क्यान्सर उपचार बन्द गर्न नहुने
- आश्विन ८, २०८३
सरकारमा जानकै लागि या सरकारको नेतृत्व गर्नकै लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेकोमा कुनै शङ्का छैन । जसरी भए पनि दल ठुलो बनाउने र सरकारको नेतृत्व गरेर नेता कार्यकर्ताहरूलाई विभिन्न ठाउँमा पोसेर अकुत सम्पति कमाउनु नै नेकपाको उद्देश्य हो । एमाले र माओवादीको एकताले कम्युनिस्ट पार्टी बलियो बनाएर र कम्युनिस्ट आन्दोलन अघि बढाएर आमूल परिवर्तन ल्याउने सोच त्यस पार्टीका नेताहरूमा छैन । त्यो कुरा एकता भएपछि नेकपाले गरिरहेको व्यवहारबाट स्पष्ट हुन्छ । सरकारमा जानकै लागि नेकपा बनेको हुँदा नेकपाका नेताहरूभित्र आलोपालो सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नको निम्ति तँछाडमछाड हुनु कुनै आश्चर्यको विषय होइन । नेकपाका केपी ओली, पुष्पकमल दाहाल र माधव नेपालको अन्तरकलह जसले जतिसुकै सत्ताको निम्ति होइन भने तापनि व्यवहारले त्यो गलत साबित गरिरहेको छ ।
सत्ताकै निम्ति राजनीति गरिरहेको हुँदा केपी ओलीले चाहेर पनि प्रधानमन्त्री छोड्दैनन् । पुष्पकमल दाहाल पक्षधर नेताहरू आलोपालो सरकारमा बस्नकै लागि अनेक चलखेल गरिरहन्छन् । ओली र दाहालको राजनीति सत्ताकेन्द्रित नै छ । समाजवादउन्मुख देश बनाउनेतर्फ सरकारको ध्यान गएको देखिँदैन न त नेकपाको ध्यान नै त्यसतर्फ गएको छ । कम्युनिस्ट पार्टी बलियो बनाउन, कम्युनिस्ट आन्दोलन अघि बढाउन र समाजवादी आन्दोलन अघि बढाउन नेकपाका शीर्ष नेताहरूको ध्यान गएको भए, त्यसमा केन्द्रित रहेर बहस गरेको भए कमसेकम संसद्भित्र रहेका र नरहेका कम्युनिस्ट पार्टी, वामपन्थी शक्ति, प्रगतिशील समूहहरूको सहानुभूति हुन्थ्यो । माक्र्सवाद र लेनिनवादको खोल ओढेर या कम्युनिस्ट पार्टीको सन्देश प्रवाह गरेर सरकारमा जाने या सरकारको नेतृत्व गरिरहने ध्येय नै नेकपाको भएको हुँदा अहिले नेकपा कुनै पनि विषयमा सङ्घर्ष गर्ने पक्षमा छैन । गणतन्त्र शान्तिपूर्ण ढङ्गले स्थापना भएको हुँदा समाजवाद ल्याउन पनि सङ्घर्ष गर्न नपर्ने नेकपाको उद्देश्य रहेको देखिन्छ ।
प्रश्न उठ्छ, के शान्तिपूर्ण तरिकाले देशमा वैज्ञानिक समाजवाद स्थापना हुन्छ ? के बहुमत जनताको हितमा सरकारले काम गर्नसक्छ ? के यो सरकारले क्रान्तिकारी भूमिसुधार लागू गर्नसक्छ ? के यो सरकारले शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्नसक्छ ? ठुलठुला उद्योग, कारखाना, बैङ्क आदि राष्ट्रियकरण गर्नसक्छ ? के भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी, मानव बेचबिखन गर्ने, महिलालाई वेश्यालय पु¥याउने, हत्या, हिंसा गर्ने अपराधीहरूलाई सम्पति जफत गरेर जीवनभर जेलमा कोच्न सकिन्छ या फाँसी दिन सकिन्छ ? यदि त्यस्तो कुनै काम हुँदैन भने त्यस्तो सरकार कसरी सच्चा कम्युनिस्टको हुनसक्छ ? वर्तमान सरकार सच्चा कम्युनिस्ट नभएकोले या निर्वाचनबाट जितेकोले नै कुनै आमूल परिवर्तन गर्न नसकेको हो ।
Leave a Reply