भर्खरै :

चिलीमा फासीवादको प्रतिरोधबारे अन्तरक्रिया

भक्तपुर, २० कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिले पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अनलाइन अन्तरक्रिया बिहीबार ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पठन संस्कृतिको विकास गरेर कार्यकर्ताहरूको सांस्कृतिक विकास गर्न अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले चिलीमा फासीवाद प्रतिरोधको सङ्क्षिप्त जानकारी दिनुभएको थियो । नेपाल सरकार कोरोना कोभिड–१९ को व्यवस्थित न्यूनीकरण गर्न, सम्पूर्ण सङ्क्रमितहरूको निःशुल्क उपचार गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, जनताको धनजनको रक्षा गर्न असफल भएको कुरा प्रस्ट पार्दै उहाँले अनियमिता र अराजकताको अन्त्य गर्न साङ्गठनिकरूपमा सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका भक्तपुर जिल्ला समितिका अध्यक्ष जगन्नाथ सुजखूले शिक्षकहरूले विषयगत ज्ञानबाहेक सामाजिक दायित्वबोध गर्नुपर्ने र राष्ट्रको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष सन्तराम दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिका सचिव इन्द्रबहादुर फोजू, शिक्षकहरू लक्ष्मीनारायण लिगल, जीवनकुमार जोशी, सुलोचना सुवाल, श्याम अवाललगायतले पुस्तकबारे आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *