भर्खरै :

१३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरूषमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरूमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल देशरभमा १९ हजार ६२४ सक्रिय सङ्क्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८१७ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६४९ जना, ललितपुरका १३२ र भक्तपुरका ३६ जना छन् ।
यस्तै सिराहाका ५५ जना, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरी, नवलपुर र रूपन्देहीका २०÷२० जना, चितवन र तनहुँका १७÷१७ जना, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, सप्तरी र काभ्रे १०÷१० तथा पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७÷७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५÷५ जना, सिन्धुली र कास्कीका ४÷४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३÷३ जना, इलाम, खोटाङ, झापा, ते¥हथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २÷२ तथा ओखलढुङ्गा, सङ्खुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्युठान र बैतडीका १÷१ जनामा सङ्बmमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *