भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
महिला स्वास्थ्य स्वयम्सेविका कसैको लागि अनौठो होइन । यो नाम प्रायशः सबैले सुनेकै हुनुपर्छ । स्वास्थ्यसम्बन्धी टोल–टोलमा जनचेतना जगाउन स्वेच्छिकरूपमा कार्यरत महिला कार्यकताहरू नै महिला स्वास्थ्य स्वयम्सेविका हुन् । महिला स्वास्थ्य स्वयम्सेविकाहरू ७७ वटै जिल्लामा छन् । त्यसमध्ये मैले पनि भक्तपुर नगरपालिकामा स्वयम्सेविका भएर काम गरिरहेकी छु । म भक्तपुर नगरपालिकाको वडा.नं. ६ भोलाछेँमा बस्छु र त्यही वडाको महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्दै छु ।
मैले २०६८ जेठ १९ देखि २०६८ जेठ २७ सम्म सञ्चालित पुनर्जागरण महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित पाठ्यक्रमअनुसारको महिला स्वास्थ्य स्वयम्सेविकाको नौ दिनको आधारभूत तालिम लिएकी थिएँ । नौ दिनको सो तालिममा मैले धेरै रोगहरूको बारेमा जान्ने मौका पाएँ । तालिमपछि मैले महिलाहरूमा देखिने पाठेघर क्यान्सर, स्तन क्यान्सरबारे प्रशिक्षण लिने मौका पाएँ । साथै क्षयरोगबारे पनि जान्ने मौका पाएँ । पहिले हामीले क्षयरोगबारे छ महिनाको एकचोटि प्रशिक्षण लिने गथ्र्यौँ र हामी घर–घरमा गएर त्यसबारे जानकारी गराउँथ्यौँ । यसै प्रशिक्षणकै क्रममा हामीले हात्तीपाइले रोगबारे पनि प्रशिक्षण लियौँ । हात्तीपाइले रोगबारे घरघरमा सेवा भावनाले जानकारी गराउन जाँदा धेरै गुनासा तथा नकारात्मक कुराहरू हामीले सुन्नु परेको थियो । हामीले घर–घरमा गएर सचेत पार्न तथा हात्तीपाइले रोगको औषधि खुवाउन जाँदा कति घरका सदस्यहरूले घरको ढोकासम्म पनि खोल्न मानेका थिएनन् । हाम्रै एक स्वयम्सेविका साथीलाई औषधि खुवाउन जाने क्रममा घरको माथिबाट पानीले समेत छ्यापेको घटना याद आउँछ । त्यो घटना अहिले पनि हाम्रो मनमष्तिष्कमा ताजा नै छ । कतिपय घरका मान्छे यसबारे जान्न चाहँदैनन् । कसै कसैले ‘हाम्रो घरको सदस्यलाई हात्तीपाइले भएको छैन, हामीलाई औषधिको जरुरत छैन’ भनेर पठाएका छन् । यो सब नकारात्मक सोच हुनुको मुख्य कारण शिक्षाको कमी तथा तालिम र प्रशिक्षण नदिई औषधि वितरण गर्नु थियो ।

पोषण सप्ताह दिवसमा स्वास्थ्य स्वयम्सेविकाहरू

स्वास्थ्य शिविरमा रक्तचाप परीक्षण गरिंदै
घरदैलो नर्सिङ सेवाले धेरैजसो अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सजिलो भएको छ । घरदैलो नर्सिङ कार्यक्रम नियमित गरेको खण्डमा वडावासीहरूलाई धेरै सजिलो र सहज हुनेछ ।
महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्दा हामीले धेरै कुरा सिक्न र सिकाउने मौका पाएका छौँ । हामी आफूले सिकेको कुरा टोलवासीलाई सिकाउन पायौँ । यस्तै सिक्ने र सिकाउने क्रममा हामीले डेङ्गुको महामारीमा पनि जुट्यौँ । टोलमा डेङ्गुको महामारी फैलिएको बेला हामीले टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत ग¥यौँ । ती कार्यक्रमले डेङ्गु भएका बिरामी तथा डेङ्गुको लक्षण देखिएका मान्छेहरूलाई धेरै फाइदा भयो भने कतिलाई डेङ्गु रोग र यसको लक्षण थाहा नभएर घरमै डेङ्गु रोगसँग लडिरहेको पनि पायौँ ।
कुनै पनि रोगको औषधि पूरा मात्रामा सेवन नगर्दा फेरि त्यही रोगबाट ग्रसित हुन पर्नसक्छ । अहिले पनि क्षयरोगका बिरामी नभएका होइनन्, धेरै छन् तर मान्छेहरू भन्न लजाउँछन् क्षयरोगबारे । यसरी रोग लुकाउनुको मुख्य उद्देश्य जनचेतनाको कमीले हो । त्यसैले हामीले समाजमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न सकेको खण्डमा धेरैले आफ्नो रोग लुकाउन अनि आफूलाई परेको समस्याबारे खुलस्त भन्न नडराउने तथा नलजाउने हुन्छ ।
महिला स्वास्थ्य स्वयम्सेवकहरूले अहिले घरदैलो नर्सिङ सेवा पनि प्रदान गर्दै आएको छ । यसले वडाका सबै वडावासीहरूमा सजिलो भएको छ । हामी यसरी घरदैलो जाँदा कतिले सकारात्मकरूपमा हामीलाई व्यवहार गरेका छन् भने कतिले नकारात्मकरूपमा व्यवहार पनि गरे । कतिले हामीलाई घरदैलो गरी घर–घरमा सेवा दिएकोमा धेरै सुविधा र सजिलो भएको अनुभव गरे । जसको घरमा उच्च रक्तचापका बिरामी अनि कोही दुर्घटना भएर घरमा नै बसेर उपचार गर्नुपर्नेहरूको लागि धेरै सजिलो भएको छ । किनकि घरदैलो जाँदा हामीसँग स्टाफ नर्स पनि सँगै हुन्छन् ।
घरदैलो नर्सिङ सेवाले धेरैजसो अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सजिलो भएको छ । घरदैलो नर्सिङ कार्यक्रम नियमित गरेको खण्डमा वडावासीहरूलाई धेरै सजिलो र सहज हुनेछ ।
महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्दा हामीले धेरै कुरा सिक्न र सिकाउने मौका पाएका छौँ । हामी आफूले सिकेको कुरा टोलवासीलाई सिकाउन पायौँ । यस्तै सिक्ने र सिकाउने क्रममा हामीले डेङ्गुको महामारीमा पनि जुट्यौँ । टोलमा डेङ्गुको महामारी फैलिएको बेला हामीले टोलमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू प्रस्तुत ग¥यौँ । ती कार्यक्रमले डेङ्गु भएका बिरामी तथा डेङ्गुको लक्षण देखिएका मान्छेहरूलाई धेरै फाइदा भयो भने कतिलाई डेङ्गु रोग र यसको लक्षण थाहा नभएर घरमै डेङ्गु रोगसँग लडिरहेको पनि पायौँ । हामीले चेतनामूलक कार्यक्रमको प्रस्तुतिपछि वडावासीले आफूमा देखाएका सबै लक्षण डेङ्गुको भएको थाहा पाएर उपचारको लागि अस्पताल पुगेका छन् । हामीले डेङ्गुबारे भिडियो प्रदर्शनी कार्यक्रम चलाउँदा–चलाउँदै पनि कति जना हामीले बताएको लक्षण आफूमा पाएपछि कार्यक्रम नै छोडेर अस्पतालमा उपचारको लागि गएको पनि थाहा पायौँ ।
यो डेङ्गुको महामारी फैलिनु भन्दा पहिले एउटा घटना भएको थियो । सुरूमा टोलमा डेङ्गुका बिरामी एक–दुई जना देखिन थालेको थियो । त्यही क्रममा एक जना बिरामी जाँच्नको लागि अस्पताल पुगेको रहेछ । त्यो डेङ्गुका बिरामीको उपचार गर्ने अस्पताल थियो । आफूलाई डेङ्गु लागेको कसैलाई थाहा नहोस् भनेर लुकेर गएको रहेछ । आफ्नो रोग लुकाउनुको मतलब डेङ्गु रोग लागेपछि समाज अनि घर–परिवारले छिःछिः र दुरदुर गर्ला भन्ने डर थियो । तर, हामीले उनको भ्रम हटाउन वडामा बैठक राख्यौँ । आफैँ डेङ्गुका बिरामीलाई सहभागी बनायौँ र त्यस बैठकमा हामीले डेङ्गुका लक्षण र यसको उपचारका विषयमा छलफल ग¥यौँ । डेङ्गु भएका बिरामीलाई समेत आफूलाई डेङ्गु हुँदा कस्ता लक्षण देखाप¥यो अनि कसरी यसको उपचार भयो, सबै कुरा बैठकमा प्रस्तुत गर्न लगायौँ । हामीले बैठकमा ज्ञानमूलक कुरा पनि प्रस्तुत ग¥यौँ । हामीले ‘आफूलाई लागेको कुनै पनि रोग लुकाउन नहुने, रोग कसैलाई पनि लाग्न सक्छ, रोग लाग्यो भन्दैमा उनीहरूलाई घृणा हैन माया र सान्त्वना दिनुपर्छ’ भनी सम्झायौँ । रोग लागेका व्यक्तिले पनि आफूलाई लागेको रोगबारे अरूलाई जानकारी दिएर अरूलाई रोग लाग्नबाट बचाउनुपर्छ भन्ने कुराहरू प्रस्तुत ग¥यौँ । त्यसपछि तिनै बिरामीले “आफूले गल्ती गरेको महसुस गरी सबैलाई रोग लुकाएर नबस्न, आफूलाई लागेको रोगको बारेमा आफ्नो घर परिवार तथा आफ्नो मिल्ने साथीलाई भनेर समयमै उपचार गराउन आग्रह गरे । उनले आफ्नो रोग लुकाउँदा अकालमा मृत्युको शिकार हुनसक्ने बताए ।
हामीले धेरै रोगहरूको बारे विभिन्न ठाउँमा गएर प्रशिक्षण लिने मौका पायौँ । यसरी रोगहरूको बारेमा जानकारीको साथसाथै रक्तचाप नाप्ने सिक्न आवश्यक लाग्छ । घरदैलो जाँदा प्राय सबैको रक्तचाप नाप्नुपर्ने हुन्छ, त्यसको लागि हामीले स्टाफ नर्सको जरुरत पर्दछ । हामीले पनि प्रशिक्षण पाएको भए हामीले सजिलैसँग घरदैलो जाँदा सुविधा प्रदान गर्न पाउँथ्यौँ ।
अहिले विश्व नै कोभिड–१९ कोरोनाकै महामारीमा आक्रान्त छ । कोरोनाले लाखौँ मानिसको ज्यान लिइसकेको छ । यो रोगबारे पनि हामीले वडामा सामाजिक दुरी कायम गरी वडाका जनप्रतिनिधिको सहयोगमा जनचेतनामूलक कार्यक्रम ग¥यौँ । कोरोना रोग कसरी सर्छ भनेर वडामा भिडियोहरू देखाएर यसबाट कसरी बच्न सकिन्छ र रोग लागे कस्तो उपचार हुन्छ भन्नेबारे जानकारी गरायौँ । टोल–टोलमा पनि यस्तै कार्यक्रम गर्ने सोच थियो । तर, यो सम्भव भएन । टोलमा कार्यक्रम गर्दा धेरै मान्छेको भीड हुने हुनाले यो कार्यक्रम गर्न सकेनौँ । यदि कसैलाई कोरोना लागिहाले पनि त्यो मान्छेलाई अरू मान्छेले छुनेबित्तिकै अनि सँगै बस्दैमा यो रोग सर्दैन । यो रोग सर्ने भनेको कोरोनाको बिरामीसँगै धेरै बेर बसेमा उसको सिँगान, थुक वा ¥यालको छिटा परेमा सर्ने रोग हो । त्यसैले कोरोना भएका बिरामीसँग धेरै बेर नबसी सामाजिक दुरी कायम राखेको खण्डमा यो रोग सर्न पाउँदैन । तर, यो कोरोना रोग लागिहाले पनि हामीले त्यस्ता व्यक्तिहरूलाई छिःछिः र दुरदुर नगरी माया र हौसला दिनुपर्छ ता कि कोरोनाका बिरामीलाई आफू कोरोनाको बिरामी हुँ भन्ने महसुस पनि नहोस् ।
त्यसैले यस कोरोनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ ।
Leave a Reply