भर्खरै :

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

भक्तपुर, १३ असोज । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ को कारण बन्द शिक्षण संस्था खुल्ने अवस्था नरहेको हुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनलाइन कक्षा नियमितरूपमा सञ्चालन गरिरहेको र विद्यार्थीले घरबाटै शिक्षा हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगर र देशभरिका विद्यार्थीको लागि प्रविधिमैत्री शिक्षा प्रदान गर्न अनुसन्धानात्मक शिक्षामा जोड दिंदै आइरहेको बताउनुभयो । उहाँले कोभिड–१९ का कारण शैक्षिक क्षेत्रमा परेको असरले गर्दा वैकल्पिक शिक्षा अवलम्बन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रविन्द्र फोँजुलगायतले बोल्नुभएको थियो ।
कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *