भर्खरै :

पुराना किसान कार्यकर्ता एवम् सांस्कृतिककर्मी जितलाल मानन्धरको निधन

भक्तपुर, २० कार्तिक । नेपाल क्रान्तिकारी किसान सङ्घका पुराना किसान कार्यकर्ता जितलाल मानन्धर कार्तिक २० गते आफ्नै निवासमा बित्नुभयो ।
विगतका किसान आन्दोलनहरू मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, सुस्ता बचाउ आन्दोलन र अमेरिकी साम्राज्यवादको आक्रमणलगायत देशको सार्वभौमिकता रक्षार्थ हुने हरेक आन्दोलनहरूमा उहाँ सक्रिय हुनुहुथ्यो । मातृ पार्टीको निर्देशनअनुसार लागिपर्ने जितलाल मानन्धर एक सांस्कृतिककर्मी गुरु पनि हुनुहुन्थ्यो ।
उहाँ लालाखिँ, पछिमाय्, ढोलक र दमरु बजाउनु हुन्थ्यो । आफूसँग भएको कला र सीप नयाँ पुस्तालाई सिकाउने एक सांस्कृतिक गुरु हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरमा नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय उपाध्यक्ष एवम् भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवाल र नेपाल क्रान्तिकारी किसान सङ्घका भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले नेपाल क्रान्तिकारी किसान सङ्घको झन्डा ओढाइ अन्तिम बिदाइ गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँका पाँच छोरी र एक छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *