहुन्छ।’ कुराकानी चलिरहँदा बैठकको झ्यालबाट पृष्ठभूमिको नेवारी बाजाको धुन छिरिरहेको थियो। धुनको आवाज बढ्दै जाँदा सुनील अलि हतार देखिए। तीन पटकसम्म वडाध्यक्ष सम्हालेको ठाउँमा आफ्नै पार्टीले प्यानलै जितेपछि विजयोत्सव मनाउने हतारो रहेछ। स्थानीय तहमा त उनको परिचय त्यतिबेलासम्म पूर्व वडाध्यक्षकै रूपमा थियो। त्यही साँझ उनले अलि अग्लो परिचय पाए। नवनिर्वाचित मेयरको। – See more at: http://setopati.com/raajneeti/70090/#sthash.iUlPrCq5.dpuf
Leave a Reply