बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
नोभेम्बर ७ अर्थात् महान अक्टोबर समाजवादी क्रान्ति दिवस । सन् १९१७ को नोभेम्बर ७ मा भएको अक्टोबर समाजवादी क्रान्ति पृथ्वीको इतिहासका केही महत्वपूणर् कोशेढुङ्गामध्ये एउटा हो । पेरिस कम्युनको असफलतापश्चात् अक्टोबर क्रान्तिमा श्रमिक वर्गले पहिलो पटक सफलतापूर्वक राज्यसत्तामा कब्जा जमाएको थियो । अक्टोबर क्रान्तिको सफलताले क्रान्ति अघि संसारमा स्थापित धेरै मूल्य-मान्यता भत्कायो भने क्रान्तिपछि संसारको वास्तु परिवर्तनमा त्यसले सधैँ प्रभावशाली भूमिका खेलिरह्यो । मानव समाजको सुरूवातदेखि आजसम्म र जतिबेलासम्म मानव समाजको अस्तित्व रहनेछ, त्यत्तिबेलासम्म मानव समाजको अग्रगतिमा श्रमको भूमिकालाई कसैले अस्वीकार गर्नसक्नेछैन । एङ्गेल्सले ॅप्रकृतिका अन्य जीवभन्दा मानिस विवेकशील हुनुको एउटा कारण श्रम भएको’ बताउनुभएको थियो । तर, शोषणको सुरूवात भएदेखि शोषक वर्गले श्रमिक वर्गमाथि नै दमन गर्दै आफ्नो भकारी भर्दै आएको छ । श्रमिक वर्गको शोषण नै शोषक वर्गको मुनाफाको आधार हो ।
वर्गहरूबीचको अन्तरविरोध र सङ्घर्षले समाजमा नयाँ-नयाँ वर्गको उदय भयो र पुराना वर्गहरू हराउँदै गए । श्रमिक वर्गमाथिको उत्पीडनले पनि नयाँ-नयाँ रूप लिँदै गयो । शोषक वर्गले सामाजिक र राजनीतिक परिवर्तनसँगै शोषणका नयाँ-नयाँ काइदा निकालेर श्रमिकमाथिको शोषण कायम नै राख्यो । तर, अक्टोबर समाजवादी क्रान्ति त्यस्तो महान् क्रान्ति हो जसले युगौँदेखि शोषणको जाँतोमा पिल्सिएका श्रमिक जनतालाई राज्यसत्तामा पुर्यायो । अर्को शब्दमा भन्दा श्रमिक वर्गमाथि शोषण गर्न बनाइएको राज्यसत्तामाथि श्रमिक वर्गले कब्जा जमायो । माथि बसेका तल खसालिए, तल दबाइएकाहरू माथि पुगे । त्यो सही मानेमा क्रान्ति थियो ।
अक्टोबर क्रान्तिमा रूसी जनताको अदम्य साहस, बलिदान र सङ्घर्षबाट स्थापना भएको सोभियत सङ्घ गलत नेतृत्वको कारण सन् १९९० मा विघटन भयो । क्रान्तिकारी विचारधारा लत्याएर संशोधनवादी र वर्ग समन्वयकारी विचारधारा सोभियत नेतृत्वले अङ्गाल्नु नै सोभियत सङ्घ विघटनका धेरै कारणमध्ये प्रमुख कारण थियो । क्रान्तिलाई जोगाउन सही नेतृत्व र क्रान्तिकारी एवम् सक्षम नयाँ पुस्ताको शिलशिला हुन आवश्यक भएको सोभियत सङ्घको असफलतापछि संसारका क्रान्तिकारीहरूले सिके । सोभियत सङ्घको गलत नेतृत्वको असफलतालाई समग्र सोभियत समाजवाद र अक्टोबर क्रान्तिको भावनाको असफलता भन्न सकिन्न ।
अक्टोबर समाजवादी क्रान्तिले सोभियत सङ्घमा श्रमिक वर्गको हितमा असङ्ख्य क्रान्तिकारी कदम चाल्यो । शोषणमा आधारित पुँजीवादभन्दा ठीकविपरीत शोषणरहित समाज स्थापना गरियो । महिलालाई ॅदोस्रो दर्जाको मानिस’ मान्ने पुँजीवादी व्यवस्थालाई चुनौती दिँदै सोभियत समाजवादले महिलाहरूलाई पूणर्रूपमा मुक्त बनायो । श्रमिकको शोषणबाट कमाएको धन हुनेले सुखी जीवन बाँच्न पाउने र अरू मानिस असमयमै मर्नुपर्ने अवस्था सोभियत समाजवादले उल्टाइदियो । गाउँ र सहरबीचको भेद र सहरलाई शोषणको आधारक्षेत्र बनाउने पुँजीवादी उत्पादन सम्बन्ध उल्टाएर सोभियत सङ्घले गाउँ र सहरबीचको भेद अन्त्य गर्यो । सारमा पुस्तक र बौद्धिक विमर्शमा हावी बनेको माक्र्सवादलाई अक्टोबर क्रान्तिले पहिलो पटक व्यवहारिकरूपमा सत्य प्रमाणित गर्यो ।
अक्टोबर क्रान्तिमा पड्केको तोपको आवाजले संसारका धेरै उपनिवेश र उत्पीडित देशहरूमा पनि स्वतन्त्रता, मुक्ति र समाजवादको उज्यालो फैलियो । उपनिवेशवादको सिक्रीले बाँधिएका मानिसहरूले मानिस भएर बाँच्ने सपना देख्न सिके । अन्ततः संसारमा उपनिवेशवादको युग अन्त्य भयो ।
अक्टोबर क्रान्तिमा रूसी जनताको अदम्य साहस, बलिदान र सङ्घर्षबाट स्थापना भएको सोभियत सङ्घ गलत नेतृत्वको कारण सन् १९९० मा विघटन भयो । क्रान्तिकारी विचारधारा लत्याएर संशोधनवादी र वर्ग समन्वयकारी विचारधारा सोभियत नेतृत्वले अङ्गाल्नु नै सोभियत सङ्घ विघटनका धेरै कारणमध्ये प्रमुख कारण थियो । क्रान्तिलाई जोगाउन सही नेतृत्व र क्रान्तिकारी एवम् सक्षम नयाँ पुस्ताको शिलशिला हुन आवश्यक भएको सोभियत सङ्घको असफलतापछि संसारका क्रान्तिकारीहरूले सिके । सोभियत सङ्घको गलत नेतृत्वको असफलतालाई समग्र सोभियत समाजवाद र अक्टोबर क्रान्तिको भावनाको असफलता भन्न सकिन्न । संशोधनवादी नेतृत्वको कारण अक्टोबर क्रान्तिले जग हालेको सत्ता असफल भयो । तर, अक्टोबर क्रान्तिले संसारलाई सिकाएको क्रान्तिकारी भावना कदापि असफल होइन । बरू, अक्टोबर क्रान्ति संसारमा सधैँ जीवन्त आभा बनेर जगमगाइरहनेछ । अक्टोबर क्रान्तिले संसारका समाजवादी आन्दोलनलाई बाटो देखाइरहनेछ ।
Leave a Reply