भर्खरै :

चितवनमा निषेधाज्ञाको अवस्था

चितवनमा निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यलयद्वारा तेस्रो पटक निर्देशन गरेको निषेधाज्ञा १९ गते सकिंदै छ । कोभिड–१९ सङ्क्रमण दर पनि बढिरहेको छ । जिल्लामा नौ सय हाराहारीमा सङ्क्रमण सङ्ख्या पुगिसकेको छ । चितवनका सबै स्थानीय तहमा कोभिड सङ्क्रम्रमण देखापरेको छ । सङ्क्रमण समुदायस्तरमै फैलिएको बताइन्छ ।
कोभिड–१९ सङ्क्रमण नफैलियोस् भनी प्रशासनले नियन्त्रणको लागि निषेधाज्ञा जारी गरेको हो । बिहान ५ बजेबाट ८ बजेसम्म र बेलुकी ६ बजेबाट ८ बजेसम्म अत्यावश्यक वस्तु किनमेल गर्न प्रशासनले समय छुट्याएको छ । बैङ्क तथा वित्तीय संस्था खोल्न पनि निश्चित समय तोकिएको छ । तर, प्रशासनले तोकेको निश्चित समयमा झन् बढी भीडभाड भएको जनगुनासो छ । बिहान–बेलुका फलफूल, तरकारी र किराना पसलमा मानिसको भीडभाड बढेको देखिन्छ । यो महामारीबाट बच्न भने नागरिक स्वयं सचेत हुनुपर्ने देखिन्छ । मास्क लगाउने, साबुन पानीले बरोबर हात धुने र भीडभाडमा नजानु नै उत्तम हुन्छ ।
चितवनका उद्योग, व्यवसायीहरूले कोभिड–१९ सङ्क्रम्रमण फैलिन नदिन लकडाउन नै अन्तिम विकल्प होइन, रोगले भन्दा पनि नागरिक भोक र मानसिक पीडाले मर्न थालिसके भनी जिल्ला प्रशासन कार्यलय चितवनमा भदौ १५ गते विरोधपत्र नै बुझाए । सरकारले चैत ११ गतेदेखि गरेको तीन महिनाको लकडाउनमा पनि भरतपुर नारायणगढका धेरैजसो घरमालिकहरूले सटरभाडा र घरभाडा लिएका थिए । सानातिना व्यापार व्यवसायीहरूले घरभाडा तिर्न नसकी व्यापार बन्द गर्नुपरेको, गरिरहेको व्यापार छोडी अर्को व्यवसाय गर्नुपरेको अवस्था पनि सिर्जना भएको छ ।
केही व्यापारी पँुजीपतिलाई भने मानिसको स्वास्थ्त्न्दा पनि पैसा र सम्पत्ति ठूलो भएको देखिएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजको क्यान्टिनका कर्मचारीलाई कोरोना भाइरस पुष्टि हुँदा कति पनि सचेत र सतर्क नभई धमाधम क्यान्टिन चलाएको र क्यान्टिन सञ्चालकको लापरबाही प्रस्ट छ ।
‘यो महामारीमा व्यवसायीहरूले व्यापार गर्न पाऊँ, सुरक्षा हामी स्वयं अपनाउछौँ’ भनिरहँदा भोलिको दिन भयावह होला भन्ने एकथरीको बुझाइ छ । दैनिक ज्यालादारी मजदुर गरी खाने नागरिकहरूको पीडा कसले बुझिदिने भनेर अर्को थरी मानिसले पीडा पोखिराखेका छन् । यो विषम परिस्थितिमा सरकार र प्रशासनले नागरिकलाई चित्तबुझ्दो ढङ्गले काम कुरा गर्न सक्नुपर्दछ । नागरिकमा पनि सांस्कृतिक चेतना जाग्नु आवश्यक छ । भाइरस सङ्क्रमणमा वृद्धि हुने अनुकूल वातावरण नै भीडभाड हो भनी बुझ्दाबुझ्दै चोक र पसलहरूमा किन भीडभाड गर्दै छौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *