इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
रौतहट, २६ कार्तिक । पछिल्लो क्रममा रौतहटमा कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय जिल्ला प्रशासन कार्यालय रौतहटले गएको शुक्रबार राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जिल्लाव्यापीरूपमा निषेधाज्ञा जारी ग¥यो ।
कोभिड – १९ समुदायमा नफैलियोस् भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयले सबैलाई सचेत पार्न यो कदम चालेको हो । सूचनामा भनिएको छ – “यो समयावधिमा भीडभाड हुनेखाले कुनै पनि गतिविधि गर्न गराउन पूर्ण बन्देज लगाइएको छ ।” तर, शासक दलका नेताहरूले जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयको खिल्ली उडाउँदै चाडपर्वको नाममा शुभकामना आदानप्रदान कार्यक्रम भने रोकिएको छैन ।
कार्तिक २४ गते देवाली–गोनाली नगरपालिकास्थित गोनाली बजारमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कोभिड– १९ सङ्क्रमणको कारण नेपालमा मनाइने विभिन्न जात्रा, चाडपर्वलगायतका महत्वपूर्ण संस्कृति झल्कने कार्यक्रम औपचारिकतामा सीमित रह्यो ।
पार्टी प्रवेश कार्यक्रमको निहुँमा भीडभाड जम्मा गराएर उपेन्द्र यादवले आफ्नो गैरजिम्मेवारीपनाको उदाहरण प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थितहरूबीच भौतिक दुरी र स्वास्थ्य सुरक्षालगायतको मापदण्ड पूरा गरेको देखिदैनथ्यो ।
भोलि रौतहटका विभिन्न ठाउँमा कोभिड –१९ को जोखिम बढ्दै गयो भने यसको जिम्मेवारी कसले लिने भन्ने सर्वत्र प्रश्न उठिरहेका छन् ।
Leave a Reply