भर्खरै :

बोजिनीमा डुबेको युवकको लास भेटियो

भक्तपुर, १६ भदौ । सोमबार दिउँसो २ः१० बजे भक्तपुर चाँगुनारायण नपा ८ सुडालस्थित बोजिनीको ड्याममा पौडी खेल्ने क्रममा डुबेका युवकको लास मंगलबार निकालिएको छ । मृतक पाँचथर तुम्बेवा गाउँपालिका वडा नं ४ घर भई हाल सुडालमा बस्दै आएका अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावा भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पोखरीमा डुबी बेपत्ता भए पछि सोमबार नै घटनास्थलमा पुगेको प्रहरीको उद्धार टोलीले मौसमको प्रतिकूलताको कारण लास निकाल्न सकेको थिएन ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रमुख प्रहरी उपरिक्षक तारा देबी थापा, सुर्य बिनायक गणका गणपति शिब प्रसाद पौडेलका साथै सशस्त्र प्रहरी बल नेपाल २० नं. गण विपद् व्यवस्थापन सिनामंगलबाट खटी आएको उद्धार टोली सहित दुवाकोट गणका गणपति समेत मंगलबार घटनास्थल पुगी पानीमुनी पसी खोजी गर्दा हिलोमा गाडिएको अवस्थामा मृतकको लाशलाई फेला परेको प्रहरीले जनाएको छ । मृतकको लास पोस्टमार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।
योगेन्द्र लिम्बुसँगै पौडी खेल्न गएका प्रकाश लिम्बुसमेतसँग सोधपुछ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *