भर्खरै :

कोरोना र टिकटक

टिकटक आजको लोकाप्रिय एप बनिसकेको छ । कुनै पनि सङ्गीत वा शब्दमा १५ सेकेन्ड वा सोभन्दा बढी वा कम समय भिडियोमा आफ्नो अभिनयको कला, कुनै घटना वा चित्र प्रस्तुत गर्ने उपाय नै टिकटक हो । यस कोरोनाको समयमा टिकटक र मानिसहरू निकै नजिकिँदै छन् ।
टिकटकले घरमै बसी कोरोनासँग बच्नुपर्ने यस समयमा मानिसहरूलाई समय बिताउने साधन बनी सहयोग गरेको छ । अरूको अगाडि बोल्न, कला प्रस्तुत गर्न लजाउने व्यक्तिहरू पनि टिकटकमा संलग्न रहेको तथ्य पाइन्छ । टिकटकले हामीलाई आफूमा भएको कला, सिप र उपायहरूलाई प्रस्तुत गर्ने सहजता प्रदान गरेको छ । टिकटकमार्फत विभिन्न व्यवसायीहरूले आफ्ना उत्पाडनहरूको प्रचार प्रसार सजिलै र सस्तो रूपमा गर्न पाइरहेका छन् । विभिन्न व्यवसायीहरूमध्ये मा पनि गहना पसल, लुगा पसल र बुटिकहरूले आफ्नो सामानको बिक्री वितरणका लागि टिकटकको सक्दो उपयोग गरेको छ । यसैसाथ अभिनय कला, नृत्य र सङ्गीत कलाजस्ता राम्रो कला भएका व्यक्तिहरूले टिकटकमार्फत ठूलो मञ्च र अवसर पनि प्राप्त गरेका छन् । टिकटकले सिक्ने सिकाउने क्रमलाई पनि प्रोत्साहन दिएको छ । तिनका उदाहरणहरू यस प्रकार छन् ः नेवारी भाषा सिकाउने, स्वस्थ्यसम्बन्धी ज्ञान दिने, अङ्ग्रेजी भाषा प्रस्ट बोल्न सिकाउने आदि । एक तर्फबाट हेर्दा खेर टिकटकले मानिसलाई निकै सहयोग गरी सकारात्मक भूमिका खेलिरहेको छ ।
तर, एक सिक्काका दुई पाटा भएझैँ टिकटकको नकारात्मक पक्ष पनि छन् । टिकटकलाई ३–४ वर्षका बच्चाहरूदेखि लिएर बुढापाकाहरूले पनि प्रयोग गर्दछन् । यस सन्दर्भमा टिकटकमा हुने नराम्रा प्रदर्शनहरूले बालक मनस्थितिलाई नराम्रो असर पार्न सक्दछ । यस सञ्जालमा गरिने नराम्रा कमेन्टहरूले समाजमा विकृति बढाउन सक्छ । कतै कुनै घटना वा दुर्घटना भयो भने मानिसहरू सहयोग गर्न जानुको सट्टा टिकटकमा लाइकस् पाउन भिडियो बनाउन लम्कन्छन् । टिकटकले यस प्रकार मानिसलाई व्यवहारिकबाट ‘मोबाइलिक’ जीवनमा लाँदै छ । टिकटकका लागि केटाकेटीहरूले राम्रो क्यामेरा भएको मोबाइलको माग गर्छन्, मेक अप र लुगामा बढी पैसा खर्च छन् । व्यावसाय व्यापार सबै भएको कोरोनाको यस भयावय अवस्थामा केटाकेटीका त्यसता मागले आर्थिक समस्या बेर्होनु पर्नसक्छ । राम्रा पक्ष हुनका साथै टिकटकको गलत उपयोग गर्दा नराम्रा पक्षहरू पनि बेहोर्नु परेको छ ।
व्यक्तिगत अनुभवले भन्ने हो भने मेरो र टिकटकको सम्बन्धलाई कोरोनाले निकै घनिष्ट बनाएको छ । मैलाई त कहिलेकाहिँ आफू टिकटकको लतमा पो फसेँकि त छैन भन्ने शङ्का लाग्छ । कुनै समयमा मैले फ्रि टाइम पाए भने म सिधै मोबाइलमा टिकटक खोल्छु र लगातार हेरिरहन्छु । हेर्दा हेर्दा आफ्नो उर्वर समयलाई टिकटकमा फालँे कि भन्ने प्रश्न पनि मनमा उठ्छ तर टिकटक हेरिरहेका मेरा यी आँखा भने स्क्रीनबाट उठ्दैन । कोरोनाका कारण लकडाउन भएको पहिलो सातातिर म निकै उत्साहका साथ टिकटक बनाउँथे । बिस्तारै त्यो टिकटक बनाउने रुचि कोठाको एउटा कुनामा डङ्ग्रङ्ग पल्टेर टिकटक भिडियो हेर्ने रुचिमा बदलियो । मैले पनि टिकटक बनाउने क्रममा आफ्नो क्यामेरा अरूको भन्दा नराम्रो रहेको महसुस गर्थेँ । कैयौँ पटक नयाँ मोबाइल ओपो, आइफोन किन्देउ भन्छु भन्ने सोच आयो । तर, मोबाइल किनेको ३–४ महिना पनि नभएको हुँदा म चुप नै रहँे । मैले भन्ने आँट गरिनँ ।
अन्ततः टिकटक एक मनोरञ्जनको साधन हो । कोरोनाको यस भयङ्कर समयमा यसमा खेर फाल्नु हुँदैन । साथै टिकटकको नकारात्मक पक्ष र दुरूपयोगलाई प्रतिरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *