ट्रम्पको इरान युद्ध : साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस – २
- जेष्ठ १९, २०८३
तिहारमा विशेषतः लक्ष्मी पूजाको दिन दीपावलीका साथै बारुद पटाका पनि पड्काउने चलन छ । ‘फूल र प्रकाशको चाड’ भएकोले खुसियालीमा यस्ता गतिविधि हुने गरेको छ । तर, नेपालमा पड्काइने बारुद र पटाका भारतबाट आउने गर्छ । बारुद र पटाका खरिदमा मात्र देशको करोडौँ रुपैयाँ विदेश जान्छ । त्यसरी भिœयाइएको बारुद पटाकाले धेरै ठाउँमा आगलागी र दुर्घटना हुने गरेको छ । बालबालिकाहरूले विशेष रुचि देखाउने यस्तो गतिविधिमा लागेर कतिले आँखाको ज्योति र ज्यानसमेत गुमाएका छन् । त्यसकारण तिहारमा रमाइलो गर्ने नाममा बारुद र पटाका पड्काउने काम नगरौँ । यसले देशको पैसा पनि खेर जानुका साथै समाजमा अनावश्यक दुर्घटनासमेत हुने गरेको छ । पैसा पनि सकिने, ज्यान पनि सकिने यस्ता काममा किन लाग्नु !
तिहारमा दीपावली गर्दा स्थानीय उत्पादनको खरिदमा जोड दिऔँ । माटोको दियो स्थानीय कुमालेहरूबाट किनौँ । स्थानीयले बनाएका फूलका माला नै प्रयोग गरौँ । त्यसले हाम्रा स्थानीय उद्योग पनि जोगिनुका साथै उद्योगीहरू पनि उत्साहित हुनेछन् । यसले देशको अर्थतन्त्रमा थोरै भए पनि सुधार ल्याउन मद्दत गर्छ । आफ्नो ठाउँका उद्योगीको विकास भए विदेशी सामान भित्र्याउनुपर्ने हुँदैन । कोभिडको कारण देशको अर्थतन्त्र कमजोर बनेको बेला नागरिकले यस्ता साना कुरामा थोरै विचार गरे पनि परिणाममा ठूलो योगदान हुनसक्छ ।
भारतमा वायु प्रदूषणको कारण यो वर्ष बारुद पटाका पड्काउन निषेध गरिएको छ । त्यसकारण बारुद पटाका उत्पादकहरूले नेपालमा ती सामान निर्यात गर्नसक्छन् । लुकीछिपी त्यस्ता सामान नेपाल भित्रिन सक्ने विषयमा प्रहरी प्रशासनले विशेष ध्यान दिन आवश्यक छ । हामीसँग भएका सामानबाट नै शुभकामना आदानप्रदान गरौँ, खुसियाली पोखौँ । अरुले हात्ती चढ्यो भन्दैमा आफूले धुरी चढ्ने गल्ती नगरौँ !
Leave a Reply