भर्खरै :

भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, ६ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ प्रभात सेकेन्डरी स्कूल एकाइ समितिको आयोजनामा भक्तपुर काण्ड (भदौ ९ गते) को भत्र्सना गर्दै विचार गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर काण्डमा नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताहरूप्रति राज्यले गरेको दुव्र्यवहार, सास्ती र त्रासदीबारे चर्चा गर्दै भन्नुभयो, “जो आगोसँग खेल्छ, आगोमै मर्छ । जो षड्यन्त्रसँग खेल्छ त्यो षड्यन्त्रबाटै समाप्त हुन्छ । पञ्चायत समाप्त हुनुमा भक्तपुर काण्डको भूमिका पनि धेरै छ ।”
नेमकिपालाई निर्मूल पार्न राज्यस्तरबाट भक्तपुर काण्डको षड्यन्त्र रचिएकोमा कुनै शङ्का नरहेको उल्लेख गर्दै सचिव सुवालले पञ्चायती शासकहरूको ज्यादती र दमनको कारण जनताले आफ्नो न्यायोचित भनाइ राख्न पनि नपाई लुकेर हिँड्नुपरेको स्थिति रहेको बताउनुभयो ।
“पैसाको बलमा चुनाव जितेर भ्रष्टाचारको आहालमा डुबेका भ्रष्टाचारीहरूले अहिले पनि षड्यन्त्र नगर्लान् भनेर भन्न सकिन्न । हामी सधँै राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु आवश्यक छ”, उहाँले जोड दिनुभयो ।
शिक्षक सृजनशील र लगनशील भए समाजलाई अगाडि बढाउन सजिलो हुने धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “समाजवादी देशले मात्र कामदार जनताको हित गर्नसक्ने भएकोले समाजवादी अर्थव्यवस्थाबारे विद्यार्थी र अभिभावकहरूलाई सचेत गराउने कार्यमा शिक्षकहरूले रचनात्मक भूमिका निभाउन आवश्यक छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिलाहरूको आर्थिक समानताविना अधिकारमा समानता हासिल गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद सृजना सैँजूले भक्तपुर काण्डको विरोधमा तत्कालीन महिलाहरूले खेलेको भूमिकाबारे बोल्नुभएको थियो ।
कार्यक्रममा मीरा दुगुजु, के.बी. प्रजापति, बदनकेशरी प्रजापति, कञ्चन ज्याख्व, मनिष गोरा र सविना कासुलालगायतले भक्तपुर काण्डका विविध पक्षहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *