इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टीका सक्रिय कार्यकर्ता एवम् तत्कालीन ताथली गाविस वडा नं. ५ का वडाध्यक्ष सीताराम बालाको निधनमा सोमबार श्रद्धाञ्जली सभा भयो ।
बाला टोलमा भएको उक्त सभामा नेमकिपा चाँगुनारायण नगरपालिका वडा नं. ९ का अध्यक्ष नारायणभक्त न्हेमाफुकीले दिवङ्गत बालाको योगदानबारे चर्चा गर्दै अग्रज नेता–कार्यकर्ताहरूको गुणलाई नयाँ पुस्ताले आत्मसात गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सामाजिक दूरी कायम गरी भएको उक्त सभामा चानपा वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, घनश्याम खड्कालगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
विसं २०११ फागुन ११ गते ताथलीमा जन्मनुभएका दिवङ्गत बालाको भदौ १२ गते निधन भएको थियो । सामान्य बिरामी भई अस्पताल भर्ना भएका उहाँको अस्पतालमै निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा व्यक्त भनाइअनुसार स्वर्गीय बालाले नेमकिपाको वर्गीय सङ्गठन नेक्रायुसङ्घबाट राजनीतिक जीवन सुरू गरी नेमकिपा ताथली समितिमा रही पार्टीको निर्देशनअनुसार ताथलीमा पार्टी कार्यक्रमलाई अगाडि बढाउन सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा नेमकिपाबाट ताथली गाविस वडा नं. ५ निर्वाचित भई उहाँले ताथलीवासीको उन्नति र परिवर्तनको निम्ति इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
Leave a Reply