बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
-करभिका
एकै चुनावमा राजनीति सकिने गर्दैन । यदि एउटा चुनाव जित्दैमा राजनीति जित्नेको पेवा र हार्नेको सर्वनाश हुने भइदिएको भए नेपालको राजनीति आजपर्यन्त २०१५ सालको चुनावमा बहुमत ल्याएको कांग्रेसको पोल्टामा रहिरहनुपर्ने थियो । पहिलो संविधान सभाको चुनावमा नराम्ररी धुलो चाटेको एमाले आजसम्ममा मास छर्न कतै गइसकेको हुनुपर्ने हो । तर त्यसो भएन । तसर्थ कोही पनि परिपक्व राजनीतिक विश्लेषक र नेता–कार्यकर्ताले एउटा निर्वाचन परिणामलाई अन्तिम सत्य ठान्ने गल्ती गर्दैनन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा मात्र होइन, देशैभरि ‘आफूले सोचेभन्दा बढी’ स्थानमा सफलता हासिल गरेकोमा एमालेका केही नेता–कार्यकर्ताहरु यो चुनावको परिणाम नै अन्तिम सत्य भएझैं गरी फुरुङ छन् । अझ कोही त अह्मको फणा उठाएर अरु राजनीतिक आस्थालाई तुच्छ देख्ने गल्ती गरिरहेका छन् । घमण्डले जो कोहीलाई अन्धो बनाइदिने गर्दछ । आज एमालेगणमा त्यही घमण्डको भूत चढेको छ । तिनका मैमत्त अभिव्यक्ति र हुँकार सुन्दा २०६३–६४ सालका उन्मत्त माओवादीहरुलाई छायामा पारेका छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका एक जना नेताले भक्तपुर जिल्लामा पाएको ‘सफलता’ बारे नेपालखबर अनलाइनमा प्रकाशित रिपोर्ट एमालेजनमा ह्वात्तै बढेको उन्मादको पछिल्लो उदाहरण हो ।
त्यसो त भक्तपुरमा आउने जाने जुनकुनै राजनीतिक दलका जो कोही राजनीतिक दलका नेताहरुले नेपाल मजदुर किसान पार्टीको विरोध गर्न नसक्दा खाएको नपच्ने र दिइएको जिम्मेवारी पूरा नहुने कुनै नयाँ कुरा होइन । प्रचण्डको ‘समाजवाद २०० सय वर्षमा पनि आउनेछैन’, हिसिला यमीको ‘भक्तपुर कर्णालीभन्दा पछाडि परेको’, भीम रावलको ‘नेमकिपाको पैदल जुलुस पहेंलो जुलुस’ जस्ता भनाई त्यस्तै नपचेको र ‘जिम्मेवारी पूरा’को सिलसिला थिए ।
अधिनायकवादी शैली भनेको के हो ? ज्यादती भनेको के हो ? फासीवाद भनेको के हो ? फासीवादमा सामाजिक थपे पछि त्यसको अर्थमा के भिन्नता हुन्छ ? भक्तपुरमा साँच्चै नेमकिपाले अधिनायकवादी चिन्तन राखेको भए संसारकै सबभन्दा ‘लोकतान्त्रिक’ कम्युनिष्ट पार्टीले कसरी ‘बहुमत’ जित्न सफल भयो त ? आम नेपाली जनताले एमालेका ती नेताको नाम सुन्दा ‘ज्यादती’ शब्दको स्मरण गर्छन् । अनि ती नेताले नेमकिपासँग जोडेर ज्यादती शब्दको दुरुपयोग गर्दा चोरको खुट्टा काटको उखान ट्याक्क मिलेको छ । खलाँसी कुट्ने नेताले कामदार जनताको भावना बुझ्ला कसरी ?
एमालेका ती भक्तपुरे नेताले पनि त्यही विरासतलाई जोगाउँदै नेमकिपामाथि अर्को विषवमन गरेका छन् । उनले भने,‘…अधिनायकवादी शैली, ज्यादती र सामाजिक फासीवादी चिन्तन…’
नेपाली राजनीतिको एउटा रोग हो–शब्दको दुरुपयोग । शब्दको सही अर्थ नै नबुझी ‘खतरा भनेछ’ भन्ने पार्न पनि शब्दाम्बर फलाक्ने रोग पुरानो हो । अरु कसैले नबुझ्ने शब्दावलीहरु प्रयोग गर्न सक्यो, ऊ संसारको सबभन्दा ‘बुद्धिमान’ र ‘बौद्धिक’ भनिने र गनिने कुनै जमाना थियो । सायद एमालेका ‘हिट’ ती नेता पनि त्यो रोगबाट संक्रमित छन् । अनि शब्दावलीको बिस्कुन लगाएर जनतालाई ‘यी नेता त खतरा रहेछन्’ भन्ने भ्रम फैलाउने उपकर्ममा लागेका छन् उनी ।
अधिनायकवादी शैली भनेको के हो ? ज्यादती भनेको के हो ? फासीवाद भनेको के हो ? फासीवादमा सामाजिक थपे पछि त्यसको अर्थमा के भिन्नता हुन्छ ? भक्तपुरमा साँच्चै नेमकिपाले अधिनायकवादी चिन्तन राखेको भए संसारकै सबभन्दा ‘लोकतान्त्रिक’ कम्युनिष्ट पार्टीले कसरी ‘बहुमत’ जित्न सफल भयो त ? आम नेपाली जनताले एमालेका ती नेताको नाम सुन्दा ‘ज्यादती’ शब्दको स्मरण गर्छन् । अनि ती नेताले नेमकिपासँग जोडेर ज्यादती शब्दको दुरुपयोग गर्दा चोरको खुट्टा काटको उखान ट्याक्क मिलेको छ । खलाँसी कुट्ने नेताले कामदार जनताको भावना बुझ्ला कसरी ?
सामाजिक फासीवाद के हो र ती नेताले कुन परिभाषामा नेमकिपामा सामाजिक फासीवाद देखेछ, सबभन्दा हाँस्यास्पद कुरा हो । फासीवाद सधैं राज्यसत्तासँग जोडिएको राजनीतिक सिद्धान्त हो । यो देशमा राज्यसत्ताको ठेक्का लिएर बसेको दलको नेताले आजसम्म आफ्नो सैद्धान्तिक आधार रक्षाको लागि सत्तामा नगएको दललाई सामाजिक फासीवादी भन्नु अज्ञानताको पराकाष्ठा हो ।
अन्तर्राष्ट्रिय जगतमा विश्व सर्वहारा वर्गका गुरु स्तालीनलाई ‘सामाजिक फासीवादी’ भनेर भ्रमको खेती गर्नेहरु धेरै छन् । आफूलाई माक्र्सवादी–लेनिनवादी र कम्युनिष्ट भन्नेहरु पनि यो लाइनमा लागेका छन् । विश्व कम्युनिष्ट आन्दोलनभित्रको यो संशोधनवादी लाइनको नेपाली ठेकेदार नेकपा एमाले हो । अनि नेपालको कम्युनिष्ट आन्दोलनमा स्तालीनको ऐतिहासिक भूमिकाको सही मूल्याङ्कनका साथ सम्मान गर्ने पार्टी नेमकिपा हो । स्तालीनले तात्कालीन सोभियत संघलाई अराजकतावादी र संशोधनवादी आक्रमणबाट जोगाउन खेलेको भूमिका र दोस्रो विश्व युद्धमा नाजी फासीवादीलाई पराजीत गर्न देखाएको सहास एवं बलिदान विश्वको बिना पूर्वाग्रहको इतिहासमा जीवित छ । तर आज केही संशोधनवादी र अराजकतावादीहरु स्तालीनको बद्नाम गर्न सके आफ्नो गद्दारी सही ठहरिने देखेर स्तालीनलाई सामाजिक फासीवादी र स्तालीनलाई सम्मान गरेका पार्टीहरुलाई सामाजिक फासीवादी भन्ने गल्ती गरिरहेका छन् । एमालेका ती नेताले यति गहिरो अर्थमा त यो शब्दावली प्रयोग गरेका पक्कै होइनन् तर तिनलाई नचाउनेहरुले यही अर्थमा त्यो शब्द तिनलाई घोकाएको हुनुपर्दछ ।
नेमकिपा न त सत्तामा छ, न नेमकिपाले कुनै अल्पसंख्यक र फरक राजनीतिक आस्थाका जनतामाथि भौतिक वा कुनै पनि खाले दमन गरेको छ अनि नेमकिपा कसरी सामाजिक फासीवादी ? यो प्रश्नको उत्तर एमालेका ती नेताको वशको कुरा होइन । गाइड पढेर भए पनि वा कुनै बुद्धिजीवीसँग केही दिन प्रशिक्षण लिएर भए पनि यसको जवाफ आउला कि ?
अब चुनावको कुरा गरौं । चाणक्यकालीन समयमा एउटा राजनीतिक लाइन चल्तीमा थियो–अश्वनस नीति । आफ्नो लक्ष्य हासिल गर्न जुनसुकै गलत काम गर्दा पनि हुने, जस्तै अपराध गरेर पनि लक्ष्य प्राप्त गर्ने नीति नै अश्वनस नीतिको सार हो । एमालेले भक्तपुरका तीन नगरपालिकामा पाएको आंशिक सफलता त्यही आपराधिक नीतिको फल हो । कुटिल राजनीतिको सफलता हो एमालेको आंशिक विजय । हिजो सामन्ती र आज पूँजीवादी राजनीतिमा त्यस्ता कुटिल काम र छल गर्नु नै राजनीति मानिन्थ्यो । विषकन्या, विषपुरुष, गुप्तचर, छल, झुठ, षड्यन्त्र नै त्यस्तो राजनीतिको आधार थियो । तर संसारमा कम्युनिष्ट क्रान्तिकारी राजनीतिको शुरुवात त्यस्ता छल र षड्यन्त्रबाट सम्बन्धविच्छेदसँगै भएको थियो ।
नेमकिपा न त सत्तामा छ, न नेमकिपाले कुनै अल्पसंख्यक र फरक राजनीतिक आस्थाका जनतामाथि भौतिक वा कुनै पनि खाले दमन गरेको छ अनि नेमकिपा कसरी सामाजिक फासीवादी ? यो प्रश्नको उत्तर एमालेका ती नेताको वशको कुरा होइन । गाइड पढेर भए पनि वा कुनै बुद्धिजीवीसँग केही दिन प्रशिक्षण लिएर भए पनि यसको जवाफ आउला कि ?
सामन्ती राजनीति र कम्युनिष्ट राजनीतिबीचको भिन्नता भन्नु नै सामन्ती राजनीति षड्यन्त्रको लडाई हो भने कम्युनिष्ट राजनीति सिद्धान्तको लडाई हो । तर एमालेले आफ्नो विजयको लागि सिद्धान्तको व्यापार गरेर सामन्ती राजनीतिको चलखेलमा लाग्यो ।
ती नेता ‘भेष बद्लेर, मोटरसाइकलमा चढेर’ विभिन्न ठाउँमा गएका हुन् चुनाव प्रचारको समयमा । तर त्यसमा छुटेको कुरा के हो भने सँगै उनले पैसाका बिट्टाहरु लिएर गएका थिए र त्यहाँ लुकी लुकी पैसा बाँडेका थिए । चुनाव प्रचारको समयावधि सकिएलगत्तै शुन्यको समयमा एमालेका नेताहरुले कहाँ पैसा बाँडेका थिए, त्यो कुरा खुलासा गरे मात्र ती नेता साँचो अर्थमा छातीमा रौं भएका नेता हुन् । नत्र लुकी लुकी पैसा बाँडेर चुनाव जित्नु राजनीति होइन, कायरता हो ।
क्रान्तिकारी पार्टीले हरेक चुनाव र आन्दोलनलाई जनतालाई राजनीतिक रुपमा सचेत बनाउने खुला कक्षाको रुपमा जनसभाहरु सञ्चालन गर्दछ । तर एमालेका ती नेताहरुले प्रचार सभा नगरी नै चुनाव जितेकोमा खुसी व्यक्त गरेका छन् । अर्थात चुनावलाई एमालेले भक्तपुरमा जनतालाई सचेत बनाउने उर्वर समयको रुपमा होइन, लाटोकोसेरा जस्तै राति राति सक्रिय भएर पैसा बाँड्ने अभियानको रुपमा चलाएका हुन् ।
तथ्याङ्ककै कुरा गर्दा यो चुनावमा २०५४ सालमा नेमकिपाले पाएको जनमत घटेको छैन, बढेको छ । साँच्चै शासक दलहरुबाट पैसा, षड्यन्त्र र भेदको राजनीति नगर्ने इमान्दारी देखाएका भए नेमकिपाले थप क्षेत्रहरु पनि जित्न घामजत्तिकै छर्लङ्ग सत्य हो । अनि किल्ला तोडेको गफ गरेर जनतालाई भ्रमित पार्ने काम राजनीतिको व्यापारमा भविष्य भएका नेताले नगर्दा हुनेथियो ।
यसको अर्थ सबै जनताले पैसा खाएर भोट बेचेको भन्ने अर्थ नलागोस् । तर जनताको गरिबी र राजनीतिमा अवसरवाद झांगिएको प्रभाव केही जनतामा परेको हो र यसको फाइदा एमाले, कांग्रेस र राप्रपाजस्ता शासक दलहरुले लुटेका हुन् ।
जहाँसम्म यो चुनावमा नेमकिपाको किल्ला तोडेको ध्वाँसको कुरा छ, प्रथमतः नेमकिपाले कहीं कतै किल्ला भन्ने शब्द कहिले पनि प्रयोग गरेको थाहा छैन । भक्तपुरलाई नेमकिपाले कहिल्यै आफ्नो किल्ला भनेको थाहा छैन । एमालेले जस्तै लालकिल्लाको ध्वाँस पनि नेमकिपाले फलाकेको छैन ।
तथ्याङ्ककै कुरा गर्दा यो चुनावमा २०५४ सालमा नेमकिपाले पाएको जनमत घटेको छैन, बढेको छ । साँच्चै शासक दलहरुबाट पैसा, षड्यन्त्र र भेदको राजनीति नगर्ने इमान्दारी देखाएका भए नेमकिपाले थप क्षेत्रहरु पनि जित्न घामजत्तिकै छर्लङ्ग सत्य हो । अनि किल्ला तोडेको गफ गरेर जनतालाई भ्रमित पार्ने काम राजनीतिको व्यापारमा भविष्य भएका नेताले नगर्दा हुनेथियो ।
पैसा र ह्वीममा चुनाव जित्नेहरुको समयसँगै कसरी बडारिए, एमालेका नेतालाई नानीमैंया दाहाल, पद्मरत्न तुलाधर, मदन भण्डारी, कृष्णप्रसाद भण्डारी, विद्यादेवी भण्डारी, झक्कुप्रसाद सुवेदी र पुष्पकमल दाहालको नाम त यादै होला । त्यसैले धेरै उन्मत्त भएर रवाफको तातो श्वास फाल्न जरुरी छैन ।
Leave a Reply