विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
काठमाडौँ, १७ असोज । कुलेखानी जलविद्युत् आयोजना पञ्चायतकालमा बनाइएको हो । पहिलो आयोजनाबाट प्रभावित स्थानीय जनता विस्थापित भए, दुःख पाए । विसं २०३० सालमा जापानी प्राविधिकले बनाएको यो आयोजनाबाट ३५०० मानिस विस्थापित भएका थिए । नेपाल सरकारको लगानीमा कुलेखानी पहिलो र दोस्रो आयोजना निर्माण हुनु देश र जनताको हितमा छ । तर, सरकारी योजनाबाट विस्थापित जनता अहिले पनि दुःखमा रहनु आजसम्मको सरकारको असफलता नै हो । बहुदलयताका सरकारहरूले कुलेखानीजस्तो जलाशययुक्त विद्युत् परियोजना सञ्चालन नगरेको अर्को जनविरोधी काम हो ।
सरकारी आयोजनाबाट नेपाली जनता पीडामा छन् भने निजी आयोजना र प्रदूषणमूलक उद्योगहरूबाट थप पीडामा छन् । काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू मानव बस्तीको बीचमा परेका छन् । यी औद्योगिक क्षेत्रलाई प्रम केपी ओलीको पहिलो सरकारले स्थानान्तरण गर्ने निर्णय गरेको थियो । कर्पोरेटहरूको चङ्गुलमा फसेको ओली सरकारले आफ्नो प्रतिबद्धता पाँच वर्षमा पनि पूरा गर्न सकेन । भक्तपुर औद्योगिक क्षेत्र लायकू दरबारमै जोडिएको छ भने यहाँको टेक्सटायल र डाइङ उद्योगबाट निस्कने ध्वनि र धुवाँबाट स्थानीय जनता पीडित छन् । सरकारले जनताको गुनासोलाई समयमै सम्बोधन गर्नु आवश्यक छ । ढुङ्गा–मुढा, मारपिट, दङ्गाफसाद भएपछि मात्र सरकार बिउँझिनु उचित होइन ।
नेपालमा एक करोड लिटर पेट्रोल भण्डारण गर्ने आधार तयार भएकोमा सरकारका पदाधिकारीहरू खुसी छन् । नेपालमा डिजेलको भण्डारण क्षमता २ करोड लिटर भएकोमा पनि उनीहरू गर्व गर्दै छन् । पेट्रोलियम पदार्थ टैङ्कर वा पाइपलाइन जसरी ल्याइए पनि देशलाई भारत निर्भर बनाउने सरकारी नीति खोटपूर्ण हो । नेपाल सरकारले जलविद्युत् उत्पादनलाई जोड नदिनु गलत हो । आजसम्मका प्रमहरूले जलविद्युत् उत्पादन गरेका भए पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याएर नेपालमा करोडौँ लिटरको भण्डार गर्नुपर्ने थिएन ।
ओली–दाहालको दुईतिहाइको सरकार पनि पञ्चायत र नेकाजस्तै भारतीय एकाधिकार पुँजी र नेपालका कर्पोरेटहरूको हितमा नीति बनाउँदै छ । ८३ हजार मेघावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता भएको नेपाललाई सरकारको नेतृत्व गरेका प्रम र पार्टीहरू गतिला नहुँदा पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याउने, भण्डारण बनाउने र आगलागी भए निभाउन पानीको भण्डारण पनि बनाउनेमा नेपालको बजेट खर्च भइरहेको छ ।
पञ्चायत र नेकापछि नेपाली जनतालाई पीडा दिनेमा ओली र दाहाल सरकारको उपस्थिति छ । सत्तारूढ नेकपाका दुई अध्यक्ष ओली र दाहाल अहिले पार्टी र सरकारको भागबन्डामा सीमित छन् । यी दुई नेता मन्त्री, उपकुलपति र राजदूतहरूको भागबन्डामा व्यस्त छन् । काठमाडौँ उपत्यका कोभिड सङ्क्रमणको हटस्पट बन्दै छ । तर, यी दुवै अध्यक्ष ओली र दाहाललाई मतलब छैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोभिड सङ्क्रमणलाई सामान्य र आफै बिलाएर जाने बताएको हुँदा अहिले विश्वका जनता पीडित छन् । विश्वका जनतालाई मास्क लगाउनु पर्दैन, लकडाउन गर्नु पर्दैन भनी उपदेश दिएका ट्रम्प शुक्रबार आफै कोभिड पोजेटिभ भएर मास्क लगाई सैनिक अस्पतालमा भर्ना हुनुप¥यो । के ओली र दाहाल पनि आफै कोभिड पोजेटिभ भएपछि मात्र होसमा आउने हुन् ?
Leave a Reply