इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
मस्को, ११ नोभेम्बर । अर्मेनिया र अजरबैजानबीच भएको दोस्रो युद्धविरामको पालनामा मद्दत गर्न रुसले विवादास्पद नगोर्नो–काराबख क्षेत्रमा २ हजार रुसी सेना परिचालन गरेको छ । नोभेम्बर १० बाट सुरु हुने गरी दोस्रो चरणको युद्धविराम लागू भएको हो ।
विवादास्पद नगोर्नो–काराबख क्षेत्रमा अजरबैजान सेना निकै अघि बढेपछि अर्मेनियाली आड प्राप्त सो क्षेत्रका नेताले आफ्नो तर्फबाट लडाइँ चालू राख्न असम्भव भएको बताएसँगै युद्धविराम भएको थियो । पछिल्लो अवस्थाले अजरबैजानी जनतालाई खुसी बनाएको छ भने अर्मेनियाली जनतालाई नमीठो अवस्थामा पु¥याएको छ । अर्मेनियाका जनता राति सरकारी भवनअघि धर्ना कसेर युद्धविरामको सम्झौता फिर्ता गर्न माग गरेका छन् ।
नगोर्नो–काराबख क्षेत्रमा दुई देशबीच लामो समयदेखि द्वन्द्वरत छन् । दुई देशबीचको लडाइँमा टर्कीले अजरबैजानलाई सहयोग गर्दै आएको छ भने रुससँग सुरक्षा सम्झौता भएको अर्मेनियालाई रुसले आड दिंदै आएको छ ।
गत अक्टोबरमा संरा अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू भएको केही समयमै भङ्ग भएको थियो । अक्टोबरमा भएको युद्धविरामले सैनिक द्वन्द्वको अन्त्य गर्नुका साथै सो क्षेत्रमा तुलनात्मक शान्ति कायम भएको थियो । अन्तर्राष्ट्रियरूपमा सो क्षेत्रलाई अजरबैजानको भाग मानिएको छ भने सो क्षेत्रमा आदिवासी अर्मेनियाली जनताको बसोबास छ । पछिल्लो समय अर्मेनियाली आदिवासीहरूले सो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको थियो ।
अजरबैजानले सो क्षेत्रको दोस्रो ठूलो सहर शुशामाथि कब्जा जमाएर बसेको छ भने अर्मेनियालीहरूले शुशी क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ । नयाँ युद्धविरामअनुसार आगामी डिसेम्बर १ भित्र सबै क्षेत्रका आक्रामक गतिविधि रोक्नुपर्नेछ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार राति भएको सम्झौताले सो क्षेत्रमा दिगो शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । हजारौँ मानिसको निधन र धेरै मानिस विस्थापित बनाएको सो द्वन्द्व अन्त्यको निम्ति युद्धविराम उपलब्धिमूलक हुने उनको भनाइ थियो । युद्धविराम सम्झौतामा मस्कोले पनि हस्ताक्षर गरेको छ ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयनले अर्मेनियाको पराजय भएको कुरा अस्वीकार गरेका छन् । तर, त्यहाँ ‘सङ्कट’ आइपरेको स्वीकारेका छन् । त्यसको निम्ति आफू जिम्मेवार भएको उनले बताए ।
युद्धविराम सम्झौता भएलगत्तै अर्मेनियाको राजधानी येरेभानमा ठूलो सङ्ख्यामा अर्मेनियाली जनता भेला भई सरकारी कार्यालयहरूअघि धर्ना कसेका छन् । उनीहरूले सो सम्झौतालाई धोखेबाजीको संज्ञा दिएका छन् । केही प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् । १७ वटा विपक्षी राजनीतिक दलले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरूले सम्झौता खारेजीको माग गरेका छन् ।
यसअघि भएका तीन वटा युद्धविराम सम्झौता पनि असफल भएका थिए । नगोर्नो–काराबखका नेता अरायिक हारित्युनयानले शान्ति सम्झौता गर्नुको अर्को विकल्प नभएको बताए । त्यसो नगर्दा सबै क्षेत्र नै अजरबैजानले जित्न सक्ने सम्भावना भएको उनको भनाइ थियो ।
अर्मेनियाका प्रधानमन्त्री पाशिनयानले आफ्नै सेनाको दबाबमा आफूले शान्ति सम्झौता गरेको बताए ।
उनले फेसबुकमा लेखे, “यो एउटा ठूलो असफलता हो । यो धेरै मानिसको सङ्कट र शोकको घडी हो ।”
अर्मेनियासँग सुरक्षा सम्झौता गरेको र त्यहाँ आफ्नो सैनिक अखडा भएको रुसको लागि पछिल्लो युद्धविराम सम्झौता दक्षिणी ककेसिया क्षेत्रको ऊर्जा उत्पादनमा आफू अझै पनि मुख्य हिस्सेदार भएको सङ्केतको रूपमा लिइएको छ । रुसले दक्षिण ककेसियालाई आफ्नो आँगन मान्ने गरेको छ ।
युद्धविराम सम्झौताअन्तर्गत अजरबैजानले अजेरी उपत्यकाको बाटोमा पहुँच बिस्तार गर्नेछ । अजेरी उपत्यका इरान–टर्की सीमामा पर्दछ । सो बाटो टर्कीलाई अजरबैजान पुग्ने थलमार्ग बन्नेछ ।
सम्झौताअन्तर्गत द्वन्द्वको कारण सो क्षेत्रबाट विस्थापित भएका जनताले आफ्नो घर फर्किने र युद्धबन्दीहरूको रिहाइ हुने रुसी राष्ट्रपति पुटिनले भने । साथै युद्धको क्रममा मारिएका मानिसको लास र अन्य वस्तु पनि दुवै पक्षबाट फिर्ता गरिने उनले बताए । युद्धको कारण बन्द गरेका आर्थिक तथा यातायातका सबै सञ्जाल खोलिनेछ ।
रुसी शान्ति सेना सो क्षेत्रमा कम्तीमा पाँच वर्ष बस्ने भएको छ । यसले सो क्षेत्रमा मस्कोको सैनिक पाइला विस्तार गरेको छ । पुटिनले नगोर्नो–काराबखको सीमावरपर तथा अर्मेनिया र नगोर्नो–काराबखको बीचको भागमा रुसी सेना तैनाथ हुने बताएका छन् ।
त्यहाँ २ हजार सिपाही, ९० बख्तरबन्द सवारी साधन, ३८० वटा सवारी साधन र अरू मालताल भएको तैनाथ रहने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसी सञ्चारमाध्यमअनुसार सो क्षेत्र पुग्न २० वटा सैनिक विमान उडिसकेका छन् ।
Leave a Reply