सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, १२ भदौ । भक्तपुर अस्पतालमा शुक्रबार बिहान निधन भएका ८२ वर्षका एक जना ज्येष्ठ नागरिकमा कोभिड–१९ पुष्टि भएको छ । भक्तपुर नपा वडा नं ४ का उनी श्वासप्रश्वासको समस्या भए पछि बिहीबार अस्पताल भर्ना भएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ड डा.सुमित्रा गौतमले जानकारी दिनुभयो ।
“श्वासप्रश्वाससम्बन्धि समस्या भनेबित्तिकै हामीले नोबेल कोरोनाकै विरामीको आशड्ढा गरेर उपचार थालेका थियौं”, गौतमले भन्नुभयो ।
मृतकमा नोबेल कोरोनाको संक्रमण पुष्टि भए पछि उनको उपचारमा संलग्न चिकित्सकहरूलाई अलग राख्ने बन्दोबस्त गरिएको बताइएको छ ।
भक्तपुर अस्पतालले हाल सल्लाघारीस्थित ग्रीनल्यान्ड होटल, अस्पतालकै क्वाटर र दुधपाटीस्थित एउटा लजमा चिकित्सकहरूलाई क्वारेन्टिनमा राख्ने बन्दोबस्त गरेको छ ।
अस्पताल स्रोतबाट प्राप्त जानकारीअनुसार हाल अस्पतालको आइसोलेसन वार्डमा ७ जना संक्रमित आइसोलेसनमा छन् । “शुक्रबार थप एघार जना आउने खबर पाएका छौं”, मेसु गौतमले बताउनुभयो ।
त्यस्तै भक्तपुर अस्पतालकै संयोजनमा रहेको चाँगुनारायण नपा खरिपाटीस्थित आइसोलेसन केन्द्रमा २० जना संक्रमित आइसोलेसनमा छन् ।
बिहीबार भक्तपुर अस्पताल र खरिपाटीमा आइसोलेसनमा रहेका आठ जना व्यक्ति भने रोग निको भएर घर गएको डा.गौतमले जानकारी दिनुभयो ।
Leave a Reply