पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
– मु लु
संरा अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले फैलिँदो कोरोना भाइरस महामारी आफ्नो तत्कालको प्राथमिकता भएको देखाउन कोभिड–१९ नियन्त्रण र रोकथाममा काम गर्न १२ जनाको एउटा कार्यदल घोषणा गरेका छन् । दस करोड अमेरिकीहरू कोभिड–१९ बाट सङ्क्रमित भएको विषम परिस्थितिमा यस्तो समाचार आएको हो । संरा अमेरिका संसारका अरू कुनै पनि देशको तुलनामा सबभन्दा बढी सङ्क्रमित सङ्ख्या भएको देश हो ।
महामारीप्रति ट्रम्प सरकारको बेवास्ताको कारण संरा अमेरिका आज भाइरसको दलदलमा फसेको छ । यदि संरा अमेरिकाका उक्लिँदो सङ्क्रमण दरलाई नियन्त्रण गर्न नसके भविष्यको अवस्था अकल्पनीय हुनसक्छ ।
राष्ट्रपति निर्वाचन परिणामले प्रस्टतः ७ करोड ५० लाख जनताले कोरोना भाइरससँगको लडाइँमा ट्रम्प सरकारको अक्षमताविरुद्ध मत व्यक्त गरेको देखियो । कोरोना भाइरसविरुद्धको लडाइँमा ट्रम्पको असफलता ठूलो विषय भएको थाहा पाएका बाइडेनले त्यसैमा टेकेर आफ्नो विजयको लक्ष्य पूरा गरे । अब, महामारीलाई नियन्त्रणमा राख्न सकिने पुष्टि गरेर देखाउने पालो बाइडेनको हो । संरा अमेरिकालाई यो दलदलबाट निकाल्ने जिम्मेवारी अब उनको काँधमा पुगेको छ । यदि उनी यो काममा विफल भए ट्रम्प र बाइडेनबीच जनताले कुनै भिन्नता देख्नेछैनन् ।
बाइडेनको चुनावी अभियानमा भाइरसविरुद्धको लडाइँ नै मुख्य मुद्दा थियो । त्यसकारण जस्तै कर्म गरे पनि उनलाई भाइरस नियन्त्रण नगरी सुखै छैन । उनले संरा अमेरिकाभित्र कसरी यो भाइरसलाई नियन्त्रण गर्छन् र भाइरस नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सहकार्य कसरी अघि बढाउनेछन् भन्ने विषयमा उनी प्रस्ट हुनुपर्नेछ । महामारी रोकथाम र नियन्त्रणमा केही नगरी आर्थिक पुनःस्थापना र संरा अमेरिकालाई विश्व मञ्चको केन्द्रमा ल्याउने बाइडेनका अन्य प्रतिबद्धता पूरा गर्न सम्भव छैन ।
चीनको विदेश मामला विश्वविद्यालयअन्तर्गत अमेरिकी अध्ययनका प्राध्यापक ली हैतोङले महामारी नियन्त्रण र रोकथामसँगै ट्रम्पले छोडेका ‘विरासत अन्त्य’ गर्नु नै बाइडेनको सबभन्दा ठूलो चुनौती भएको बताए । विश्रृङ्खलित बनिसकेको महामारी नियन्त्रणलाई सही बाटोमा डो¥याउन बाइडेनको लागि कम चुनौतीपूर्ण हुनेछैन । विशेषतः कम्तीमा ७ करोड जनता अझै पनि ट्रम्पका विचारसँग सहमत भएको अवस्थामा यो काम गर्न बाइडेनलाई सहज पक्कै छैन । “बाइडेनले मानिसहरूका सोचाइ र व्यवहार परिवर्तन गर्न नसके र जनतालाई मास्क लगाउन, आपसी दुरी कायम गर्न प्रोत्साहित गर्न नसके यो उक्लिँदो रेखाचित्र तल झर्न मुस्किल नै छ”, प्राध्यापकले भने ।
बाइडेनले सबै सरकारी कार्यालय र सबै अन्तरराज्य यातायात केन्द्रहरूमा मास्क लगाउन अनिवार्य गरे मास्कले जीवन जोगाउँछ भनेका छन् । यदि त्यसो भए त्यो एउटा प्रारम्भमात्र हुनेछ । केही समयको लागि महामारी नियन्त्रणमा राखेर संरा अमेरिकामा फैलिँदो महामारीलाई कदापि अन्त्य गर्न सकिन्न । संरा अमेरिकाभित्र महामारी रोकथामको निम्ति व्यापक वैज्ञानिक कदम अघि बढाउनुका साथै चीन र विश्व स्वास्थ्य सङ्गठनजस्ता रचनात्मक सहकार्यका साझेदारहरूसँग हात मिलाउनुको बाइडेनसँग अरू कुनै विकल्प छैन ।
ट्रम्पले दोष जति चीनको थाप्लामा थोपर्ने कुचेष्टा गरे । भाइरसविरुद्धको लडाइँमा आफ्नो असफलता छोप्न उनले चीनलाई बलिको बोको बनाउन खोजे । तर, बाइडेन सरकारको लागि यो चलाखी काम लाग्नेछैन । आफू सरकारमा आइसकेपछि न त बाइडेनले आजको परिस्थिति निम्तिनुको लागि ट्रम्पलाई नै दोष दिन सक्छन् ।
संरा अमेरिकासँग मनग्य स्रोतसाधन छन् । तथापि त्यसको पनि सीमितता छ । उचित रोकथामको उपायको क्रमिक थालनीपछि कोरोना भाइरसविरुद्धको लडाइँमा संरा अमेरिका असफल भए संरा अमेरिकाको परिकल्पित मिथक वास्तवमै चरितार्थ हुनेछ । उसको आधिकारिकरूपमा अन्तिम दिन सुरू हुनेछ । यो सबै अमेरिकीहरूको लागि पक्कै सुखद खबर हुनेछैन । कोभिड–१९ प्रति संरा अमेरिकी अक्षमताको कारण कठिन समय भोगिरहेका जनताको निम्ति पनि यो पक्कै मीठो कुरा होइन ।
स्रोतः ग्लोबल टाइम्स
Leave a Reply