भर्खरै :

मानव बेचबिखनमा संलग्नलाई मृत्युदण्ड आवश्यक

कम्युनिस्ट भनिने दलको सरकार बन्दा पनि देशमा मानव बेचबिखनको कार्य रोकिएन । सोझा–सीधा नेपाली चेलीबेटीलाई ललाइफकाइ, अनेकानेक लोभलालच देखाएर विदेश पु¥याउने, बेश्यालय पु¥याउने काम अझै रोकिएको छैन । बेपत्ता पार्ने, बेश्यालय पु¥याउने र अङ् ग–प्रत्यङ् ग बिक्री वितरण गर्ने काममा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू देश र विदेशमै रहेरै काम गरिरहेका हुन्छन् र लाखौँ कमाइरहेका हुन्छन् । ७ असोज ०७७ को अन्नपूर्ण दैनिकमा प्रकाशित ‘फुत्किएर ट¥यो सम्भावित ‘बलि’ शीर्षकको समाचारले पुष्टि गरेको छ । ‘पूजामा लाने भन्दै भारत पु¥याइयो, बसबाटै हामफालिन् किशोरी’ सहायक शीर्षक रहेको सो समाचारमा सुनसरी बस्ने १७ वर्षीया एक किशोरीलाई विराटनगर पूजामा जाने भनी इस्लामपुर नाका हुँदै भारत छिराएको उल्लेख छ ।
नेपाली चेलीबेटी भारत पु¥याएर लाखौँ रकम असुल्ने ती सामाजिक अपराधीहरूको काम युवतीको चलाकीको कारण असफल भयो । प्रहरी स्रोतका अनुसार रु. १२ लाख र पूजाको निहुँको कुरा हेर्दा ती केटीलाई पूजाको नाउँमा ‘बलि’ दिन लगिएको हुनेछ । आफूलाई गलत ठाउँमा लगिरहेको चाल पाएपछि ती युवतीले गाडीबाट हाम्फालेकी थिइन् । विदेश पु¥याउन भूमिका खेल्ने मनिका ढकालले युवतीलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्ने र डराउन नहुने कुरा सिकाएको बयानबाट पनि ‘बलि’ दिनकै निम्ति प्रयोग गरिने अनुमान गर्नसकिन्छ । यसरी अनेक लोभलालच, प्रलोभन गरेर जालझेल गर्ने, षड्यन्त्र रच्ने अपराधीहरूलाई सरकारले सर्वस्वसहित मृत्युदण्डको व्यवस्था गर्नु आवश्यक छ ।
मान्छेले मान्छेलाई सम्पत्ति पाउन या कुनै उद्देश्य पूरा गर्न हाँस, कुखुरा या वस्तुलाई झँै किनबेच गर्नु अमानवीय काम हो, आपराधिक काम हो । मान्छेको किनबेचमात्र होइन, बेपत्ता पार्नु, अङ् गप्रत्यङ् ग बिक्री गर्नु, दासी जीवन बिताउन बाध्य पार्नु, केटाकेटी अपहरण गरेर लाखौँ असुल्ने आदि कार्य मानव बेचबिखनअन्तर्गत पर्दछन् । अपराधीहरूलाई कडा सजाय नदिइएसम्म यस्ता घटना दोहोरिरहने छन् । यसबारे राज्यले कडा कानुन बनाएर सजाय दिनु आवश्यक छ भने जनता पनि सचेत र सङ् गठित हुनु जरुरी छ । कुनै पनि अपरिचित व्यक्तिको लोभ र षड्यन्त्रदेखि सतर्क हुनुपर्छ । तर, यस्ता गलत कार्य अन्त्य गर्न र अपराधीमाथि कारबाही गर्न सरकारको ध्यान गएको देखिँदैन । पद र पैसामा भुलेका, फसेका सत्तारुढ दलका नेता, मन्त्री सांसदहरूको ध्यान जनताको सेवामा गएको देखिँदैन । यो देशकै विडम्बना हो । कम्युनिस्ट भनिने सरकारको देशमा यस्ता आपराधिक गतिविधिहरू दोहोरिनु लाजमर्दो विषय हो । सरकार बिउँझिनुपर्छ । अपराधीलाई कडा कारबाही गरेर सुशासन कायम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *