भर्खरै :

कोभिड–१९ सङ्क्रमित स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढ्दै

काठमाडौँ, २ भदौ । नोबेल कोरोना भाइरसका सङ्क्रमितहरूको पछिल्लो तथ्याङ्कमा स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । काठमाडौँको सरकारी स्वामित्वको अस्पतालकी एक जना नर्समा सोमबार सङ्क्रमण पुष्टि भएपछि अस्पतालका केही स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ । मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी पछिल्ला केही दिनमा सङ्क्रमित भई अहिले आइसोलेसनमा छन् । वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीहरूमा पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूमा पनि कोभिड–१९ सङ्क्रमण भएको छ । स्याङ्जा जिल्लामा कारागारका बिरामीमा सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारको लागि पु¥याइएको जिल्ला अस्पताल नै अहिले बन्द गर्नुपर्ने र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्नुपरेको छ ।

गुणस्तरीय पीपीई सुट, सफा मास्क, पञ्जा, चस्मा, स्यानिटाइजरलगायत स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि आवश्यक सबै सामान हरेक अस्पतालमा पुग्दो मात्रामा बन्दोबस्त गर्नुपर्छ । आफ्नो जीवन र परिवारलाई बिर्सेर आफ्नो पेशाप्रतिको धर्म निर्वाहको क्रममा जोखिम मोल्ने स्वास्थ्यकर्मीहरूको उचित सम्मान हुन आवश्यक छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा र सम्मान यतिबेला सबैको कर्तव्य हो । तर, अधिकांश अस्पतालहरूमा अहिले पनि स्वास्थ्यकर्मीहरूको सुरक्षाको उचित बन्दोबस्त नगरिएको भनी सरकारको आलोचना हुने गरेको छ ।

देशभर कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै बिरामीको उपचारमा लाग्नुपर्ने स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण फैलिनु चिन्ताजनक अवस्था हो । देशभर सङ्क्रमण तीव्रगतिमा फैलिरहेको छ । ती बिरामीहरूको उपचारमा स्वास्थ्यकर्मीहरूको माग बढिरहेको छ । यस्तो अवस्थामा अस्पतालका स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित हुने र आइसोलेसनमा बस्नुपर्ने अवस्थाले स्वास्थ्यकर्मीहरूको अभाव हुनसक्ने देखिएको छ । स्वास्थ्यकर्मीहरू कोभिड–१९ विरुद्धको लडाइँ लड्ने सेतो बर्दी लगाएका सिपाही हुन् । सिपाहीहरूमा नै रोग लाग्दा कोभिड–१९ विरुद्धको लडाइँ कमजोर हुनसक्दछ । तसर्थ, कोभिड–१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनमा लडिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षाको निम्ति स्वास्थ्य मन्त्रालयले अझ ध्यान दिन आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि आवश्यक सबै सामानको बन्दोबस्तमा कुनै कमी हुनुहुन्न ।
गुणस्तरीय पीपीई सुट, सफा मास्क, पञ्जा, चस्मा, स्यानिटाइजरलगायत स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि आवश्यक सबै सामान हरेक अस्पतालमा पुग्दो मात्रामा बन्दोबस्त गर्नुपर्छ । आफ्नो जीवन र परिवारलाई बिर्सेर आफ्नो पेशाप्रतिको धर्म निर्वाहको क्रममा जोखिम मोल्ने स्वास्थ्यकर्मीहरूको उचित सम्मान हुन आवश्यक छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा र सम्मान यतिबेला सबैको कर्तव्य हो । तर, अधिकांश अस्पतालहरूमा अहिले पनि स्वास्थ्यकर्मीहरूको सुरक्षाको उचित बन्दोबस्त नगरिएको भनी सरकारको आलोचना हुने गरेको छ । आफ्नो सहकर्मीमा कोभिड–१९ पुष्टि भएपछि आइसोलेसनमा बसेका एक सरकारी अस्पतालका स्वास्थ्यकर्मीहरूले आफ्नो पीसीआर परीक्षणको लागि सम्बन्धित निकायसमक्ष आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । त्यस्तै अस्पतालहरूमा अझै पनि पीपीई सुटको पुग्दो बन्दोबस्त हुन नसकेको स्वास्थ्यकर्मीहरूको गुनासो छ । हरेक अस्पतालमा अनिवार्यरूपमा कोरोनाका बिरामीको लागि २० शय्या बनाउन सरकारको आदेश व्यवहारिक होइन । बरु कोरोनाका बिरामी राख्न केही अस्थायी अस्पतालहरू बनाउन जरुरी छ । कोरोनाका बिरामीको रोगको अवस्था हेरी लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न अस्थायी अस्पताल र रोगको लक्षण देखिएका तथा गम्भीर बिरामीलाई अर्को पूर्वाधारसम्पन्न अस्पतालमा शय्याको बन्दोबस्त गर्नुपर्छ । सबै अस्पतालमा कोरोनाको लागि अलग शय्याको बन्दोबस्त गर्दा स्वास्थ्यकर्मीहरूबीच महामारी फैलिए भविष्यमा जनशक्तिको अभाव सामना गर्नुपर्ने हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *