रास्वपा सरकारको बजेटले सरकार पुँजीवादी भएको पुष्टि
- जेष्ठ १८, २०८३
हरेक चाड पर्व शान्तिपूर्ण, हर्षाेल्लास र अपराधरहित बनाइनुपर्छ । चाडपर्वलाई जीवन्तता दिइनुपर्छ । तर, कति चाडपर्वमा विकृति र विसङ्गति देखिएको हुन्छ । चाडको मौकामा कति युवाहरू खुला या गोप्यरूपमा जुवातास खेल्छन् । चाड पर्वको मूल्य र मान्यता या चालचलनविपरीत अर्कै ढङ्गले मनाइन्छ । अहिले तिहार नजिकिँदै छ । तिहारमा उत्सवको नाउँमा रमाइलो गर्ने नाउँमा, विभिन्न पटाका, आतसबाजी पड्काइन्छ । आगजन्य पटाका र आतसबाजीहरू पड्काएर विगतमा आँखा गुमेका, घाउचोट लागेका, आगलागी भएका उदाहरण नभएका होइनन् । तराई प्रदेशमा आतसबाजीकै कारण आगलागी भएर ठूलो क्षति भएको हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ । यसकारण यो तिहारमा कुनै पनि पटाका, आतसबाजी पड्काइने काममा सरकार या प्रशासनले रोक्नुपर्छ । आगजन्य पटाका पड्काइने कार्य रोक्न सरकारले विदेशबाट भित्र्याइने पटाकामा रोक लगाउनुपर्छ, रोक लगाउन प्रहरी प्रशासनको ध्यान जानुपर्छ ।
पड्काइने पटाका र आतसबाजी नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइएको कुरा जानकारीमा आएको छ । यसले सबै क्षेत्रमा निगरानी पु¥याउनुपर्छ । विशेष सुरक्षा व्यवस्था गरिएको छ भनेर कुनै गतिविधि गरिँदैन भने पटाका र आतसबाजी पड्काइने काम नियन्त्रण हुनेछैन । पटाका पड्काउन नपाउने प्रहरी प्रशासनको निर्णय कार्यान्वयन गर्नेतर्फ लाग्नु जरुरी छ । कोरोना भाइरसको सङ्क्रमण जनसमुदायमा फैलिरहेको हुँदा तुलनात्मकरूपमा गत वर्षभन्दा यो वर्ष आगजन्य पटाका र आतसबाजी कममात्रै पड्काइनेछ । यो बेला प्रहरी प्रशासन सक्रिय भएमा, अभिभावकले आ–आफ्ना सन्तानलाई सचेत पारेमा तिहारमा पटाका पड्काइने कार्य रोक्न सकिन्छ । प्रहरी प्रशासन, समाजका प्रवुद्ध वर्ग, शिक्षक, सामाजिक र राजनीतिक कार्यकर्ताले पटाका पड्काउन नहुनेतर्फ उत्प्रेरित गरेमा यो कार्य रोक्न सकिन्छ । आ–आफ्नो स्थानबाट सबै जिम्मेवारीपूर्वक अघि बढेमा उद्देश्य फत्ते गर्नसकिन्छ ।
पटाका पड्काउने काम रोक्ने पहिलो उपाय त पटाकाको उत्पादनमै रोक्नु हो । उत्पादनमा रोक्नेतर्फ ध्यान गएको देखिँदैन । अतः सम्बन्धित निकायहरू पटाका पड्काउने कार्य नियन्त्रण गर्नेतर्फ क्रियाशील हुनुपर्छ । यस्तो चाडबाडमा अनेक सामाजिक आपराधिक घटना पनि हुन्छन् । चोरी चकारी, लुटपाट पनि यस्तैबेला बढी हुन्छ । यी सबै काम रोक्न, नियन्त्रण गर्न सावधानी अपनाइनुपर्छ । यसका लागि सरकार, प्रशासन, नागरिक समाज र राजनीतिक दलहरू आदर्शाेन्मुख समाज स्थापना गर्नेतर्फ अघि सर्नुपर्छ ।
Leave a Reply