भर्खरै :

नेकपाको आगो निभेकै हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लागेको आगो निभेको हो या निभेजस्तो मात्र भएको हो । यकिन गर्न त अलि पर्खनै पर्ला । तर, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले १७ बुँदे नामको आगोको बीउ पनि जोगाएका छन् । अकार्क वरिष्ठ नेता झलनाथ खनालले पनि आगोको बीउ जोगाउन खोजेका छन् आफ्नै किसिमले । त्यसो त नारायणकाजी श्रेष्ठको पनि केपी ओली–प्रचण्ड काण्डबारे आफ्नै खालको टिप्पणी छ । चर्को आलोचना त कृषिमन्त्री घनश्याम भुसालको छ । उनले २६ भदौको समाधानलाई चाखलाग्दो उदाहरण दिएर रोग ब्रेन ट्युमरको ओखती नुरानी तेल ¤ भनेर साँच्चै गम्भीर असहमति सार्वजनिक गरेका छन् । नेकपामा घनश्यामलाई सिद्धान्त बढी बुझेका नेताका रूपमा पनि लिइन्छ । कृषि मन्त्रालयको सर्वोपरि स्थान हुनुपर्ने नेपालमा यो मन्त्रालय नितान्त उपेक्षित छ । अरू त अरू हरेक वर्ष अभाव हुने रासायनिक मल यस वर्ष त झनै अभाव भो । चाहिएको बेलामा हाल्नुपर्ने मल पाइएको बेला हाल्नुपर्ने विडम्बना भयो । घनश्यामजीको सिद्धान्त सिद्धान्तकककाके लागि मात्र भयो भने व्यवहारमा रूपान्तरित हुनसकेन । सम्भवतः अबको मन्त्रिमण्डल पुनर्गठनमा कृषि उनको हातमा आउँदैन होला ¤ कृषि मन्त्रालयको नेतृत्व घनश्याम भुसाललाई ‘छुचुन्द्रालाई बोडीको कोसो’ पो त भो । गत २६ भदौको नेकपा स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले केपी शर्मा ओलीको साङ्केतिक उपस्थितिको कारण शारीरिक स्वास्थ्यमात्र हो कि राजनीतिक स्वास्थ्य पनि हो भन्ने जिज्ञासा पनि तर्कविहीन छैन ।
नेकपा झगडा परालको आगो
नेपालीमा एउटा उखान छ, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो ।’ परालमा आगो पनि छिट्टै लाग्ने, निभ्न पनि छिट्टै निभ्ने । यहाँ ओली–प्रचण्ड झगडा पनि उखानको पछिल्लो अंश छिट्टै निभ्ने चाहिँ लागु भो जस्तो छ । यो आगो लागेको निकै भो तर भित्र भने छिट्टै नै निभ्यो फेरि उकल्चेन भने । यो आगो चर्केको ७९ दिनमा निभ्यो । के रहेछ त आगोको बीउभन्दा प्रधानमन्त्री ओली अर्का अध्यक्षलाई फिटिक्कै अधिकार नदिने, पार्टीको सचिवालय बैठकहरूमा पनि आफैँमात्र अध्यक्षता गर्ने, आफू सोफामा बस्ने, ठूलो टेबुल प्रयोग गर्ने, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साधारण मेच, सानो टेबल, खुइलिएको टेबलपोस दिएर ठाडै उपेक्षा गरेको देखिने । तब दुई अध्यक्षबीच चर्कै झगडा प¥यो, हात हालाहालमात्र हुन बाँकी भो । तब पार्टी सञ्चालन नै सङ्कटमा परेपछि नेकपा स्थायी समिति तात्यो । बैठक सुरू भयो फेरि भाँडियो । अन्ततः ३० साउनमा ६ सदस्यीय कार्यदल बन्यो । कार्यदलले ६ भदौमा प्रतिवेदन दियो । अन्तरङ्गमा समूह–उपसमूहबीच गोप्य बैठक भए । पर्दा पछाडि यी दुईबीच के के शुभलाभ गरे । २६ भदौमा स्थायी समिति बैठक गरेर नाटकको पटाक्षेप गरे । अब यो प्रतिनिधिसभाको कार्यकालभरि प्रधानमन्त्रीको पद ओलीलाई र पार्टीको कार्यकारी अध्यक्षको पद प्रचण्डलाई दिने गरी दुई ‘थकाली’ मिले । वामदेव गौतमको मनोनयनको कुरो उठेन । गौतम पनि बोलेनन्, के भयो थाहा भएन ।
खोइ सिद्धान्त र विचार पक्ष ?
नेकपाको यो झगडा दुई अध्यक्षबीचको झगडा व्यक्तिगत महत्वको मात्र हो कि अरू पनि कारण हुनसक्छन् भन्ने मसिना कुरा केलाइएन । बैठकमा सैद्धान्तिक तथा वैचारिक पक्ष उठेन वा सारै कममात्र उठे । दुई अध्यक्षबीच मिलाप भनेर अहिले जसरी प्रचार हुँदै छ, वास्तवमा चुरो कुरो त्यो नहुनसक्छ । वर्ग सङ्घर्षको प्रतिबिम्ब कतै पार्टीमा परेको हो कि ? ती कुरा उठेनन् । समाजको वर्गसङ्घर्षको पार्टीमा परेको प्रतिबिम्बमात्र हो कि ? त्यता पार्टीले हेरेन भन्ने कुरा पनि कुनै स्थायी समिति सदस्यले उठाए । तर त्यस्तो जल्दोबल्दो मुद्दामा छलफल नै भएन । एकथरी सहभागी त्यस्ता सैद्धान्तिक र वैचारिक कुरा उठ्लान् भनी डराएका थिए । साँच्चै कस्तो कम्युनिस्ट सरकार भो नेपालमा नेता मोटाउने, जनता भने दुब्लाउने । पार्टीभित्र विचार, समूह भनेको गुट उपगुट हो कि के हो ? भन्ने प्रश्न पनि उठेछ । तर, उत्तर दिने कोही भएन । पार्टीलाई कमजोर र तोडफोड गर्ने एकथरीको प्रयत्न आफूहरूले विफल पारेको कुरा राखेर प्रधानमन्त्री ओली बैठकबाट हिँडेपछि बैठकको स्तर नै होचो भो । हुन त स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्त, लीलामणि पोखरेल, भीम आचार्य, देव गुरूङ, युवराज ज्ञवाली, मातृका यादव, भीम रावल, अमृत बोहरा, घनश्याम भुसाल आदिले पार्टी र सरकारका विविध पक्षमा आ–आफ्नो दृष्टिकोण राखे पनि प्रधानमन्त्री ओलीको अनुपस्थितिले ती भनाइमा ज्यान आएन । प्रतिवेदनले समस्या समाधान नभएको युद्धविराममात्र भएको टिप्पणी गर्दै यो मिलाप विलापमा परिणत नहोस् भन्नेसम्म पनि भने । अहिलेको निर्णय टिकाउ हुनेमा शङ्का गर्ने पनि थिए । हामीले कोपराकोपर ग¥यौँ, थाकेर यो युद्धविराम गरेको हो ?
एमसीसीको सहयोगमा कम्युनिस्ट ?
नेकपाको कम्युनिस्ट पार्टी कुन बान्कीको हो ? स्पष्ट हुनुप¥यो । वर्गसङ्घर्षप्रतिको धारणा के हो ? कस्तो जमाना आयो नेकपालाई कति नमिठो प्रश्न सोध्नुपर्ने भो । कम्युनिस्ट पार्टी भन्नासाथ वर्गसङ्घर्ष पार्टीमा अन्तर्निहित स्वतः हुने कुरा पनि सोध्नुपर्ने । वर्गीय समाज रहेको अवस्थामा वर्गसङ्घर्ष भएन भने कसरी कम्युनिस्ट भयो त ? कि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषी, बहुधार्मिक भने झैँ बहुवर्गीय समाजमा पनि कम्युनिस्ट राज्य हुने हो ? मैले बुझेको माक्र्सवाद वर्गविहीन समाज हो । आजको सत्तासीन कम्युनिस्ट पार्टी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन – एमसीसीको आर्थिक सहयोगमा कम्युनिस्ट राज्यसत्ता र साम्यवादी राज्यपद्धति स्थापना एवम् सञ्चालन गर्ने भन्छ । अमेरिकाले नबुझेको कि नेकपाका नेताहरूले नबुझेका हुन् मैले भने बुझिनँ । हाम्रा शीर्ष नेताहरूले कति बुझेका छन् खोतल्नैपर्छ । कम्युनिस्ट भनेको शब्दमात्र हो कि काम नै हो, एक्सन नै हो ? यो ओली सरकारले कम्युनिस्ट भनेको नाममात्र हो भन्ने घेराभित्र सीमित गर्न खोजेजस्तो छ । पार्टी सत्तामा जानु भनेको सम्पूर्ण राज्यका अङ्ग, उपाङ्गहरू जनतामुखी हुनु भनेको हो । तर, आज जसरी राज्य चलिरहेको कम्युनिस्ट पद्धति फस्टाउन होइन ओइलाउने परिणाम ल्याउने दिशातिर उन्मुख छ । नेकपा के हो ? नाममात्र हो कि काम पनि हो खुट्टिनु प¥यो । नत्र जनतालाई धोका हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *