काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
सत्तारूढ नेकपाको सचिवालय सदस्य माधवकुमार नेपालले भदौ २५ गते अनलाइन खबरसँगको कुराकानीमा भने, “२०६२ को असोज महिनामा हुनसक्छ, महाराजगञ्जमा बसेको सात पार्टीको बैठकमा गिरिजाबाबुले मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो । त्यो बेला संसद् थिएन, पार्टीहरूले हामी सबैको साझा उम्मेदवार माधव नेपाल भनेर
(राजा) ज्ञानेन्द्रलाई भने । ज्ञानेन्द्रले खेल खेले, स्वीकार गरेनन् ।”
माधवकुमार नेपालको उक्त भनाइ सत्य होइन । त्यसबेला प्रतिगमनविरोधी जनआन्दोलन चर्कँदै थियो । राप्रपाका नेता सूर्यबहादुर थापाले ज्ञानेन्द्रको प्रधानमन्त्रीबाट राजीनामा दिए । ज्ञानेन्द्रले स्वच्छ छविको व्यक्तिले प्रधानमन्त्रीको लागि नारायणहिटी राजदरबारमा दर्खास्त दिन सार्वजनिकरूपमा आह्वान गरे ।
सात दलको बैठक नेकाको कार्यालय टेकुमा भयो । राजाको आह्वानअनुसार सात दलको तर्फबाट प्रधानमन्त्रीको लागि दर्खास्त दिन नहुने छलफल भयो । कुनै लिखित दस्तावेज बनाइएन ।
माधवकुमार नेपालले प्रधानमन्त्रीको लागि निवेदन दिए । निवेदनमा नेका, एमाले, नेमकिपा, संयुक्त जनमोर्चा (नेकपा एकताकेन्द्र) समेतको नाम उल्लेख गरी माधवकुमार नेपालले प्रधानमन्त्री माग गरेका थिए । त्यो अनाधिकार निवेदनपछि खुलस्त भएको थियो ।
त्यसबेला एमालेले विघटित संसद्मा आफू सबैभन्दा ठूलो दल दाबी गरी राजासँग प्रधानमन्त्री मागेको थियो । नेका (गिरिजा) र नेका देउवाको नेतृत्वमा टुक्रा भएको हुँदा एमालेले आफ्नो महासचिव माधवकुमार नेपाललाई प्रम बनाउन राजासँग निवेदन गरेको थियो ।
ज्ञानेन्द्रले पूर्वपञ्चहरूबाटै लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री मनोनीत गरे । जनआन्दोलन चर्कंदै आएपछि मनोनीत प्रधानमन्त्री चन्दले पनि राजीनामा दिए । ज्ञानेन्द्रले ‘अक्षम’ भनिएका नेका (प्रजातान्त्रिक) शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मनोनीत गरे । जनआन्दोलनलाई छोडेर एमाले देउवाको प्रतिगामी सरकारमा सामेल भयो ।
यी सबै घटनामा एमालेको तर्फबाट महासचिव माधवकुमार नेपाल नै दोषी थिए । जनआन्दोलनको बलले ज्ञानेन्द्रलाई २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य पा¥यो । अनलाइनखबर समाचारमा माघ १० गते भनी उल्लेख गरियो । प्रधानमन्त्रीको लागि ज्ञानेन्द्रसमक्ष ‘बिन्तीपत्र’ राखेका र देउवाको प्रतिगामी सरकारमा एमालेलाई सामेल गराएका माधवकुमार नेपाललाई प्रतिगमनविरोधी जनआन्दोलनलाई निर्णायक बनाएका नेपाली जनताले प्रधानमन्त्रीमा स्वीकार गर्ने स्थिति थिएन । यसैलाई आकलन गरी माधवकुमार नेपालले वैशाख १२ गते नेकाका गिरिजाप्रसाद कोइरालालाई प्रममा समर्थन गर्न बाध्य भए ।
एमालेको महासचिवजस्तो नेतृत्वमा बसेको माधवकुमार नेपालले आफूलाई ज्ञानेन्द्रले प्रधानमन्त्री नबनाएपछि ज्ञानेन्द्रले खेल खेलेको बताउनु राजनीतिक अपरिपक्वता हो । त्यसबेला राजाको मनोनीत प्रधानमन्त्री बने भए माधवकुमार नेपालको राजनीतिक लीला त्यतिबेलै समाप्त हुने थियो । धन्न २०६४ को चुनावमा रौतहट र काठमाडौँ दुवै क्षेत्रबाट हारे पनि माधवकुमार नेपाल मनोनीत सभासद भएर प्रधानमन्त्री हुन पाए ।
नेकपाभित्र माधवकुमार नेपालको गतिविधिबारे त्यस पार्टीका सदस्यहरूले मूल्याङ्कन गर्ने हो । देशको खुला सीमा सुरक्षा नभएको र यसकारण पनि नेपालमा कोभिड–१९ सङ्क्रमण बढेकोमा नेकपाको सचिवालय सदस्य माधवकुमार नेपाललगायत सरकारमा गएका सबै पार्टीका नेताहरू पनि दोषी छन् । यसरी एमालेका नेताहरू झूटको खेती गर्छन् भने माओवादीका पुष्पकमल दाहालले त झुटको पुलिन्दा नै बोकेका हुन् । झलनाथ खनाललाई सर्प पाल्न राज्यकोष दोहन गर्न पाए पुग्छ । प्रम केपी ओलीले पानीजहाज, रेल, बालुवाटारको जग्गा, गोकर्णको जग्गाबारे झूटको पोका नै बोकेका छन् । यसरी नेकपा पनि झूटकै पोका सावित हुन्छ ।
Leave a Reply