इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
एउटा झार हुन्छ जसलाई नेवारीमा ॅखोल्चा घायँ’ (कचौराजस्तो घाँस) र नेपालीमा घोडताप्रे (घोडाको टापका आकारका) भनिन्छ । वैज्ञानिक नाम सेन्टेल्ला एसियाटिका । धान काट्दा होस् वा गहुँ काट्दा स-सानो चोट त लाग्थ्यो नै, खासगरी हामी केटाकेटीलाई । आँख्ला-आँख्लाबाट जरा निस्कने, खेतको डिल वा कान्लामा पाइने एक प्रकारको झारका पातहरू हातमा माडेर निस्किएको रस घाउमा राखिदिनु हुन्थ्यो आमाहरू । पात तिच्छरो स्वादका हुन्छन् । आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको लहरे भुइँझार घोडताप्रेको महिमा छुट्टै रहेछ !

जुका नपरोस् भनेर खेतबारी गएको बेला बकाइनो (मेलिया अजेडाराच) को पाकेको एकदुई गेडा खान्थ्यौँ । तैपनि जुका पथ्र्यो र भन्थ्यौँ, त्यो कुरा हावादारी रहेछ । पछि थाहा भयो, बकाइनोको बोक्रा पानीमा उमालेर मात्रा मिलाएर खानुपर्ने रहेछ । बकाइनोको धेरै गेडा खाए विष पो हुँदो रहेछ ¤ दुभी, पत्थरी, चिलाउनेदेखि महिलाको ॅमासिक स्राव’ नियमित गर्नसमेत बकाइनो बहुपयोगी हुने रहेछ ।
नेपालीमा एउटा आहान छ, ॅबुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ । नेपालमा ७ हजार प्रजातिका वनस्पति छन्, तीमध्ये सातमा एक कुनै न कुनै औषधीय गुणयुक्त हुने अनुसन्धानले बताएको छ । विश्वमा १० हजारदेखि ५३ हजार वनस्पतिलाई परम्परागत चिकित्सामा प्रयोग गरिएको पाइन्छ । विकासशील देशहरूका ८० प्रतिशत मानिस परम्परागत चिकित्साकै आधारमा स्वास्थ्यलाभ गर्ने प्रयास गर्छन् । जम्माजम्मी विश्वका आधा जनसङ्ख्या परम्परागत चिकित्साको सहायता लिन्छन् भन्ने कुरा सन् २०१४ को एक अनुसन्धानले बताएको छ ।
हाम्रो बाजेको पालामा आजको जस्तो एलोप्याथिक औषधी पाइन्थेन । वैद्यको औषधी (आयुर्वेदिक) को विकल्प थिएन । वैद्यको औषधीले नै जीवनको पाङ्ग्रा अगाडि बढाउन सकिन्थ्यो (आजकल कतिपय वैद्यहरू थरमा सीमित छन्) । कोभिड-१९ ले हाम्रा वैद्यबाहरूको महत्व फेरि एकपटक उजागर भएको छ ।
आयुर्वेद चिकित्सा प्रणाली
सरकारले आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोना भाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी ४० पृष्ठको निर्देशिका गत जेठमा जारी गर्यो । निर्देशिकामा नेपालीको भान्सामा प्रयोग गरिने कतिपय मसलाले रोगप्रतिरोधी क्षमता विकास गर्छन् भन्ने उल्लेख छ । सरकारी निर्देशिकामा दैनिक खानामा बेसार, जिरा, धनियाँ र लसुन समावेश गर्न सुझाव दिइएको छ । यद्यपि, कतिपय जनस्वास्थ्यविद्हरूले निर्देशिकामा वैज्ञानिकरूपमा प्रमाणित भएका कुरामात्र समेट्नुपर्ने प्रतिक्रिया दिएका छन् । यसैबीच कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (अस्पताल) मा कोभिड-१९ का बिरामी छिटो निको भएर गएको समाचार पनि प्रकाशित भएको छ । आयुर्वेदलाई एलोप्याथीको वैकल्पिक चिकित्साको रूपमा लिइएको छ । एलोप्याथी सर्ने एवम् शल्यक्रिया गर्नुपर्ने रोगको निम्ति प्रभावकारी मानिन्छ तर नसर्ने रोग बढिरहेको अवस्थामा यो उपचारविधि त्यति प्रभावकारी देखिन्न । आयुर्वेद करिब ३ हजार वर्षको प्रयोग, प्रचलन र अनुभवको प्रतिफल मानिन्छ । यसमानेमा आयुर्वेद विश्वको सबभन्दा पुरानो चिकित्सा प्रणाली हो । इसापूर्व १५ सयदेखि ९ सय वर्षअघिको ॅवैदिक युग’ मा यसको विकास भएको मानिन्छ । आयुर्वेदको शाब्दिक अर्थ लामो आयुको विज्ञान हो । आयुर्वेद कायाचिकित्सा (जनरल मेडिसिन), शल्य (सर्जरी), शालक्य (टाउकोसम्बन्धी), बालरोग (पेडियाट्रिक्स), विषसम्बन्धी (टोक्सिकोलोजी), प्रजननसम्बन्धी (फर्टिलिटी) र मनसम्बन्धी (रोजुभेनेसन) गरी आठ प्रकारका रहेको त्रिवि केन्द्रीय रसायन विभागका प्राध्यापक मोहनविक्रम ज्ञवालीले आफ्नो पुस्तक ॅनेपालको परम्परागत चिकित्साका पक्षहरू’ (आस्पेक्टस् अफ् ट्रेडिसनल मेडिसिन इन् नेपाल) मा उल्लेख गरेका छन् ।
आयुर्वेद चिकित्सक शङ्कर गौतमका अनुसार सुश्रुत संहितामा अदृश्य शक्ति वा कीटाणुमार्फत हुने व्याधिलाई सङ्क्रामक भनिएको छ । आचार्य सुश्रुतले सङ्क्रामक रोग एक अर्काको नजिक रहँदा, श्वास लिँदा, सँगै भोजन गर्दा, छुँदा, सँगै सुत्दा, एकअर्काको वस्त्र, माला, शृङ्गार वस्तु लगाउँदा फैलिने उल्लेख गरेका छन् । आचार्य चरकले महामारीबारे व्याख्या गरेका छन् । आयुर्वेदले ब्याक्टेरिया, भाइरस, फङ्गस आदि भनेर तिनको छुट्टै अस्तित्वबारे नबताएको तर आयुर्वेदिक औषधीले कीटाणु र जीवाणुविरुद्ध लड्नेबारे व्याख्या गरेको डा. गौतम बताउँछन् ।
रोगप्रतिरोधी क्षमता र भ्याक्सिन
कोभिड-१९ को महामारीले तत्कालै विश्राम लिइहाल्ने कुनै छेकछन्द देखिँदैन । यति छिटै कुनै औषधी बन्ने सम्भावना पनि न्यून छ । हालसम्म पनि चिकित्सा विज्ञानले ब्याक्टेरिया सङ्क्रमणविरुद्ध एन्टिबायोटिक्सजस्तो कुनै भाइरसविरुद्ध अचुक औषधी पत्ता लगाउन सकेको पनि छैन । भ्याक्सिन बनाउने होडबाजी भने चल्दै छ । खासमा रोगप्रतिरोधी क्षमताबाटै कोभिड-१९ को रोगी तङ्ग्रिने हो । रोग प्रतिरोधी क्षमता प्राकृतिक हुन्छ । ब्याक्टेरिया, भाइरस, फन्गसजस्ता कुनै पनि एन्टिजेनविरुद्ध मानिसको शरीरमा एन्टिबडी बन्छन् । शरीरले सुरुमा शरीरभित्र पसेको कुनै पनि सूक्ष्मजीवको पहिचान गर्छ र त्यसविरुद्ध लड्ने एन्टिबडी तयार गर्छ । कुनै खास एन्टिजेनविरुद्ध खास एन्टिबडी बन्न आवश्यक हुन्छ । कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी प्राकृतिकरूपमै शरीरमा बन्ने प्रक्रिया हो । कोभिड-१९ को भ्याक्सिन बनाउँदा त्यसमा सम्बन्धित रोग निम्त्याउने सूक्ष्मजीव (प्याथजेन) निष्क्रिय, मृत वा सम्बन्धित जीवको कुनै अंशमात्र प्रयोग गरिएको हुन्छ । काँडाले शरीरमा बिझेको काँडा निकालेजस्तै ¤ भ्याक्सिनले एक प्रकारको नक्कली युद्ध वा युद्धाभ्यासको वातावरण बनाउँछ । वास्तविक युद्ध त प्राकृतिक प्याथजेनसँग हुन्छ ।
