भर्खरै :

अनलाइनमार्फत विविधभाषा साहित्य सम्मेलन हुने

मध्यपुर, २० कार्तिक । नेपाल संवत् ११४१ को अवसरमा प्रत्येक वर्ष मध्यपुर क्षेत्रमा हुँदै आएको विविध भाषा साहित्य सम्मेलन यो वर्ष अनलाइनमार्फत हुने भएको छ । विश्वका विभिन्न मुलुकमा झैँ नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको हुँदा २२ औँ विविध भाषा साहित्य सम्मेलन अनलाइनमार्फत गर्न लागेको हो ।
विविध भाषा साहित्य समाजले उक्त सम्मेलनको लागि जनपक्षीय साहित्य दिन नयाँ तथा पुराना साहित्यकारहरूलाई आग्रह गरेको छ । यो वर्ष विगतमा झैँ कुनै सांस्कृतिक कार्यक्रम हुनेछैन । न्हूँ दँ ¥याली पनि नहुने जनाइएको छ ।
अनलाइनमार्फत हुने सम्मेलनमा राजनीतिज्ञ, विभिन्न विज्ञ, साहित्यकारहरूले मन्तव्य राख्नु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *