भर्खरै :

सुर्यबिनायकमा १० वर्षको बालक र १३ वर्षकी बालिकामा सङ्क्रमण

भक्तपुर, २ भदौ । मङ्गलबार भक्तपुर जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका १७ जनामध्ये एक जना १० वर्षको बालक र १३ वर्षकी बालिका पनि भएको खुलेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार उनीहरू दुवै जना सुर्यबिनायक नपामा बसोबास गर्दै आएको छन् । त्यस्तै सुर्यबिनायक नपाकै एक जना ३६ वर्षको पुरुषमा पनि कोभिड–१९ फेला परेको छ । उनीहरू विभिन्न जिल्लाबाट सुर्यबिनायक नपा बस्दै आएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । सुर्यबिनायक नपा वडा नं ८ मा पनि एक जना ३६ वर्षको पुरुषमा कोभिड–१९ को सङ्क्रमण फेला परेको छ ।
मध्यपुर नपाका ५ जना व्यक्तिमा पनि सङ्क्रमण पुष्टि भएको स्रोतले बताएको छ । सङ्क्रमितमध्ये तीन जना मध्यपुर थिमि नपा ३ वडाको भएको बताइएको छ । २२ वर्षका दुई जना पुरुष र ५९ वर्षका एक जना पुरुषमा कोभिड–१९ को सङ्क्रमण फेला परेको हो ।
त्यस्तै कौशलटारका एक जना ५६ वर्षका पुरुष र लोकन्थलीका २९ वर्षका अर्का एक जना पुरुषमा पनि सङ्क्रमण फेला परेको हो ।
त्यस्तै अन्य सङ्क्रमितहरूको ठेगाना भक्तपुर जिल्ला उल्लेख भए पनि पूर्ण ठेगाना नखुलेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *