पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
भक्तपुर, २२ साउन । न्यातापोल कर्नर टीमको ३५ औँ साधारणसभा तथा पुनःगठन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले समाज परिवर्तनको लागि मानिसमा सामाजिक सेवाको भावना हुनुपर्ने बताउनुभयो ।
बहुमत जनताको हितभन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा समाजमा हत्या, हिंसा, अन्याय, अत्याचार बढेको हो भन्दै सांसद गोसाईले समाजमा विकृति बढ्नुमा सरकारमा गएका पार्टीहरू नै दोषी रहेको उल्लेख गर्नुभयो ।
“नेपालमा कोरोना सङ्क्रमण बढ्नुमा भारत दोषी छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालको सिमाना खुला गर्दा नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमित बढ्दो छ । कोरोना नियन्त्रणको लागि सामाजिक दुरी कायम राख्नु अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।
टीमका अध्यक्ष मुक्तिसुन्दर जधारीको सभापतित्वमा भएको उक्त सभामा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, वडा सदस्य बलराम न्हिसुतू, टीमका संस्थापक अध्यक्ष शिवनारायण गोथे, सचिव रोशनराज धौभडेल, पूर्वअध्यक्ष विश्वराम सिबन्जार, शिवसुन्दर गोथेलगायतले बोल्नुभएको थियो ।
सभाले मुक्तिसुन्दर जधारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । टीमकै आयोजनामा साउन २४ गते बिहान ७ः३० बजे टौमढीमा रक्तदान कार्यक्रम हुनेछ ।
Leave a Reply