सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
(भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिसँग नोबेल कोरोना महामारीको पछिल्लो अवस्था र भक्तपुर नगरपालिकाका गतिविधिबारे ‘मजदुर’ दैनिकले लिएको अन्तर्वार्ता प्रस्तुत छ – सं.)
-काठमाडौँ उपत्यकामा पछिल्ला केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एकाएक बढेको छ । भक्तपुर नगरपालिकाको पछिल्लो अवस्था के कस्तो छ ?
कोरोना सङ्क्रमितहरूको सङ्ख्या देशभर वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकाको पछिल्लो अवस्था हेर्ने हो भने १२०० जनाभन्दा बढी सङ्क्रमितहरू देखिइसकेको छ । भक्तपुर जिल्लामा ९० जना नाघिसकेको छ भने भक्तपुर नगरपालिकाभित्र हालसम्म १७ जना सङ्क्रमितहरू देखापरेका छन् । त्यसमध्ये विदेशबाट आएका २ जना र अरू नेपालीहरू नै छन् । समुदायमा सङ्क्रमण रोक्न भक्तपुर नगरपालिकाले क्वारेन्टिनको व्यवस्था गर्दै आएको छ । विभिन्न देशबाट आएका नागरिकहरूमध्ये ३८ जना नपाको क्वारेन्टिनमा बसेकोमा हाल ८ जना बसिरहेका छन् । त्यसैगरी होटल क्वारेन्टिनमा बस्ने ३२ जनामध्ये ४ जना बाँकी छन् र घरमै क्वारेन्टिन बस्ने ३१ जनामध्ये ६ जना बाँकी छन् । अरू सबै क्वारेन्टिन अवधि पूरा गरी आ—आफ्नो घर फर्किसकेका छन् । त्यसको व्यवस्थापनको लागि नगरपालिकाले ९ जना कर्मचारीहरूको व्यवस्था गरेको छ ।
-भक्तपुर नगरपालिकाले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न के कस्ता तयारी गरेका छन् ?
कोरोना रोकथाम र नियन्त्रण सहज विषय होइन । संसारका ठुला र शक्तिशाली देशहरूसमेत कोरोनाको महामारी नियन्त्रण गर्न असफल हुँदै छन् । महामारी फैलिनुअघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम नै महत्वपूर्ण पक्ष हो । भक्तपुर नगरपालिकाले सचेतना फैलाउन दैनिक माइकिङ, मास्क र स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुन टोल–टोलमा साबुन पानीको व्यवस्था पहिलेदेखि नै गर्दै आएको छ ।
भक्तपुर सांस्कृतिक नगर भएको हुँदा यहाँ हरेक महिनामा कुनै न कुनै चाडपर्व, मेला आदि भइरहेकै हुन्छ । कोरोनाकै कारण बिस्का जात्रा, मातातीर्थ औँसी, देवाली पूजा, गाईजात्राजस्ता चाडहरूसमेत औपचारिकतामा सीमित ग¥यौँ । सरोकारवालाहरूसँग छलफल गरी गुँला बाजा र पञ्चदान पर्वलगायतका पर्वहरू स्थगित गर्ने निर्णय ग¥र्यौँ । भीडभाड हुने कुनै पनि कार्य नगर्न भक्तपुर नगरपालिकाले अपिल गरिरहेको छ ।
-लकडाउनकै समयमा पनि सर्वसाधारणलाई घरमै राख्न भक्तपुर नगरपालिकालाई धौधौ भएको गुनासो आएको थियो । अहिले पनि मानिसको भीडभाडमा खास कमी आएको देखिएन । नगरपालिकाले यसबारे केही गरिरहेको छ कि ?
नेपाल सरकारले २०७६ साल चैत ११ गतेदेखि १२४ दिन लामो लकडाउन ग¥यो । भक्तपुर नगरपालिकाले सुरुकै दिनमा सर्वसाधारण जनतालाई असहज नहोस् भनेर अति आवश्यक बेलामात्रै घरबाट बाहिर निस्कन पाउने गरी घरघरमा अनुमति पत्र वितरण ग¥यो, जनतालाई पायक पर्ने २५ ठाउँमा तरकारी बजारको व्यवस्था ग¥यो, रोगको गम्भीरताबारे बुझाउन घर—घरमा पर्चा वितरण ग¥यो र जथाभावी निस्केकालाई नियन्त्रण गर्न वडा वडामा स्वयम्सेवक परिचालन ग¥यो । त्यस अवधिमा केही नागरिकहरू लकडाउनको नियमविपरीत पनि बाहिर निस्केको पाइयो । त्यसलाई सम्झाइबुझाइ गर्ने काम नगरपालिकाबाट खटाइएका कर्मचारी र स्वयम्सेवकहरूबाट भयो ।
-भक्तपुर नगरपालिकाले नगर वा जिल्लाका अन्य स्वास्थ्य र सुरक्षासँग सम्बन्धित निकायसँग के कस्तो समन्वय गरिरहेको छ ?
भक्तपुर नगरपालिकाले नगरका सबै अस्पतालहरूसँग नियमित सम्पर्क र समन्वय गरिरहेको छ । जिल्ला स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक औषधि र सेवासम्बन्धी कामहरू भइरहेको छ ।
-भक्तपुर नगरपालिकाले नगरवासीलाई दिँदै आएको सेवामा पछिल्लो समय केही परिवर्तन भएको छ कि ?
कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि भएसँगै सेवामा केही परिवर्तन गर्नुपर्ने कुरा आए पनि हामीले सचेतता अपनाउँदै सबै सेवालाई निरन्तरता दिँदै आएका छौँ ।
–पर्यटकीय नगर भक्तपुरमा विश्वव्यापी महामारीको कारण पर्यटकको सङ्ख्या झन्डै शून्यमा पुगेको देखिन्छ । पर्यटनबाट नगरपालिकाबाट हुने आम्दानी पनि त्यही अनुपातमा घटेको हुनुपर्छ । यस्तो अवस्थामा नगरपालिकाले नगरको भौतिक तथा अभौतिक निर्माण र विकासका कामलाई कसरी अघि बढाउने सोच्नुभएको छ ?
पर्यटन भक्तपुर नगरपालिकाको मुख्य आयस्रोत हो । कोरोनासँगै पर्यटक आगमन शून्य प्रायः भएपछि नगरपालिकालाई त्यसको असर पर्नु स्वाभाविक हो । हामीले त्यहीअनुसार आ.व. २०७७÷७८ को बजेट पारित गरेका छौँ । नयाँ ठुला योजना सञ्चालन गर्नुभन्दा पनि विगतमा सञ्चालनमा रहेका योजनाहरूलाई पूर्णता दिनेतर्फ ध्यान दिएका छौँ । नयाँ–नयाँ आर्थिक स्रोतहरू बनाउने योजनातर्फ यो वर्ष नगरपालिकाले जोड दिनेछ ।
-अन्त्यमा भन्नुपर्ने केही कुरा ?
सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यले मात्रै सिङ्गो देशलाई कोरोना सङ्क्रमणबाट बचाउन सकिन्छ । साथै क्षेत्रगतरूपमा सुरक्षित बनाउन उद्योग वा कारखानाभित्र छुट्टै क्वारेन्टिन नभएका उद्योगहरूलाई निश्चित समयावधिसम्म बन्द गर्ने, बाहिरबाट आएका कुनै पनि व्यक्तिलाई पीसीआर परीक्षणविना भित्र छिर्नै नदिने, यात्रुबाहक गाडीहरूमा पनि सुरक्षाका सबै विधि पालना गराउने, उपत्यका छिर्ने नाकाहरूमा कडाइ गर्नुपर्ने र स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीचको समन्वयमा प्रहरीको व्यवस्थित परिचालन गर्नेजस्ता कार्यहरू गर्न सकेमा कोरोनाको सम्भावित सङ्क्रमणबाट समाजलाई जोगाउन सकिन्छ । यसको लागि सबैले आ—आफ्नो जिम्मेवारी पूरा गर्ने आशा गर्दछु । धन्यवाद !
Leave a Reply