भर्खरै :

सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार नजिक शनिबारमात्रै ५ हजार ८ जना सङ्क्रमित थपिए

काठमाडौँ, २४ असोज । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार नजिक पुगेको छ । शनिबारसम्म देशभर सक्रिय सङ्क्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । जसमा संस्थागत आइसोलेसनमा १३ हजार ६५४ र होम आइसोलेसनमा १७ हजार १६४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा यति धेरै सङ्क्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ । सङ्क्रमितमध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या १,२२९ रहेको छ ।
यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल सङ्ख्या ६१४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आज काठमाडौँमा २ हजार १०० जनामा, ललितपुरमा ३६१ जनामा र भक्तपुरमा २०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *