लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
मङ्गलबार एकै दिन हालसम्मकै सबभन्दा बढी सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । मङ्गलबारमात्र १ हजार १६ जना कोभिड–१९ का सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या आगामी दिन अझ बढ्दै जाने देखिएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै स्वास्थ्य पूर्वाधारको क्रमशः अभाव हुँदै गएको छ । देशभरका अस्पताल भरिभाउ भइसकेका छन् । त्यसकारण कतिपय रोगका लक्षण नदेखिएका बिरामीलाई अस्पताल नलगी घरमै आइसोलेसनमा राखिएको छ । मर्नेको सङ्ख्या पनि बढिरहेको छ । मङ्गलबार सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितेका चौबीस घण्टामा कोभिड–१९ को कारण सातको निधन भएको उल्लेख छ ।
पहिले भनिएभन्दा फरक अहिले अधिकांश सङ्क्रमितहरू युवा उमेरका छन् । युवाहरू बढी मानिसको सम्पर्कमा जाने गरेकाले उनीहरूमा नै बढी सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरू अरू दीर्घरोगका बिरामी बढी रहेको पनि पाइएको छ । त्यसो त नेपालमा कोभिड–१९ को मृत्युदर धेरै छैन । तथापि, आजसम्ममा यो वास्तवमै खतरनाक रोग भएको नेपाली जनता आफैले भोगिरहेका छन् ।
संसारभरको अभ्यासले यो रोगबाट जोगिने सबभन्दा प्रभावकारी तरिका सामाजिक सम्पर्कमा नजानु वा कम जानु भएको देखाएको छ । मानिसबाट मानिसमा सर्ने रोग भएकोले सकेसम्म मानिसको सम्पर्कमा कम गए यो रोग लाग्ने सम्भावना न्यून हुन्छ । त्यसकारण यो रोगको महामारी फैलिएको अधिकांश क्षेत्रमा मानिसलाई घरबाट बाहिर आउन निषेध गर्ने गरिएको छ । त्यसले मानिसको सामाजिक सम्पर्क कम भई रोगको सङ्क्रमण नियन्त्रण हुने गर्दछ । कोभिड–१९ को महामारी सबभन्दा पहिले फैलिएको बताइएको चीनको उहान सहरमा यसरी मानिसलाई घरबाट बाहिर आउन नदिई लकडाउन गर्दामात्र यो रोग नियन्त्रणमा आएको थियो । चीनले उहानमा अपनाएको यो तरिका आज संसारका अधिकांश प्रभावित देशले अपनाइरहेका छन् । नेपालमा पनि गत वर्षको चैत ११ देखि झन्डै तीन महिना यहीँ उपाय अपनाउन खोजियो । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले अवस्था अझ भयावह बनेको छ ।
कोरोना भाइरसको प्रतिरोध गर्नु सबै नागरिकको कर्तव्य हो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारको प्रयासले मात्र यो रोगलाई पराजित गर्न सम्भव छैन । जनता जागरुक भएर जबसम्म यो रोगविरुद्ध लड्ने तदारुकता देखाउँदैन तबसम्म यो रोगले हामीलाई दुःख दिन छोड्नेछैन । त्यसकारण यतिबेला हामीले कसैको लागि होइन, आफ्नै लागि र सिङ्गो समाज र मानव जातिको लागि यो रोगबाट सुरक्षित हुनुपरेको छ ।
घरबाट सकेसम्म बाहिर ननिस्कौँ । अत्यावश्यक कामको लागि बाहिर निस्कँदा मुखमा मास्क अनिवार्य लगाऔँ । बाहिर हिँड्डुल गर्दा सकेसम्म अर्को व्यक्तिसँगको भौतिक दुरी कायम राखौँ । घरमै भए पनि हल्का नियमित व्यायाम गरौँ । स्वस्थ र सफा खानेकुरा खाऔँ । नियमित रूपमा तातो पानी सेवन गरौँ । बढी चिन्ता लिनु मानसिक स्वास्थ्यको लागि हानिकारक हो । सामाजिक सञ्जालमा आएका सबै समाचार सत्य नहुन सक्छ । भरपर्दो समाचारमाध्यमका समाचारलाई मात्र विश्वास गरौँ । यो रोग जोकोहीलाई पनि लाग्न सक्छ । जसमा यो रोगको सङ्क्रमण देखिएको छ, उनीहरूप्रति सद्भाव राखौँ । कुनै प्रकारको विभेदपूर्ण व्यवहार नगरौँ ।
कोभिड–१९ महामारीविरुद्धको यो लडाइँ सबैको साझा लडाइँ हो । यो भाइरसमाथिको विजयले सम्पूर्ण मानव जातिको जीत हुनेछ । कोभिड–१९ बाट सुरक्षित रहौँ । तोकिएका नियमको कडाइपूर्वक पालना गरौँ ।
Leave a Reply