भर्खरै :

धर्मको नाममा पृथकतावादी गतिविधिप्रति सचेत बनौँ

भारतको देहरादुनस्थित शाक्य एकेडेमी नामको एउटा ‘बौद्ध धर्मको अध्ययन’ गर्ने विद्यालयमा नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई नेपालका केही सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विशेषतः नेपाली विद्यार्थीहरूले दसैँमा घर जान अनुमति माग्दा एकेडेमीका गुरू र गुरूआमाबाट कुटपिट भएको घाइते विद्यार्थीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन् । समाचारअनुसार नेपालका विभिन्न जिल्लाका विपन्न ग्रामीण क्षेत्रबाट केटाकेटी लिएर गई त्यहाँ ‘बुद्ध धर्म’ सम्बन्धी अध्ययन गराइन्छ । आर्थिकरूपमा विपन्न नेपाली आमाबुबालाई छोरालाई निःशुल्क पढाउने कुराले आकर्षित गर्नु स्वाभाविक हो । त्यसमाथि विशेषतः नेपालको उत्तरी जिल्लाका बौद्धमार्गी परिवार बौद्ध अध्ययन भन्नासाथ छोरा जिम्मा लगाउन अघि सर्नुमा कुनै आश्चर्य छैन । बुद्ध धर्ममात्र होइन, अरू धर्मले पनि यस्ता धार्मिक विद्यालय खोलेका छन् । काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडाहरूमा स्थापना भएका गुम्बाहरूमा पनि बौद्ध धर्मको अध्ययन अध्यापन हुने बताइन्छ ।

भारत, दलाई लामा र पश्चिमा देशहरूको चीनलाई घेर्ने र उपद्रव गराउने परियोजना सफल बनाउन बुद्ध धर्मको दुरुपयोग हुने गरेको छ । बुद्धको जन्मभूमि नेपाल र कर्मभूमि भारत भएकोले नेपाली र भारतीय जनतामा बुद्ध धर्मप्रति गहिरो सद्भाव छ । त्यही सद्भावको दुरुपयोग गरी तिब्बतका पृथकतावादी शक्तिहरूले नेपाल र भारतमा यस्ता संस्थामार्फत विभिन्न प्रशिक्षण, प्रचार र राजनीतिक गतिविधि गर्दैै आएका छन् । शाक्य एकेडेमी कस्तो संस्था हो ? नेपालबाट गरिब जनताका छोराछोरीलाई पढाउने नाममा भारतमा लगी कतै तिब्बतको पृथकतावादी गतिविधिको मतियार बनाउन काम भइरहेको होइन ?

तर, यस्ता ‘विद्यालयहरू’ भित्र विशुद्ध शैक्षिक गतिविधिमात्र नहुने यसअघि धेरै समाचार र अध्ययनले सार्वजनिक गरेका छन् । विशेषतः नेपालमा स्थापना भएका कतिपय गुम्बाहरूलाई पश्चिमा देशहरूले मनग्य सहायता दिने गरेको बताइन्छ । चीनको स्वशासित क्षेत्रमा उपद्रव गराउन र विखण्डनकारी गतिविधि गर्न त्यस्ता स्थलमा नयाँ युवा–विद्यार्थीलाई प्रशिक्षण दिने गरेको विषयमा आलेखहरू प्रकाशित भएका छन् । कतिपय त्यस्ता ठाउँहरूमा धर्मको आवरणमा गुप्तचरीको कामसमेत हुने गरेको खुलासाहरू भएका छन् । ती ठाउँमा नेपालकै विभिन्न जिल्ला, तिब्बत, भारतलगायत विभिन्न देशबाट युवाहरूलाई धार्मिक शिक्षा दिने नाममा ल्याइने गरेको छ । भारतमा पनि त्यस्ता धेरै केन्द्रहरू भएकोमा दुईमत नहोला । भारतले तिब्बतबाट भागेका दलाई लामालाई आजसम्म संरक्षण दिंदै आएका छन् । दलाई लामा भारत र पश्चिमा देशहरूको सहयोगमा तिब्बतमा उपद्रवको योजना बुनिरहेका हुन्छन् भने पश्चिमा देश र भारत पनि दलाई लामालाई प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न उद्यत्त छन् । भारत, दलाई लामा र पश्चिमा देशहरूको चीनलाई घेर्ने र उपद्रव गराउने परियोजना सफल बनाउन बुद्ध धर्मको दुरुपयोग हुने गरेको छ । बुद्धको जन्मभूमि नेपाल र कर्मभूमि भारत भएकोले नेपाली र भारतीय जनतामा बुद्ध धर्मप्रति गहिरो सद्भाव छ । त्यही सद्भावको दुरुपयोग गरी तिब्बतका पृथकतावादी शक्तिहरूले नेपाल र भारतमा यस्ता संस्थामार्फत विभिन्न प्रशिक्षण, प्रचार र राजनीतिक गतिविधि गर्दैै आएका छन् । शाक्य एकेडेमी कस्तो संस्था हो ? नेपालबाट गरिब जनताका छोराछोरीलाई पढाउने नाममा भारतमा लगी कतै तिब्बतको पृथकतावादी गतिविधिको मतियार बनाउन काम भइरहेको होइन ? एकेडेमीको आर्थिक स्रोत के हो ? भारत र पश्चिमा देशहरूमा नेपालबाट केटाकेटी लगेर यस्ता खालका गतिविधि गर्ने अरु कति संस्थाहरू छन् ? यी विषय अनुसन्धानको विषय बन्न जरुरी छ ।
बेलायतले पहिलो र दोस्रो विश्व युद्धमा र भारतले चीन र पाकिस्तानसँगको लडाइँमा जसरी नेपाली युवाहरूको ‘बहादुरी’को नाममा दुरुपयोग गरेका थिए, त्यसरी नै तिब्बतमा पृथकतावादी गतिविधि गर्न पश्चिमा देश र भारतले नेपाली युवाहरूलाई धर्मको नाममा दुरुपयोग गर्नसक्ने विषयमा संवदेनशील बन्न जरुरी छ । नेपाली युवाहरूलाई फेरि पनि अर्जेन्टिनाका जनता मार्न फकल्यान्ड(माल्भिनस) मा लाने गल्ती कदापि हुनुहुन्न । नेपाल सरकारले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिको परिधिभित्र यी कुरा पनि आवश्यक पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *