भर्खरै :

लकडाउनले सम्झाएको एना फ्रान्क

विश्वभर फैलिएको कोरोना महामारीको नेपाल विगत पाँच महिनादेखि प्रभावित छ । यी पाँच महिना कोही मानिसको लागि जीवनको सबैभन्दा रमाइला पलहरू सावित भए भने कसैका लागि जीवनकै सबैभन्दा कठिन दिनमा परिणत भए । जसका लागि यी अमूल्य दिनहरू स्मरणीय रहे, ती व्यक्तिहरू सहृदय कोभिड–१९ लाई धन्यवाद दिंदै होलान् । कति व्यक्ति भने जीवन कष्टकर बनाएको भन्दै कोभिड–१९ लाई न्वारनदेखिको बलले झपार्दै र सराप्दै होलान् । तर, के यो लकडाउन यी व्यक्तिहरूले महसुस गरेको जति नै कठिन छ र ? यही लकडाउनको अवधिको मौका पारेर मैले एना फ्रान्कको ‘द डायरी अफ् अ योङ गर्ल’ पढेँ । यो किताब पढेपछि मलाई हामीले भोग्नुपरेको लकडाउन त दूधचिउरेजस्तो लाग्न थालेको छ । १९ औं शताब्दीको अन्त्यसम्ममा बेलायत र फ्रान्सजस्ता शक्तिशाली देशहरूलाई चुनौती दिन सफल जर्मनीले पहिलो विश्वयुद्धमा नराम्रो हार र अपमान बेहोर्नु परेकोले आफ्नो आत्मसम्मान फिर्ता गर्न बलियो सेना तयार ग¥यो । आफू पहिलो विश्वयुद्धमा हार्नुको एउटा कारण यहुदीहरू (व्भधक) पनि हो भन्दै उनीहरूविरुद्ध घृणा फैलाउन ठूलो विभेद र रोक लगायो । यहुदीहरू र आर्यनहरू एउटै विद्यालय जान नपाउने, विभिन्न सरकारी र निजी कार्यालयमा काम गर्न नपाउने, कुनै पनि व्यवसायमा साझेदार हुन नपाउने जस्ता नीतिनियम बनाएर यहुदीहरूलाई हरेक तरिकाबाट यातना दिनथाल्यो । यतिमात्र नभएर युरोपको विभिन्न देशमा रहेका यहुदीहरूलाई श्रम गराउने र कमजोर तथा बिरामीलाई हत्या गर्ने प्रचलन प्रशस्त देखिन थाल्यो । एना फ्रान्कको परिवार पनि यहुदी थियो । एनाका बुबा ओटोलाई जर्मनीमा व्यवसाय चलाउन रोक लगाइएको कारण पछि उनी हल्यान्डको राजधानी एम्सटरड्याममा गएर व्यवसाय चलाउन बाध्य भए । जर्मनीले पछि हल्यान्डलाई पनि आक्रमण गरिसकेपछि त्यहाँका यहुदीमाथि पनि समस्या आउने देखिएकोले एनाको बुबा र उनका केही सहपाठी मित्र मिलेर एउटा कार्यालयमा गोप्य स्थान बनाएर काम गर्न थाले । १३ वर्षको कलिलो उमेरमा नाच्न, रमाउन छोडेर एनाको परिवार आफ्नो लुक्ने स्थानमा पुगे । ओटोको एक मित्र भान डोन (ख्बबल म्यबल) को परिवार र एक वरिष्ठ दन्त चिकित्सक अल्र्बट डुसेल (ब्दिभचत म्गककभ)ि सहित आठ जनाको सदस्य त्यो गोप्य स्थानमा बस्न थाल्छन् ।
त्यो गोप्य स्थानमा बसी एनाले आफ्नो दैनिकी एउटा डायरीमा कैद गरिन् । दिनभरि अफिस चल्ने भएकोले उनीहरू चाइँचुइँ गर्न सक्दैनथे । कार्यालयको काम सकेर बेलुका मात्र एक अर्कासँग बसेर कुरा गर्न सक्थे । खानाको लागि ओटोका मित्रले केही रासनपानीको व्यवस्था गर्थे । कैयौँ दिनसम्म आलुमात्र खाएर पनि बाँचेको कुरा एनाले आफ्नो दैनिकीमा लेखेकी छन् ।
२५ महिनासम्म त्यस गोप्य स्थानमा बिताउनु ती आठ व्यक्तिका लागि कति कठिन थियो भन्ने हामी सोच्न पनि सक्दैनौँ । एक दुई महिनाको लामो लकडाउनमा बस्दा केही मानिसले यति गुनासो पोखेका छन्, मानौँ उनीहरू पनि ती लाखौँलाख यहुदीहरूले जस्तै हिटलरका विशेष सेनाको दस्ता (न्भकतबउय) बाट लुकेर बसेका छन् । एना फ्रान्कको त्यो २५ महिने दैनिकी पढ्दा त हामी उनले भोगेको जीवनको १ प्रतिशत पनि कष्टकर जीवन बाँच्नु परेको जस्तो मलाई लाग्दैन । आर्थिक समस्याको रूपमा मात्र हामीले बाँचेको जीवन उस्तै हो कि भन्ने भान हुन्छ । तर, तुलना गर्ने हो भने यो लकडाउन त्यस्तो अधैर्य हुने खालको त लाग्दैन ¤ २५ महिना संसारको अगाडि देखिन नहुनु, आफू नजिकको ४÷५ जनाबाहेकलाई मुख देखाउन नपाउनु, एउटा सानो अँध्यारो कोठामा केही आवाज ननिकाली बाँच्नुपर्ने पीडाको कल्पना गर्दा नै आङ शिरि· हुन्छ । हामीबाट ठूलो आवाजमा बोल्ने, वसन्तको शीतल हावाको आनन्द लिने, प्रकृतिको सुन्दरतालाई धीत मर्ने गरी निहार्ने, आफ्नो घरमा जति मनलाग्दो उफ्रिने, खेल्ने अधिकार त छिनिएको छैन नि ¤ तर, पनि हामी लकडाउनलाई एक कैदीको जीवन भएको जस्तो अनुभव गछौँ ।
४ महिना आफ्नो साथीभाइसँग भेट्न नपाएर, आफ्नो मनपर्ने ठाउँ डुल्न नपाएर, मनपर्ने रेस्टुरेन्टमा खान नपाएर डिप्रेसन भएर आत्महत्या गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै छ । यस्तो सोच राखेको भए एना फ्रान्क र उनको परिवारले पनि २५ महिना नभई ५ महिनामा नै आफ्नो ज्यान लिन्थे होलान् । तर, उनीहरूले ती २५ महिनालाई आफ्नो जीवनको सबैभन्दा कष्टकर समय भनेर नसोची सबैभन्दा अमूल्य समय भनेर सोचे । अरू यहुदीभन्दा बढी बाँच्न पाएको र शोषण भोग्नु नपरेको भन्दै एनाको परिवार दुःखमा पनि हाँसे, रमाए । अन्त्यमा गेस्टापोको आखाँबाट बच्न नसकेकोले मात्र उनीहरूले आत्मसमर्पण गर्नुप¥यो । त्यसो नभएको भए उनीहरू सायदै अझै धेरै दिन त्यस बन्द कोठामा बाँच्न सक्थे होला ।
हामीले पनि लकडाउनमा घर बसेर ती कोरोनाको कारण मृत्यु हुनुभन्दा केही महिना घरमा बसेर धेरै समय बाँच्न पाएकोमा आफूलाई भाग्यमानी ठानौँ । अनावश्यक कुरा मनमा खेलाएर आफूलाई मानसिक तनावतर्फ नधकेलौँ । जनजीवन सामान्य हुँदा आफूले घर बसेर गर्न नपाएका अधुरा कामहरूमा मन लगाऔँ । घरपरिवारसँग सक्दो समय बिताएर आफ्नो मनमस्तिष्कलाई ताजा राखौँ । मनोरञ्जनात्मक गतिविधिमा संलग्न होऔँ । आफू कोरोेनाबाट मुक्त भएकोमा नै आफूलाई भाग्यमानी ठानौँ ।
(पल्पसा कक्षा १२ मा अध्ययनरत विज्ञान सङ्कायकी छात्रा हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *