भर्खरै :

दैलेखमा नेमकिपाको कार्यकर्ता भेला

दैलेख, २४ असोज । नेमकिपा दैलेखको आयोजनामा चामुन्डा–विन्द्रासैनी नपा–७ को पालेतडामा दुईदिने कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले समानता र स्वतन्त्रताको सवाल र जनताको मुक्तिको विषय मागेर र अपेक्षा गरेर नपाइने बताउनुभयो । उहाँले समाजका सबै नागरिक सचेत र सङ्गठित भई विस्तारवादी र साम्राज्यवादी चिन्तन तथा कार्यशैलीको विरोध गर्नुपर्छ भन्नुभयो ।
पार्टीका जिल्ला सदस्य बमबहादुर सिंहले युवा र सचेत पुस्ताले रचनात्मक क्रियाकलापहरूमा सक्रियता राख्नुपर्छ भन्नुभयो ।
जिल्ला सदस्य निरकबहादुर शाहीले विज्ञान प्रविधिका विभिन्न क्षेत्रमा युवा तथा सचेत नागरिकहरूले सामाजिक रूपान्तरणमा सक्रिय रहनुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा दीपकबहादुर शाही, इन्द्रप्रसाद चौलागाइँलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *