इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
पत्रकार समाज, नेपालले फेरि एउटा गहकिलो पुस्तक प्रकाशनमा ल्याएको छ । ॅचिलीमा फासीवादको प्रतिरोध’ शीर्षकको १२४ पृष्ठको पुस्तकमा सन् १९७३ सेप्टेम्बर ११ मा जननिर्वाचित एयेन्डे सरकारविरूद्ध फासीवादीहरूले गरेको सत्ताकब्जाको विषय समावेश छ । यस पुस्तकको अनलाइन सार्वजनिकीकरणमा केही शब्द राख्ने अवसर दिनुभएकोमा पत्रकार समाजका साथीहरूलाई धन्यवाद ¤
पुस्तकमा शीर्षकअनुरूप सत्ताकब्जा गरेको दिनमा भएको वीरतापूणर् प्रतिरोध, फासीवादीहरूले गरेका दमन र हत्याको शब्दचित्र, पाब्लो नेरूदाको हत्या, भिक्टर हाराको कविता, महत्वपूणर् घटनाका तस्बिरसँगै चिली घटनाको विवरणले चिलीको एउटा कालखण्डको सङ्क्षिप्त इतिहास प्रस्तुत गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँबाट लिखित ॅभूमिका’ ले ॅपुस्तक’ लाई थप गहकिलो बनाएको छ । उहाँले भूमिकामा लेख्नुभएको छ, “संसारका सबै क्रान्तिकारीहरूले विश्वकै क्रान्तिकारी इतिहासबाट शिक्षा प्राप्त गर्न आवश्यक हुन्छ ।” अकाट्य यस भनाइलाई आत्मसात् गर्दा शिक्षा प्राप्त गर्न चाहने प्रत्येकको निम्ति यो पुस्तक पठनीय छ ।
त्यस्तै फिडेल क्यास्ट्रोको मन्तव्य र अनवर होक्साको लेखले फासीवादी सत्ता कब्जाबारे थप महत्वपूणर् जानकारी दिन्छ । यसरी माक्र्सवाद-लेनिनवादको सैद्धान्तिक र व्यावहारिक पक्षको समेत गम्भीर शिक्षा लिन यो पुस्तक सहयोगी हुने विश्वास गर्न सकिन्छ । यदि चिलीको राजनीतिबाट शिक्षा लिएर नेपालको राजनीतिक परिदृष्यलाई चिन्तनमनन गर्ने हो भने पाठकले महत्वपूणर् ज्ञान प्राप्त गर्नेमा विश्वस्त हुन सकिन्छ ।
विश्व सर्वहारावर्गका महान् नेता का. स्तालिनको निधनपछि ख्रुश्चेभहरूले समाजवाद ल्याउन सशस्त्र क्रान्ति नै आवश्यक छैन, शान्तिपूणर् तरिका अर्थात् चुनाव जितेर सत्तामा पुगेर पनि समाजवाद स्थापना गर्न सकिने अवधारण ल्याएका थिए । त्यो वस्तुतः संशोधनवादी विचार थियो । चिलीको घटना यसै अवधारणाको सेरोफेरोमा घुमेको छ । चिलीको कम्युनिस्ट पार्टीले त्यसलाई व्यवहारमा लागु गर्यो तर परिणाम दुःखान्त भयो ।
एयेन्डे राष्ट्रपतिमा निर्वाचित भए तर समस्या धेरै थिए । फिडेल क्यास्ट्रोको मन्तव्यअनुसार चिलीको पुँजीवादी राज्य संयन्त्र ज्यूँका त्यूँ थियो । चिलीको सेनाका धेरैजसो अधिकारीहरू साम्राज्यवादी प्रतिष्ठानबाट दीक्षित थिए । सेना आफूलाई अराजनीतिक संस्था भन्दै क्रान्तिकारी प्रक्रियामा निष्क्रिय प्रायः रह्यो । न्याय प्रणाली पूणर्रूपमा प्रतिक्रियावादीहरूको पक्ष लिन्थ्यो । आम सञ्चारका माध्यमहरू कुलीनतन्त्रको मुठीमा कैद थिए । त्यस्तै अनवर होक्साको लेखमा साम्राज्यवादी अमेरिकी एकाधिकार पुँजी र चिलीका कुलीनवर्गको विरोधमा स्थापना भएको एयेन्डे सरकारले ॅप्रतिक्रान्तिकारी हिंसाको विरोध क्रान्तिकारी हिंसाबाट हुनुपर्छ’ भन्ने क्रान्तिकारी नियम पालना नगरेको लेखिएको छ । एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति एयेन्डेले स्पष्टै भनेका थिए – ुुऋजष्भि ष्क ायियमभम दथ ऋक्ष्ब् बनभलतकुु अर्थात् चिलीमा सीआईए एजेन्टहरूको बाढी आएको छ ।
सारमा एयेन्डे सरकारविरूद्धको षड्यन्त्र घनिभूत हुँदै गएको थियो । तर, क्रान्तिबाट होइन, चुनाबबाट गएको सरकारले आफ्नोे बचाउ र प्रतिरोध ठोस र दरोरूपमा गर्न सकेन ।
त्यसो त चिलीकै क्रान्तिकारी कम्युनिस्ट पार्टीले चुनावमा विजयी भएर समाजवाद स्थापना गर्ने नीति र अवधारणाको आलोचना र विरोध गरेको थियो । त्यस पार्टीका एक संस्थापक एवम् दर्शनशास्त्रका प्रोफेसर जर्ज पलासियोले लेखेको पुस्तक ुऋजष्भि स् बल बततझउत बत ुज्ष्कतयचष्अ अयmउचयmष्कयु त्जभ च्भब िकतयचथ या तजभ ब्ििभलमभ थभबचक’ बाट उक्त कुरा बुझ्न सकिन्छ । तर, ब्रेझनेभको रूसी सरकारले चिलीको शान्तिपूणर् सङ्क्रमणबाट समाजवादलाई ख्रुश्चेभको सिद्धान्त सफल कार्यान्वयन भनी सन्् १९७० देखि फासीवादी सत्ताकब्जा अगाडिसम्म प्रशंसा गरेको थियो । तर, पुस्तकमै का. बिजुक्छेँले भूमिकामा लेख्नुभएको छ – “वैचारिकरूपले माक्र्सवादलाई स्वीकार्दा स्वीकार्दै वर्गसङ्घर्ष र क्रान्तिकारी उपायद्वारा पुँजीपतिवर्गको राज्यसत्ता ध्वस्त पारी सर्वहारावर्गको नयाँ राज्यसत्ता स्थापना गर्नु नै माक्र्सवादको पहिलो सर्त हो ।”
चिलीमा झैँ विश्वका विभिन्न देशका कम्युनिस्टहरू माझ प्रतिक्रियावादी र पुँजीवादी चुनावमा भाग लिने कि नलिने ¤ चुनावमा जितेर सत्तामा पुगी समाजवाद स्थापना गर्न सकिन्छ कि सकिन्न भन्नेबारे छलफल अझै चल्ने गरेको छ । नेपालमा नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा गएर जनताको निःस्वार्थ सेवा गर्ने लेनिनवादी नीतिलाई दरोसँग अङ्गालेको छ । त्यस्तै पुँजीवादी सत्तामा नजाने अडानलाई नेमकिपाले दृढताका साथ पालना गरेको छ । पुस्तक अध्ययन गर्ने हरेक पाठकले चिलीको घटनाबाट शिक्षा लिने नै छन् ।
चिलीको घटनामा साम्राज्यवादी संरा अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआईएको संलग्नता जगजाहेर छ । चिलीलाई कम्युनिस्टहरूको पोल्टामा गएको टुलुटुलु हेरेर नबस्ने भनी हेनरी किसिङ्गरले बोलेकै थिए । साम्राज्यवादीहरू कम्युनिस्टहरूसँग मात्र होइन राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकताको अडान लिने गैर कम्युनिस्ट सरकार र शासकहरूप्रति पनि शत्रुता कायम राख्छन् । यसको ताजा उदाहरण लिबिया र कणर्ेल गद्दाफि, इराक र सद्दाम हुसेन हुन् । भेनेजुयला, बोलिभिया, ब्राजिल, कङ्गो निकारागुआलगायत देशमा साम्राज्यवादी र तिनका पिच्छलग्गूहरूको हस्तक्षेप र षड्यन्त्रका घटना पनि हामीलाई स्मरण हुन्छ । नेपालको सन्दर्भमा साम्राज्यवादको धापमा प्रतिक्रियावादीहरूले नेमकिपाविरूद्ध ॅभक्तपुर काण्ड’ जस्तो पञ्चायती राज्यस्तरको षड्यन्त्र गरेका थिए । भक्तपुर नपाको चुनावमा एमाले, नेका र राप्रपा नेमकिपाविरूद्ध एकगठ भएका थिए । यसबाट पनि स्पष्ट हुन्छ कि कम्युनिस्ट, देशभक्त र प्रगतिशीलहरूविरूद्ध साम्राज्यवादी, फासीवादीलगायतका प्रतिक्रियावादीहरूको चरित्र सबै देशमा यो र त्यो रूपमा समान देखिने गरेको छ ।
अन्तमा, पुस्तकले साम्राज्यवादी, फासीवादीलगायतका प्रतिक्रियावादीहरूको षड्यन्त्र उदाङ्ग्याउँदै त्यसविरूद्ध ऐक्यबद्धताको शिक्षा दिन सहयोग पुर्याओस् । धन्यवाद !
(भाद्र १७ गते पत्रकार समाज नेपालको आयोजनामा ॅचिलीमा फासीवादको प्रतिरोध’ पुस्तक अनलाइन सार्वजनिकीकरण कार्यक्रममा व्यक्त विचारको सार सङ्क्षेप-सं.)
जानकारीमूलक विश्लेषण। सर्वसाधारण ले पनि धेरै तथ्यहरु जान्नु सक्ने रहेको देखिन्छ।