भर्खरै :

सङ्क्रमितप्रति विभेद, अज्ञानताको उत्कर्ष

नोबेल कोरोना भाइरस सङ्क्रमित व्यक्तिमाथि विभेदका घटनाहरू सार्वजनिक भइरहेका छन् । महामारीले अझ उचाइ लिइरहेको बेला कोरोना सङ्क्रमितलाई घरबाट निकाल्ने, घरमा घेरा हाल्ने, छिःछिः र दुरदुरका घटना हुनु विडम्बना हो । यो महामारीविरुद्ध केही मानिसमात्र लागेर त्यसमाथि पार लगाउन सम्भव छैन । सबै मानिस र देश एकजुट भएमात्र यो घातक भाइरसविरुद्ध मानवजाति विजयी हुनसक्छ ।
कुनै पनि रोग कसैलाई रहरले लाग्ने होइन । कोरोना भाइरसजस्ता सङ्क्रामक रोग त अझ कतिबेला कहाँ कसबाट सर्छ भन्ने कुरा टु·ो लगाउन सकिंदैन । धेरै मानिसमा यो भाइरस सङ्क्रमण भइसकेर पनि कुनै लक्षण देखिएको छैन । कुनै पनि प्रकारको अस्वस्थता नभएको मानिसमा समेत परीक्षणको क्रममा भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसकारण आफू सङ्क्रमणमुक्त भएको भन्दै कसैले पनि घमण्ड गर्नुपर्ने कुनै कारण छैन । अत्यन्त तीव्र गतिमा फैलिने यो भाइरसबाट जो कोही पनि सङ्क्रमित हुनसक्छ । तसर्थ कोही कोरोना भाइरस सङ्क्रमण भयो भनी उसलाई हेलाहोचो गर्ने, विभेद गर्ने र छिःछिः दुरदुर गर्नु नितान्त गलत कार्य हो ।

विभेदको जननी अज्ञानता हो । अज्ञानीले मात्र समाजमा विभेदको बिजारोपण गर्छ । सामाजिक चेतनाको कमीले गर्दा हिजो पनि यस्ता विभेद समाजले भोगेको थियो । बिफरजस्तो रोगको विज्ञान नजान्दा कुनै बेला बिफरका बिरामीमाथि विभेदमात्र होइन, दमनसमेत भएको थियो । राजा रणबहादुर शाहको पालामा बिफरका बिरामीलाई देश निकाला गरिएको इतिहास नेपालकै हो । त्यस्तै हैजाका बिरामीलाई पानीसमेत नखुवाई मृत्युको मुखमा धकेल्ने समाज पनि नेपाली समाज नै थियो । समय हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विज्ञान प्रविधि र शिक्षाले मानिसमा रहेका धेरै भ्रम र गलत बुझाइका पर्दा च्यातचुत बनाइसकेको छ । यस्तो परिस्थितिमा फेरि पनि हामीले कुनै रोगका बिरामीमाथि अज्ञानतावश विभेद गर्नु लज्जाको विषय हो ।

आफ्नो टोल छिमेकका कसैलाई सङ्क्रमण भए सकेको सहयोग गर्नु सबैको दायित्व हो । सङ्क्रमणबाट आफू जोगिएर बिरामीलाई सकेको सहयोग गर्न सकिन्छ । कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरूलाई अझ बढी हौसला र आत्मबलको खाँचो हुन्छ । त्यसको निम्ति टोल छिमेकी, आफन्त र मित्रहरूको निकै महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो कोही मित्र, आफन्त र छिमेकमा कसैलाई सङ्क्रमण भए उनीहरूको आत्मबल बलियो बनाउनुका साथै आवश्यक भौतिक सामग्री पूर्ति गर्न पनि मद्दत गर्नुपर्छ ।
विभेदको जननी अज्ञानता हो । अज्ञानीले मात्र समाजमा विभेदको बिजारोपण गर्छ । सामाजिक चेतनाको कमीले गर्दा हिजो पनि यस्ता विभेद समाजले भोगेको थियो । बिफरजस्तो रोगको विज्ञान नजान्दा कुनै बेला बिफरका बिरामीमाथि विभेदमात्र होइन, दमनसमेत भएको थियो । राजा रणबहादुर शाहको पालामा बिफरका बिरामीलाई देश निकाला गरिएको इतिहास नेपालकै हो । त्यस्तै हैजाका बिरामीलाई पानीसमेत नखुवाई मृत्युको मुखमा धकेल्ने समाज पनि नेपाली समाज नै थियो । समय हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विज्ञान प्रविधि र शिक्षाले मानिसमा रहेका धेरै भ्रम र गलत बुझाइका पर्दा च्यातचुत बनाइसकेको छ । यस्तो परिस्थितिमा फेरि पनि हामीले कुनै रोगका बिरामीमाथि अज्ञानतावश विभेद गर्नु लज्जाको विषय हो । कोभिड–१९ का बिरामीमाथि सहयोगको सट्टा सामाजिक विभेद र बहिष्कार गर्ने अज्ञानीहरूप्रति भविष्यको पुस्ताले धिक्कार्नेछ । उनीहरूको अज्ञानताले जन्माएको भय र घृणाप्रति मानवता सधैँ लज्जित हुनेछ । मानिसले मानवता देखाउने समय सड्ढटको बेलामा नै हो । खुशीमा साथ दिनेको समाजमा कुनै कमी छैन । यस्तै सड्ढटको बेलामा आपसी हातेमालो गर्ने मानिस नै सही अर्थमा मानिस हुन् ।
कोरोना भाइरसविरुद्धको लडाईँमा अहोरात्र खटिरहेका सामाजिक कार्यकर्ता, जनप्रतिनिधि, चिकित्सक र सुरक्षाकर्मीहरूको सम्मान आवश्यक छ । आफ्नो ज्यान जोखिममा राखेर पनि समाजलाई कोरोना मुक्त बनाउन लागिरहेका उनीहरूको सम्मानले समाज सभ्य रहनेछ । व्यक्तिगत स्वार्थको लागि पक्कै पनि उनीहरूले आफ्नो ज्यान जोखिममा राखेका होइनन् । आफ्नो पेशाप्रतिको धर्म र समाजप्रतिको दायित्वको कारण उनीहरू तत्परताका साथ दिनरात कार्यक्षेत्रमा खटिएका छन् । सबै मिलेर यो महामारीको सामना गर्नुको अब कुनै विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *