जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ६ भदौ । भक्तपुुर जिल्लामा शनिबार सङ्क्रमण पुष्टि भएका ५० जनामध्ये २० जना सशस्त्र प्रहरी बलका प्रहरी भएको खुलेको छ । चाँगुनारायण नपा दुवाकोटस्थित सशस्त्र प्रहरी गणका प्रहरीहरूमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभएको छ । त्यस्तै अन्य संक्रमितमध्ये भक्तपुर नपा वडा नं ६ भोलाछेंका दुई जना रहेको खुलेको छ । भोलाछेंका २० र ५१ वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको मिजारले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रबार एक जना संक्रमण भेटिएको भक्तपुर नपा वडा नं ३ बाराहीस्थानका शनिबार पनि ६३ वर्षका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । भक्तपुर नपा वडा नं १ भार्वाचोका एक जना ५४ वर्षका पुरुष पनि कोरोना संक्रमित भएका छन् । भक्तपुर नपा ठेगाना उल्लेख रहेकी २९ वर्षकी एक महिला पनि संक्रमित भएको बताइएको छ ।
शनिबारको तथ्याड्ढअनुसार सबभन्दा बढी संक्रमित मध्यपुर थिमि नपामा फेला परेको छ । सो नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बोडेका दुई जना, कौशलटारका ६ जना, नयाँ बजारका १ जना र थिमिका १ जना भएको बताइएको छ । बाँकी ५ जनाको भने मध्यपुर थिमि नपा ठेगाना उल्लेख भई वडा र स्थान नखुलेको बताइएको छ ।
त्यस्तै सुर्यबिनायक नपा ठेगाना उल्लेख भएका पाँच जनामा पनि संक्रमण पुष्टि भएको छ ।
बाँकी ५ जना संक्रमितको भने भक्तपुर ठेगाना उल्लेख रहेको तर स्पष्ट ठेगाना उल्लेख नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Leave a Reply