भर्खरै :

ओलीले देखाएको सपना शिशाजस्तै चकनाचुर !

एउटा पुरानो भनाइ छ, “घोडालाई लगामले बाँध्छ, मानिसलाई लाजले बाँध्छ । लगामबिनाको घोडा, लाजबिनाको मान्छे उस्तै हो ।” प्रधानमन्त्री ओलीले लाजशरम बेचेर खाइसकेका छन् । अब यिनको बोलीको के नै तुक छ र ? जनताले यिनको बोलीमाथि भरोसा गर्नु मृगतृष्णा हो । ओलीलाई कसैको आलोचना र गालीको कुनै अर्थ छैन, थेत्तरो भइसकेका छन् । सायदै विश्वमा कुनै यस्तो मुलुक होला जसका कार्यकारी प्रमुख यति हावादारी गफ गर्छन् । हामीले चुनाव जिते सुतेकै ठाउँमा खान पु¥याइदिन्छौँ भन्नेले संविधानको मौलिक अधिकारभित्र परेको स्वास्थ्य सुविधामा समेत यस्तो लाचारीपन देखायो । “संविधानको धारा ३५ स्वास्थ्यसम्बन्धी हक (१) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ लेखिएको छ । तर, कोभिडजस्तो महामारीको उपचार खर्च नागरिक आफैँले ब्यहोर्नु पर्ने रे ! निकृष्ट सरकार !
चुनाव जित्न ओली सरकारले काठमाडौँलाई स्मार्ट सिटी बनाउने, दुई वर्षभित्र मोनो रेल बनाउने, घर–घरमा ग्यासको पाइप पु¥याउनेजस्ता अनेकौँ आकाश पाताल जोडेर देखाएको सपना अहिले जनतालाई कोरोनाको सामान्य उपचार गर्ने जिम्मेवारीबाट भाग्न खोज्दा शिशाझैँ चकनाचुर भएको छ । कोरोनाले ओली सरकारको वास्तविक औकात देखाएको छ । एक हजार शय्याको कोरोना अस्पताल बनाउने घोषणा गर्ने काठमाडौँका मेयरले आफैँ कोराना पोजिटिभ भएर दिनको ७० हजार तिर्दै सोल्टी होटललाई क्वारेन्टिनस्थल बनाए । यिनीहरूलाई देखेर ‘लाजशरम’ आफैँ लाजले शिर झुकाइसक्यो । ‘मुली खराब भए जमात नै खराब हुन्छ’ भनेजस्तै ओलीका शिष्यलाई पनि लाज लाग्ने कुरै भएन । जनताको निम्ति उपलब्ध गराउनैपर्ने मौलिक अधिकारबाट भाग्नु भनेको ओली सरकार सामाजिक कल्याणको परीक्षामा अनुत्तीर्ण हुनु हो । राज्यले शिक्षाबाट हात झिकेको तथ्य त सरकारी शिक्षालयहरूको अवस्थाले बताइरहेकै छ । अब सरकार जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वबाट पनि पन्छिएको छ । आफू सरकारी कोष खर्चेर चार वटा मिर्गाैला झुण्ड्याएर भए पनि बाँच्नु पर्ने अनि विश्व महामारीको समयमा जनतालाई उपचार आफैँ गर्नु भन्न मिल्छ ? जनताले तिरेको कर खाएर ढुकुटी रित्याउनेहरू अब सत्तामा बस्नुको कुनै औचित्य छैन ! तर, लाज पचाइसकेको र नैतिकता शून्य भएपछि कसको के लाग्छ ?

बेहोस भएमा वा हुन लागेमा मात्र अस्पताल आउनु भन्ने सरकारले अब अस्पताल आइहालेमा पनि सम्पूर्ण खर्च बिरामी आफैँले व्यहोर्ने र होम आइसोलेसनमा मृत्यु भएमा मृतकको शव व्यवस्थापन पनि परिवार आफैँले गर्नुपर्ने तहमा झरिसकेको छ । यसबाट रोगको सङ्क्रमण कति कहालीलाग्दो हुने होला भन्ने विवेकसमेत सरकारले गुमाएको देखियो । यो त गैरजिम्मेवारीको पराकाष्ठा हो ।

केपी ओलीले प्रधानमन्त्री भएपछि अन्नपूर्ण टेलिभिजनलाई दिएको अन्तर्वार्ता नेपाली जनताले बिर्सेका छैनन् । ओलीले दुई वर्षअघि सो अन्तर्वार्तामा व्यक्त प्रतिबद्धता के कति पूरा भए एकपटक आफैँले आफैँलाई सोध्ने कि ? अहिले फेरि अन्नपूर्ण टेलिभिजनले त्यही भिडियो उनलाई देखाएर प्रश्न गरेमा कस्तो प्रतिक्रिया दिन्छन् होला ? ‘हरूवा गोरुको छेरुवा दाउ’ भनेजस्तै यही कोरोनाको महामारीले गर्दा सम्भव भएन भन्नेछन् । कहाँ गयो घोषणापत्र ? कहाँ गयो प्रतिबद्धता ? विकसित देशमा भए त यस्तो आश्वासन पूरा भएन भनेर आम मिडियाले लेख्ने भो भने तुरून्तै जागिर धरापमा पर्दछ, चाहे ती प्रधानमन्त्री होस्, वडा सदस्य होस् वा अन्य कुनै संस्थामा काम गर्ने कर्मचारी होस् ।
बेहोस भएमा वा हुन लागेमा मात्र अस्पताल आउनु भन्ने सरकारले अब अस्पताल आइहालेमा पनि सम्पूर्ण खर्च बिरामी आफैँले व्यहोर्ने र होम आइसोलेसनमा मृत्यु भएमा मृतकको शव व्यवस्थापन पनि परिवार आफैँले गर्नुपर्ने तहमा झरिसकेको छ । यसबाट रोगको सङ्क्रमण कति कहालीलाग्दो हुने होला भन्ने विवेकसमेत सरकारले गुमाएको देखियो । यो त गैरजिम्मेवारीको पराकाष्ठा हो । स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’ तुरून्त बन्द गरियोस् । जब सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दैन भने यो बेतुकको तथ्याङ्क किन सुनाउनुप¥यो ? सरकारको काम कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या गन्ने र भन्नेमात्र हो ? जनतालाई सङ्कट पर्दा जिम्मा लिन नसक्ने हो भने यस्तालाई किन हाम्रो शासक बनाइराख्ने ?
एक त कोरोना परीक्षण गर्न नै खर्च र समयाभावको कारणले दुरुह साबित भइरहेको छ । त्यो कारणले अब बिरामी भएमा परीक्षण नगराई घरमै बस्ने, रोगको पहिचान नभई बिरामीको निधन हुनसक्ने र निधनपछि परम्परागत संस्कारअनुसार मानिसहरूले दाह संस्कार गर्ने भएमा अहिलेको सङ्क्रमण दरभन्दा कति गुणाले सङ्क्रमण फैलिने हो, अन्दाज गर्न सकिन्न । यसरी त समुदाय स्तरबाट देशभरिका बासिन्दासमेत सङ्क्रमित नहोला भन्न सकिन्न । यसरी सरकार सम्पूर्ण दायित्वबाट च्युत भएर सरकारले केही गर्नसक्तैन भन्दै निर्लज्ज तरिकाले सत्तामा रहिरहनु हदैको निकृष्टता हो । ‘…गर्नेलाई भन्दा देख्नेलाई लाज ¤’ झलनाथ प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड दिने राज्यले आमनागरिकलाई भने दुःखी बनायो नै । अनुत्पादक काममा राज्यको ढुकुटी रित्याउने र विपद्बाट पन्छिने सरकारलाई कसरी हेर्ने ? बिपद्को बेलामा भरोसाको एक शब्दले करोडौँको काम गर्छ । “घरमै बस्ने, मरेपछि लाश पनि आफैँ व्यवस्थापन गर्ने” भन्दा कस्तो सुनिन्छ ? गर्न त सरकारले के पो गरेको थियो र ? बोलीमा समेत दरिद्रता देखाएकोमा साराको चित्त दुखेको छ ।
“भारत अतिक्रमित भूभाग नक्सामा देखाएर जमीनसमेत फिर्ता लिइनेछ” भन्दा हामी नेपाली जनताले यिनीहरूलाई ‘देशभक्त’ माने । प्रशंसा गरे । जमिन फिर्ताको कहीँ कतै प्रयास नगरी त्यही नक्सा विद्यालयका पाठ्यपुस्तकमा राख्नबाट रोके । त्यो मात्र ‘माक फुइँ’ थियो भन्ने प्रमाणित भएको छ । तिनै शासकहरू अहिले नेपालविरुद्ध विषवमन गर्ने विदेशी सेना प्रमुखलाई स्वागत गर्न साजसज्जा गर्दै छन् । भारतसँग डराएर नेपालमा रक्षामन्त्री परिवर्तन भएको कुरा भारतीय मिडियाले छापिसकेका छन् । यी राष्ट्रवादीहरू हुन् कि राष्ट्रघाती अपराधी ?
नेकपाले समाजवादउन्मुख समाजको निर्माण गर्ने भनेर जनतालाई कति समयसम्म झुक्याउन सफल होला ? नेकपाले कम्युनिस्टको नाममा देश र जनतालाई पटक–पटक धोखा दिइरहेको छ । यस्तो लाग्छ–तथाकथित कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको अन्तिम उद्देश्य भनेको कम्युनिस्ट विचारधारातर्फ ढल्केको नेपाली जनताको समर्थन र विश्वासलाई धरासयी पारेर देशलाई साम्राज्यवादी र विस्तारवादीहरूको क्रिडास्थल बनाउनु हो, सबै सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *