जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
पशु र मानिसको भिन्नताबारे अनेक भाषाभाषीहरूमा फरक फरक कहावतहरू पाइन्छन् । सामान्य संवेदनशीलता पशुमा पनि हुने गर्छ । एउटा काग मरेको देख्नासाथै वरपरका कागहरू काँकाँ गर्दा टोल र गाउँ नै थर्किन्छ । पशुपतिमा एउटा बाँदरलाई मोटरले किचेर मार्दा नजिकका सबै बाँदरहरू आउँदा मोटर बन्द भएको घटना छ । आफ्नो बच्चालाई कसैले हात हालेमा पशुले पनि प्रतिकार गर्छ । संवेदनशीलताका यी उदाहरण हुन् ।
मानिसमा वा माथिल्लो पदमा बस्नेहरूमा पनि आआफ्ना छोराछोरी र नातागोताबारे हरेक सरकारका प्रधानमन्त्री, पार्टी अध्यक्ष, मन्त्री र सचिवहरूमा संवेदनशीलता भएको सबैलाई थाहा छ । पशु र चराचुरुङ्गीले भोलिको विषय सोच्दैनन् वा सोचेको थाहा छैन । तर, मानिसमा आफ्नो कामको परिणामबारे संवेदनशीलता हुने गर्छ । त्यो हो — जनताको मत, ऐनकानुन र सामान्य नैतिकता ¤ सामान्य नैतिकता, लोकवाक्य र ऐन—कानुन मिचिँदा मानिस भन्छन् — ‘हात्ती र घोडालाई फलामको सिक्रीले बाँध्छ तर मानिसलाई लाजले बाँध्छ ।’ मानिस निर्लज्ज र नाङ्गो भयो भने त्यस व्यक्ति र समूहप्रति साधारण जनताको विश्वास घट्नु स्वाभाविक हो ।
‘गम्भीर सङ्क्रमितलाई नै छैन शय्या !’ ‘एकै दिन २३ जनाको मृत्यु’— (राजधानी — १७ कार्तिक २०७७)
त्यही समाचारपत्रमा शासक दल र नेताहरूबारेको समाचारको शीर्षक छ — ‘दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर सङ्कटमा ।’ कोभिड १९ बाट नेपाली जनतालाई जोगाउन होइन, ‘पार्टी एकता जोगाउन महासचिवको आह्वान ।’ ती महासचिव हुन् — विष्णु पौडेल, नेकपा ।
‘बोक्सीको आरोपमा कुटपिट गरिएकी ९० वर्षीया वृद्धाको ज्यान गयो ।’ ‘मृतक वृद्धाको दुवै हातका औँलामा मसी’ र ‘कुटपिट गर्ने रामअवतार साहसोनार पक्राउ परेका छन् ।’ (नयाँ पत्रिका — १७ कार्तिक २०७७)
यो समाचार हो — लहानको । लहान मधेसवादी आन्दोलनको एक क्षेत्र हो । आज मधेसमा मधेसवादी दलहरूको प्रदेश सरकार छ, बोक्सीका घटनाहरू बरोबर समाचार पत्रहरूमा छापिन्छन्, तर कुनै राजनैतिक दल र समाजसेवीहरू त्यस अन्धविश्वासको विरोधमा आवाज उठाउँदैनन् — आन्दोलनको रूपमा ¤ जबकि देशमा पुरुषहरूलाई क्रूर र महिलाबारे उचित ध्यान नदिने सम्झने हो भने राष्ट्रपति, मन्त्री, सांसद र संसदीय समितिका अध्यक्षहरूसमेत महिला छन् । खोइ त कडा कानुन ? बोक्सीको आरोपको विरोध र अन्धविश्वासको विरोधमा सशक्त कारबाही खोइ ? खोइ महिला डाक्टरहरूलाई पहाड, तराई र हिमाली क्षेत्रमा बोक्सी, छाउपडी, दहेजजस्ता अन्धविश्वासको विरोधमा प्रशिक्षणमा लगाएको ?
‘वीर अस्पतालको भीभीआईपी कक्षमा ताला लगाएर राष्ट्रिय ढुकुटीबाट नेताको उपचार विदेशमा, महामारीले अत्तालिएका जनतामाथि ‘समाजवादी व्यापार’, ‘नेता र पहुँचवालाको उपचारमा राज्यको चार अर्ब खर्च ।’ ‘वीर अस्पतालमा सर्वसाधारणलाई बेड पाउन महाभारत’ (नयाँ पत्रिका) । कार्तिक १७ गतेको नेपाल समाचारले लेख्यो — काभ्रेमा ‘बोक्सी भगाउने नाममा गाला डामियो ।’ ‘जाडोसँगै कोरोना कठोर बन्दै !’ ।
‘बोक्सी आरोपमा आमाको हत्या’ छोराबाटै कुटिएकी ८५ वर्षीया सुदामादेवी साहको मृत्यु ।’ (अन्नपूर्ण पोष्ट — १७ कार्तिक २०७७)
तर, एउटा सामाचारपत्रको मुख्य शीर्षक थियो — ‘नेकपा एकता धरमर ।’ दाहालले नेताहरूलाई सुनाए, ‘‘प्रधानमन्त्रीले बरु सल्लाहमै पार्टी फुटाऔँ भन्नुभयो ।’’ ‘‘के गर्न खोजिएको हो भनेर सोधेको हुँ’’ — प्रधानमन्त्री ।
Leave a Reply