स्वस्थ शरीरमा रोगप्रतिरोधी क्षमता राम्रो हुन्छ अथवा भनौँ रोगप्रतिरोधी क्षमता राम्रो हुनु नै स्वस्थ हुनु हो । रोगप्रतिरोधी क्षमता दुरुस्त राख्न वा त्यो क्षमता वृद्धि गर्न सन्तुलित आहारविहार चाहिन्छ । शरीरको आवश्यकताअनुसारको शक्तिदायक खाना कार्बोहाइड्रेट (भात, रोटी, आलु आदि), शरीर वृद्धि गराउने वा घाउचोट निको पार्ने प्रोटिन (गेडागुडी, दूध, माछा, मासु आदि), शरीरका विभिन्न रासायनिक प्रक्रिया सञ्चालन गराउने भिटामिन (सागपात, फलफूल आदि), शरीर वृद्धि तथा यसका विभिन्न प्रणाली सञ्चालनको निम्ति आवश्यक मिनरल्स (क्याल्सियम, सोडियम, पोटासियम आदि पाइने सागपात, दूध, मसलालगायत विभिन्न खानेकुरा) र पर्याप्त र सफा पानी खानु नै सन्तुलित भोजन हो ।

भिटामिन सी पाउने अमिलो प्रजातिका कागती, अमला, सुन्तला आदि फलफूलले रोगसँग लड्ने क्षमता बढाउँछ । शारीरिक व्यायाम, असल चिन्तन एवम् सक्रियताले पनि रोगप्रतिरोधी क्षमता बढाउने कुराको पुष्टि भएकै छ । तनाव लिँदा एवम् लागू तथा मादक पदार्थको सेवन गर्दा पनि रोगबाट सङ्क्रमित हुने सम्भावना बढी हुन्छ । ७ देखि ९ घण्टाको निद्रा पनि उत्तिकै आवश्यक छ । आयुर्वेदको भााषामा सदाचार, सत्कर्म एवम् सद्वृत्त आवश्यक छन् । आयुर्वेद चिकित्सक सरोज विशाल पत्रु खाना (जङ्क फुड, फास्ट फुड) एवम् तेलमा अत्यधिक तारेका खानेकुराले पनि रोगप्रतिरोधी क्षमता घटाउने बताउँछन् ।
महामारीमा आयुर्वेद
आयुर्वेदका चिकित्सकहरूले मसलाको रूपमा नेपालीको घरघरमा प्रयोग गरिने धनियाँ, लसुन, अदुवा, बेसार, जिरा, मरिच, ल्वाङ, तेजपात, सुकमेल, अलैँची, दालचिनी, टिमुर, मेथी, ज्वानो आदिले मानिसको रोगप्रतिरोधी क्षमता बढाउने बताएका छन् ।
यहाँनिर नेवार संस्कृतिको एउटा पाटो केलाउनु उपयुक्त हुन्छ । विवाहको बेला नयाँ नाता जोड्दा नभई नहुने मसलाको पोकोमा ल्वाङ, सुकुमेल, दालचिनी, अलैँची अनिवार्य हुन्छन् । मसलाले प्रतीकात्मकरूपमा आरोग्यताको कामना गरेको पनि हुनुपर्छ । भोजभत्तेरपछि मसला खाने चलन पनि नेपालीमा व्यापक नै छ ।
बेसार (करकुमा लोङ्गा) मा पाइने रसायनहरूले घाँटीको सङ्क्रमण निको पार्न मद्दत गर्छन् । बेसारमा कीटाणु मार्ने शक्ति हुन्छ । त्यसैले बालबालिकाको नाककान छेडेपछि बेसारमा लतपतिएको धागो लगाइदिने गरिएको कुरा डा. अरूणा उप्रेतीले ॅखाना खानुभो ?’ भन्ने पुस्तकमा लेखेकी छन् ।
अदुवा (जिन्जिवर ओफिसिनाली), धनियाँ (कोरियान्ड्रम स्याटित्म्), मरिच (पिपर निग्रम), लसुन (एलिएम स्याटित्म्) आदि विभिन्न मसलाले रोगका कीटाणुविरुद्ध लड्न सघाउने आयुर्वेदका अध्येताहरू बताउँछन् । गुर्जो, अश्वगन्धा, त्रिकटु आदि आयुर्वेदिक औषधी रोगप्रतिरोधको निम्ति उपयोगी सिद्ध भएको उनीहरूको भनाइ छ ।
नेपालको जडीबुटी भण्डार
ॅरामायण’मा लक्ष्मणलाई बचाउन हनुमानले ॅसञ्जीवनी बुटी’ को निम्ति विन्ध्याचलपर्वत नै उठाएर लगेको कथा छ । नेपाली भूमिको महत्व रामायणमा उल्लेख भएरमात्र बढी भएको होइन ।
लेखक पुरीचन्द्र देवकोटाले ॅकणर्ाली’ पुस्तकमा कणर्ाली क्षेत्रमा करिब १४ सय प्रजातिका जडीबुटी रहेको उल्लेख गरेका छन् । डा. तीर्थबहादुर श्रेष्ठको ॅकणर्ाली क्षेत्रको पर्यावरण तथा वनस्पतिहरू’ पुस्तकमा कणर्ाली क्षेत्रमा यार्चागुम्बा, बोजझो, घोडेपाङ्ग्रो, देवदार, चिराइतो, टिमुर, सतुवा प्रशस्त पाइएको उल्लेख गरेका छन् । त्यता अतीस, गुच्चीच्याउ, वनलसुन, जिम्बु, महारङ्गी, जटामसी, चिराइतो, वज्रदन्ती, पाषाणभेद, लौठसल्ला, पदमचाल, सुगन्धवाल आदि प्रशस्त पाइन्छन् ।
यार्चागुम्बा जुम्ला, दार्चुला, मनाङ, सोलुखुम्बु, डोल्पाजस्ता हिमाली जिल्लाको अपरिमित धन हो । हिमाली पाटनहरूमा प्राकृतिकरूपमै पाइने यार्चा टिप्ने ठाउँमै प्रतिकेजी २० देखि २५ लाख रुपियाँ मूल्य पर्छ । विश्वमा चीनपछि यार्चा पाइने दोस्रो देश नेपाल हो । यार्चागुम्बाबाट अर्बौँ रुपियाँको कमाइ हुन्छ । जङ्गलमा पाइने गुच्ची च्याउको बजार मूल्य ८-१० हजार रुपियाँ छ ।

थाकखोला क्षेत्र (मुस्ताङ, बागलुङ) मा सन् १९८६ ताका जापानी विशेषज्ञहरूले गरेको एक अध्ययनअनुसार त्यहाँका स्थानीय जनजातिहरूले १ हजारभन्दा बढी जडीबुटी, कन्दमूल, सागपात, खाद्यवस्तु उपयोग तथा उपभोग गरेको ॅनेपालका नखुलेका पाटाहरू’ मा डा. तीर्थबहादुर श्रेष्ठले उल्लेख गरेका छन् ।
तर, प्रकृतिको जथाभावी दोहनले कति समयसम्म जडीबुटी बाँकी रहला भन्ने प्रश्न उठेको छ । जडीबुटीको संरक्षण, संवद्र्धन तथा सदुपयोगको आवाज त उठेको छ, त्यो आवाज बुलन्द हुन पाएको छैन । नेपालको अपार जडीबुटीमा पनि टाठाबाठा तथा सत्ताधारीको रजाइँ चलिरहेको छ । ॅसुनको अन्डा पार्ने हाँस काट्ने’ मूर्ख बुढाबुढीजस्तै रुनुपर्ने स्थिति नआओस् भनेर प्रथमतः शासकहरू नै सचेत हुनु अत्यावश्यक छ ।
नेपालको पाटन तथा पहरा आर्थिक समृद्धिको वाहक भएर पनि जडीबुटी प्रशोधन केन्द्र खोल्न राज्य उदासीन छ । ट्रकका ट्रक जडीबुटी भारत जान्छ, त्यहीँ जडिबुटी प्रशोधन गरी बट्टामा राखिएको औषधी नेपालमा कैयौँ गुणा बढी मूल्यमा बिक्री हुन्छ । प्रशोधन केन्द्र खोलेको भए नेपालीले रोजगारीसमेत पाउँथे । आफ्नो क्षमता पनि नचिन्ने, क्षमता वृद्धिमा पनि बेपर्वाह गर्नेले अर्काको दासता स्वीकार्नुको विकल्प हुन्छ पो कसरी !
जडीबुटीमा पनि प्रतिलिपि अधिकार
सर्पगन्धाको औषधीय उपयोगिताबारे पश्चिमी देशहरूले सुइँको पाएको २० वर्ष नपुग्दै यो जडीबुटी रैथाने उद्गमस्थलबाट लोप हुन थाल्यो । तब सर्पगन्धाको विश्वव्यापारमा प्रतिबन्ध लगाइयो तर यसको मूल रसायन तत्व रिसर्पाइन कृत्रिमरूपमा निर्माण गरी मानसिक रोगको उपचार गर्न थालिएको कुरा डा. तीर्थबहादुर श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्
चीनको एउटा औषधी कम्पनीले पुदिनाबाट औषधी निर्माण गर्न प्याटेन्ट (प्रतिलिपि) दर्ता गर्न खोज्यो तर आयुर्वेद वैज्ञानिकहरूले त्यसो गर्न दिएनन् । निमबाट संरा अमेरिकी कम्पनीले निमको प्याटेन्ट अधिकार खोज्दा भारतीय वैज्ञानिकहरूले विरोध गरे । ॅजैविक चोरी’ को विरोधमा मुद्दासमेत चल्यो । यस्ता मुद्दा अझै बढ्लान् ।
आयुर्वेदमा खुब महत्व दिइएको गाँजा, भाङ तथा चरेसमा हुने मुख्य रसायन टेट्राहाइड्रोक्यानाविनोल (टीएचसी) को कृत्रिम उत्पादन गरी हिजोआज क्यान्सरको केमोथेरापी गरेका रोगीको दुखाइ कम गर्न दिइन्छ । त्यस्तै एड्स रोगीको भोक जगाउन पनि टीएचसीको प्रयोग हुन्छ । टीएचसी रक्सी, चुरोट, अफिमजस्तो असुरक्षित नभएको डा. श्रेष्ठको पुस्तकमै उल्लेख छ । नेपालमा औषधीय प्रयोजनको निम्ति गाँजा खेती गर्न दिनुपर्ने माग भइरहेको छ । डा. श्रेष्ठको विचारमा पनि विकासशील राष्ट्रको सम्पदामा कानुनी अड्चन लगाएर सोही पदार्थ कृत्रिम निर्माण गरी बजारमा एकाधिकार जमाउनु शोषणको रणनीति नै हो ।
चीनको एउटा औषधी कम्पनीले पुदिनाबाट औषधी निर्माण गर्न प्याटेन्ट (प्रतिलिपि) दर्ता गर्न खोज्यो तर आयुर्वेद वैज्ञानिकहरूले त्यसो गर्न दिएनन् । निमबाट संरा अमेरिकी कम्पनीले निमको प्याटेन्ट अधिकार खोज्दा भारतीय वैज्ञानिकहरूले विरोध गरे । ॅजैविक चोरी’ को विरोधमा मुद्दासमेत चल्यो । यस्ता मुद्दा अझै बढ्लान् ।
उसोभए नेपालका अनगिन्ती जडीबुटीको भविष्य के हुन्छ ? नेपाली वैज्ञानिक तथा शासकहरू विकसित देशहरूको सम्भावित दादागिरीविरुद्ध लड्न आवश्यक तयारी गर्लान् ? अरू उपाय के छ ? त्यसैले आयुर्वेदको वैज्ञानिक अनुसन्धानलाई तीव्र बनाउनु र प्रशोधनशालाहरू निर्माण गर्नु नेपाली भूगोल र संस्कृतिसापेक्ष छ ।
Ayurved ko Mahato aja jhan badhi raheko pain6
LEKH RAMRO RA SAMAY SANDARBHIK CHHA. KALAM CHALAUDAI JANUS. SHUVAKAMANA CHHA.