भर्खरै :

हारे पनि जिते पनि ट्रम्प रहिरहनेछन्

संरा अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम दिनहरूमा केही सञ्चारमाध्यमले डोनाल्ड ट्रम्पको युगपछि रिपब्लिकन पार्टीको अवस्था के होला भन्ने प्रश्नबारे केही लेखहरू छापे । यदि उनी चुनावमा पराजित भए उनले आफू पछिको नेतृत्व कसलाई चुन्लान् ? राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल निराशाजनक भएपछि रिपब्लिकन दलको अबको दिशा कस्तो हुनेछ ? पहिलो कार्यकालको निराशाजनक परिणामपश्चात् पार्टीले अब कुन दिशा लिनेछ ? धेरै मनोगत चिन्तकहरूले चाहेभन्दा यी प्रश्नको उत्तर सम्भवतः ज्यादै असन्तोषजनक हुनसक्छ किनभने ट्रम्प नामको ‘यो भूतलाई अब सीसीभित्र थुन्न’ त्यत्ति सजिलो छैन ।
धेरै मानिस एकथरी गल्ती गर्छन्ः ट्रम्पको रिपब्लिकन दल पहिलेको जस्तो रहेन अथवा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनले भनेजस्तै बिरालोको यो अर्को प्रजाति हो । तर, यो बुझाइ सत्य होइन । रिपब्लिकन दल धेरै अघिदेखि नै श्वेत पहिचानको राजनीति, मतदातालाई मताधिकारबाट वञ्चित गर्ने, व्यापारिकतन्त्र, धार्मिक कट्टरता र दलीय स्वार्थमा आधारित दल हो ।
डोनाल्ड ट्रम्पसँग मिल्दाजुल्दा अर्का विवादास्पद रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनको पालामा ‘दक्षिणी रणनीति’ खुब चल्यो । उनले संरा अमेरिकाका दक्षिणी राज्यहरूमा गोरा मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका थिए । त्यत्तिबेला ती राज्यहरू डेमोक्रेटिक दलका आधारहरू थिए ।

रिपब्लिकनहरूले हिजोआज भगवान मान्ने गरेका ती दुई पूर्वराष्ट्रपति र ट्रम्पबीचको एउटामात्र खास भिन्नता भनेको ट्रम्प सबै कुरा हाकाहाकी भन्छन् । उनी खुलमखुला कट्टरपन्थी हुन् । अरू दुई जना राष्ट्रपतिहरू भने तुलनात्मकरूपमा भिन्न विचार स्वीकार्न सक्थे । तर, आफूले के गर्न खोजिरहेको हो भन्ने विषयमा उनीहरूमा कति पनि अलमल हुन्थेन । त्यसकारण ह्वाइट हाउसबाट बिदा भएपछि पनि ट्रम्पलाई चटक्क बिर्सन सकिन्न ।

ट्रम्पले जस्तै ‘नियम कानुन’ र ‘राज्यका अधिकार’ जस्ता विषयलाई लिएर निक्सनले सन् १९६८ मा निर्वाचन जितेका थिए । उनले रिपब्लिकन दललाई गोरा पहिचानको राजनीतिको बाटोमा डो¥याए र नागरिक अधिकारको विरोधमा उभिए । सन् २०१६ को चुनावमा ट्रम्पका प्रमुख रणनीतिकार बनेका रोजर स्टन राष्ट्रपति निक्सनका विश्वास पात्र थिए ।
राष्ट्रपति रोनाल्ड रेगनलाई प्रायशः ट्रम्पसँग तुलना गरिन्छ । रेगनले पनि ‘दक्षिणी रणनीति’ लाई अघि बढाए । जातीय पूर्वाग्रहले भरिएको भाषा र ‘वेलफेर क्वीन’ जस्ता रङ्गीन शब्दहरूको प्रयोग गरी रेगनले आफ्नो साम्प्रदायिक मुद्दामा राजनीतिक समर्थन हासिल गर्न जातिवादीहरूसमक्ष अपिल गरे । सन् १९८० को दसकमा इसाई धार्मिक शक्तिहरू प्रभावशाली बनिसकेपछि रेगन उनीहरूसँग पनि मिल्न गए ।
रिपब्लिकनहरूले हिजोआज भगवान मान्ने गरेका ती दुई पूर्वराष्ट्रपति र ट्रम्पबीचको एउटामात्र खास भिन्नता भनेको ट्रम्प सबै कुरा हाकाहाकी भन्छन् । उनी खुलमखुला कट्टरपन्थी हुन् । अरू दुई जना राष्ट्रपतिहरू भने तुलनात्मकरूपमा भिन्न विचार स्वीकार्न सक्थे । तर, आफूले के गर्न खोजिरहेको हो भन्ने विषयमा उनीहरूमा कति पनि अलमल हुन्थेन । त्यसकारण ह्वाइट हाउसबाट बिदा भएपछि पनि ट्रम्पलाई चटक्क बिर्सन सकिन्न ।
‘द वाशिङ्टन पोस्ट’मा लेख्दै बेन टेरिसले धार्मिक कट्टरपन्थी इसाई उपराष्ट्रपति माइक पेन्सलाई ‘स्तरीय रिपब्लिकन मानिन्छन्’, त्यसकारण उनी नै रिपब्लिकन दलका आगामी नेता हुनसक्छन् भनी लेखेका छन् ।
फ्लोरिडाका सिनेटर मार्को रुबियोका पूर्व प्रवक्ताले भनेका थिए, “ट्रम्प हाम्रो पार्टीको लागि इराक युद्ध हुन् । आजबाट आगामी चार वर्षमा ट्रम्प युगको कुनै प्रभाव बाँकी नभएको व्यक्तिलाई चुन्न सक्छौँ वा सक्दैनौँ भन्ने विषयमा म चिन्तित छु ।”
यो तुलनाको वास्तविकतासँग कुनै लिनुदिनु छैन किनभने दुवै पार्टीभित्र इराक युद्धका योजनाकार र त्यसका समर्थकहरूले कुनै राजनीतिक परिणाम (सजाय) भोग्नु परेन । डेमोक्रेटिक पार्टीका पछिल्ला दुई उम्मेदवार हिलारी क्लिन्टन र जो बाइडेनले इराक युद्धलाई समर्थन गरेका थिए । बुश युगका रिपब्लिकनहरूजस्तै बिल क्रिस्टल, डेबिड फ्रम र कोलिन पावेलजस्ता व्यक्तिहरूलाई खुसीसाथ ‘नेभर ट्रम्प’ कार्यक्रममा उनीहरूले सामेल गरेका थिए । राष्ट्रपति कार्यालयबाट बिदा हुँदै गर्दा निकै अलोकप्रिय बनेका राष्ट्रपति जर्ज डब्ल्यु बुशलाई समेत जनताबीच पुनः स्थापना गर्ने प्रयास उनीहरूले गरे ।
पेन्सको सुरुवात ट्रम्पपन्थी राजनीतिज्ञको रूपमा नभए पनि उनको अन्त्य भने सिनेटर टेड क्रुज, माक्रो रिबिओ र अरूको जस्तै भयो । उनीहरूको ठूलो राजनीतिक महत्वाकाङ्क्षा धोखेबाज उम्मेदवार ट्रम्पबाट समाप्त भयो । उनीहरूले पनि ट्रम्पकै जस्तै अशिष्ट शैली, घृणाको भाषा र जथाभावी ट्वीट लेख्ने शैली अपनाउनुबाट ट्रम्प शैलीको राजनीति रिपब्लिकनहरूका लागि सामान्य बन्दै भएको देखापर्छ ।
‘पोलिटिको म्यागाजिन’ले यही साता अर्को एउटा लेख छापेर पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीलाई ट्रम्प पछाडिका अमेरिकी अनुदार राजनीतिका नयाँ अनुहारको रूपमा प्रस्तुत गरियो ।
चेनीको राजनीति पनि ट्रम्पको राजनीतिभन्दा तात्विकरूपमा कुनै फरक छैन । अमेरिकी धनाढ्यहरूलाई सहायता, मतदाताहरूलाई मताधिकारबाट वञ्चित गर्ने खेल, धार्मिक स्वतन्त्रताको नाममा अल्पसङ्ख्यक र महिलाविरुद्ध हमला अनि थप आक्रामक विदेश नीति । एक अर्को स्रोतअनुसार चेनी र ट्रम्पबीच ९६ प्रतिशत समानता रहेको जनाइएको छ ।
रिपब्लिकन दलभित्र ट्रम्पका विपक्षीहरूले उनकै कुरालाई अलि भिन्न तरिकाबाट भन्न सक्छन् । यसलाई नैतिक संवदेनशीलता वा रणनीति जोडघटाउ, जे भन्नुहोस् । तर, उनीहरूबीचको यस्ता भिन्नताले कुनै नीतिगत भिन्नता हुनेछैन । न त जनताको जीवनसँग यसको कुनै लिनुदिनु नै हुने गर्छ । आज रिपब्लिकन पार्टीको लागि असहिष्णुता नै बिनासङ्कोच दलको मूल नीति बनिसकेको छ । असहिष्णुता नै ट्रम्पको नीति हो ।
त्यसकारण ट्रम्पको अवस्था जर्ज डब्ल्यु बुश सिनियरको जस्तो पहिलो कार्यकालपछि लाजले बिस्तारै अस्ताउने देखिंदैन । बरु अलस्काका पूर्वगभर्नर सराह पालिनको जस्तो हुने अवस्था छ । जसले सन् २००८ मा रिपब्लिकन दलको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बन्ने प्रयास असफल भएर पनि आफ्नो राजनीतिक प्रभावलाई बलियो नै बनाइरहे ।
ट्रम्प शारीरिकरूपमा अक्षम नहुञ्जेलसम्म जुलुस र सभाहरू गर्न चालू राख्नेछन् । उनले आफ्नै अलग सञ्चारगृह खोली हलचल मच्चाइरहन सक्छन् । पहिलो पटक राष्ट्रपति पदको लागि उम्मेदवार बन्दा उनलाई त्यसले साथ दिएको थियो । सारमा ट्रम्पले चुनाव हारे पनि र जिते पनि उनी कहीँ जाने छैनन् ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद: एसजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *