भर्खरै :

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौँ, २० कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुस महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेस्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिनसक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मंसिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।
समारोहमा भाग लिनका लागि स्नातक तहले रु. तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु. चार हजार २०० र विद्यावारिधिले रु. चार हजार ७०० शुल्क बुझाउनुपर्नेछ ।
तीमध्ये रु. एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *