भर्खरै :

नक्कली सम्पदा अभियन्ताहरूदेखि होसियार !

काठमाडौँ उपत्यकाका तीन सहरहरूमध्ये भक्तपुर भौगोलिकरूपमा सानो भए पनि सांस्कृतिक र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूणर् सहर मानिन्छ । तान्त्रिक उद्देश्यले नगर बसाउने क्रममा मध्य भागमा भैरव स्थापना गरी हनुमन्ते र खासाङखुसुङ खोला समीप आठ विभिन्न अष्टमातृका समेत स्थापना गरी नगर बसाएको सहर हो । यद्यपि भक्तपुर नगरको मध्य भागमा भैरव र त्रिपुरासुन्दरी देवी अनि वरपर ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मीको पिठ, द्योछेँ, बाल मसान, घाट आदि देख्न सकिन्छ । मल्लकालको अन्तिम समयसम्म कला, संस्कृति र सम्पदाको दृष्टिकोणले भक्तपुर स्वणर्युग रह्यो । यहाँ विश्व प्रसिद्ध तलेजु भवानीको परिसर, ५५ झ्याले दरबारसहितको लायकु परिसर, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरलगायतको टौमढी क्षेत्र, दत्तात्रय मन्दिर र विभिन्न मठसहितको तचपाल क्षेत्र हालसम्म भक्तपुरको आकर्षणको रूपमा रहेको छ । त्यसबाहेक वडा नं. १ देखि १० सम्म छरिएर रहेका प्रशस्त मठ मन्दिर, ढुङ्गेधारा, पोखरी, इनार, द्योछेँ, डबली, पाटीपौवा, सत्तललगायत अन्य वास्तुहरूसमेत यस नगरको शोभा हो । भक्तपुर यस्ता जीवन्त सम्पदाले भरिपूणर् सहर हो । भनिन्छ, यहाँ जति घरहरू छन् त्यति नै मूर्त र अमूर्त सम्पदाहरू छन्।
भक्तपुरका सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू विगत र हाल के कस्तो अवस्थामा छन् भन्ने तथ्य सर्वसाधारण जनतामा बढी ज्ञान र अनुभव छ । यहाँका सम्पदाहरू जनताको दैनिक जीवन र संस्कृतिसँग प्रत्यक्षरूपमा गाँसिएको छ । त्यसैले भक्तपुरका नगरवासीहरूले यहाँका मूर्त तथा अमूर्त सम्पदाहरू संरक्षणका लागि आफ्नो नीजि स्रोत साधनहरू पनि यसको बचाउमा लगाएका धेरै उदाहरणहरू छन् । भक्तपुरमात्र नभई भक्तपुरभन्दा बाहिर पनि सम्पदा संरक्षण तथा पुनर्निर्माणमा भक्तपुरका कालीगढहरूले सम्पदा संरक्षणमा विशेष योगदान दिइँदै आएका छन् । भक्तपुरका नाचगान, दाफा भजन, जात्रा पर्वदेखि लिएर सम्पदा जीणर्ोद्धारमा नगरवासीहरूको योगदान तथा श्रमदान सराहनीय छ । सम्पदाहरू जसले सिर्जना गर्‍यो उसैलाई बढी प्रिय र महत्वपूणर् हुन्छ । भक्तपुरका सम्पदाहरू पनि यहीँकै पुर्खाबाट सिर्जना भएकोले यसको माया पनि यहींकै जनतालाई बढी हुन्छ । तसर्थ यहाँको सम्पदा संरक्षण तथा सरसफाइमा नगरवासीहरू आफै मिलेर गरिदै आएको छ ।
भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने मूल नारालाई सार्थक बनाउन यहाँका प्रमुख सम्पदाहरू नगरवासीहरूकै सहयोगमा संरक्षण र संवद्र्धन गरिदै आएको छ । नगरपालिकाले दुईपटक पाँचतले मन्दिरको जीणर्ोद्धार, भैरवनाथ मन्दिरको जीणर्ोद्धार, ५५ झ्याले दरबार, वत्सला मन्दिर, केदारनाथ मन्दिर, नगर प्रवेश द्वार, तः पुखु, नः पुखु, रानी पुखु, भाजु पुखु, नगरका अन्य स-साना पुखु (पोखरी), ढुङ्गेधारा, इनार, मठ, पाटी पौवा, सत्तल, द्योछेँ पुनः निर्माण तथा जीणर्ोद्धार कार्य पारदर्शिताका साथ सम्पन्न गर्दै आइरहेको सबैमा विदित्तै छ । नगरका अमूर्त सम्पदाहरू जोगाउन बर्सेनि गाईजात्रा पर्वको अवसरमा सांस्कृतिक नाचहरूको मूल्याङ्कन गरी पुरस्कृत पनि गरिदै आएको छ । लामो समयदेखि आफ्नो अमूल्य जीवन यस्ता नाचागान बाजा गाजामा लगाएका संस्कृतिकर्मी तथा गुरुहरूलाई पनि सम्मान गरिँदै आएको छ । नगरपालिकाको सम्पदा संरक्षण तथा सरसफाइको राम्रो मूल्याङ्कन गरी युनेस्कोजस्ता अन्तर्राष्ट्रिय सङ्घ संस्थाले पुरस्कृत पनि गरेको थियो ।
भक्तपुर सम्पदा संरक्षणमा आफैं उदाहरण बन्दै आएको नगर हो । भक्तपुर नगरपालिका र भक्तपुरवासी सदैव आफ्नो टोल बस्तीका सम्पदा तथा संस्कृति जोगाउँदै आएको हँुदा उपत्यकाभित्र अझ पनि यो नगरले मल्लकालीन समयको झझल्को दिन सफल भएको छ । आज भक्तपुर बाहिरको अवस्था हेर्नुस् । देशकै राजधानी काठमाडौँको सम्पदा र संस्कृतिको अवस्था कस्तो छ ? नेवार सम्पदा र संस्कृति खोज्नुपर्ने भएको छ । अर्को छिमेकी ललितपुर पनि दिनपरदिन यही अवस्थामा गुज्रिँदै छ । यसै सन्दर्भमा केही दिनअगाडि भक्तपुरको हाकुफो हिटी सरसफाइसम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार तथा विभिन्न टीकाटिप्पणी भइरहेको छ । भक्तपुरको शानमानबाट केही मुठ्ठीभरकाले सम्पदा अभियन्ता नाम दिई दुहुनो गाई बनाउन खोज्दै त छैनन् ? भक्तपुरका स्थानीयले यहाँको दाफा भजन, जात्रा चाडपर्व संस्कार, भाषालगायतलाई जोगाउँदै अर्कोतिर यहाँका सम्पदाहरू जीणर्ोद्धार तथा पुनः निर्माणमा गरेको योगदानको कहीँ कतै कुनै प्रकारको प्रचारमा लागेको छैन । बरु, यस्ता मूर्त र अमूर्त सम्पदाहरू जोगाउन आफ्नै घरको खाजा बोकेर आउँछन् । त्यो कहिल्यै समाचार बनेनन् । तर केही दिन यता आफूहरूलाई हिटी सम्पदा अभियन्ता भनी क्यामेरा, माइक, पम्पलेट, ब्यानर र टिसर्ट ज्याकेट तयार पारी काम गरेपछि धमाधम फोटो एवम भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचारप्रसार गरी सक्रिय हुँदै छ । यो समूहले कहिले कहाँ यस्तो कार्य गर्छ ? कुनै कसैलाई जानकारी हुँदैन । आफ्ना दुई चार जनालाई मात्र यसको जानकारी दिई छापामार शैलीमा सफाइको नाटक गर्ने यो समूहले यसको पूर्वजानकारी तथा स्वीकृति कतैबाट लिनु आवश्यक नठान्नुबाट यी अभियन्ता भनाउँदाहरू कहाँबाट सञ्चालित छन् भन्ने प्रश्न उठेको छ ।
कुनै पनि सम्पदा हिटी संरक्षणको नाममा त्यहाँको मौलिक स्वरूप कलाकृति तथा अभिलेख प्रमाणहरू नष्ट भएमा त्यसको जिम्मेवारी को हुने ? हाम्रा कैयौँ हिटी (धारा) हरूको आफ्नै मौलिक विशेषताहरू छन् । ती विशेषता भएका हिटीहरूमा कयौँ महत्वपूणर् मूर्ति तथा कलाकृतिहरू सफा गर्नेको नाममा तुटफुट भएमा वा हराएमा त्यसको जिम्मेवारी कसले बहन गर्ने ? त्यसैले नेपाल सरकारले त्यस्ता प्राचीन सम्पदा तथा स्मारकहरूको संरक्षणार्थ प्राचीन नेपाल ऐन २०१३ अनुसार संरक्षण हुँदै आएको छ । यस्ता सम्पदाहरू सरसफाइ तथा उत्खनन् गर्दा विशेष सावधानीका साथ विभिन्न विशेष प्रकारका औजारहरू प्रयोग गर्नुपर्ने हुन्छ । कानुनीरूपमा प्रक्रिया पुर्‍याई मात्र त्यस्ता सम्पदाहरूको मौलिक स्वरूपमै व्यवस्थापन गर्नुपर्ने मान्यता छ । तर, सम्पदा संरक्षणको नाममा पाटी पौवामा मनपरी भित्ते चित्रहरू बनाउने स्वीकृति कसले दियो ? सच्चा सम्पदा अभियन्ता हो भने अभियन्ता भनिएकाहरूकै घर छेउको छायाँ देवी कम्प्लेक्स, बोडेको कमल पोखरी, खोकना बुङ्गमतिको सम्पदा जोगाउन के भूमिका रह्यो ?
अहिले देश सङ्घीयतामा प्रवेश गरेको छ । सङ्घ, प्रदेश तथा स्थानीय निकायहरू आफ्नो क्षेत्राधिकारभित्रका सम्पदा तथा संस्कृतिप्रति जिम्मेवार हुन्छ । स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्रका सम्पदा र संस्कृति जोगाउने उसको दायित्व पनि हो । यसरी कानुनले व्यवस्था गरेको अवस्थामा यदि कसैले प्रचारको बहानामा ऐन कानुन नियमावली प्रक्रियामाथि खेलबाड गर्छ भने त्यो सम्पदा संरक्षण ठहरिदैन । यस्तो कार्य तुरून्त रोक्नुपर्छ । हो, सम्पदाको संरक्षण हुनुपर्छ । यसमा स्थानीय निकायको भूमिका अझ उच्च छ । भक्तपुर नगरपालिकाको संरक्षणमा यहाँका जनतासित हातेमालो गर्दै सम्पदा तथा संस्कृतिको संरक्षण गर्दै आइरहेको छ । नगरका सबै सम्पदाहरू एकै दिन संरक्षण र सफा हुने अवश्य होइन, सयौँ सम्पदामा कुनै एक दुई वटा सम्पदाहरू सफा गरेको दृश्य राखी आफूलाई सम्पदा अभियन्ता ठान्नेहरूको नकाब उतारेर असली रूप देखाउने बेला भएको छ । नगरवासीहरूले पनि आफ्नो वरिपरि भएका सम्पदामा कुनै व्यक्तिले आफ्नो व्यक्तिगत तवरबाट संरक्षण गर्ने भनी आएमा तुरून्त रोकेर सम्बन्धित निकायमा जानकारी दिनु आफ्नो कर्तव्य हो ।
 

4 responses to “नक्कली सम्पदा अभियन्ताहरूदेखि होसियार !”

  1. Sujendra Shrestha says:

    नक्कली सम्पदा अभियन्ताहरूदेखि होसियार !kasari nakali bho rajesh ram ji? K cha praman nakali huna lai? कुनै पनि सम्पदा हिटी संरक्षणको नाममा त्यहाँको मौलिक स्वरूप कलाकृति तथा अभिलेख प्रमाणहरू नष्ट भएमा त्यसको जिम्मेवारी को हुने ? Yo kura ni garnu bho. Ani bewaris chodda haraye ma ko jimmewar? Ani social media ma halyo re, halda khaeri aaru ni motivate huncha ni. Yo “online majdoor” ta tyo madal wala nikat suneko ho ki haina? Jawaf paam.

  2. आलोचक says:

    यो लेखमा लेखकले आफ्नो सुझबुझ को दरिद्रपना देखाएको लाग्यो ।

  3. Markendeya Shrestha says:

    कति संकुचित र हतास मानसिकता हगी

  4. Rownaz prajapati says:

    पत्रकार मोहदय आउनुस एक पल्त तपाईं हामी बार्ता लाभ गरौं।
    समाचार सम्पादन गर्ने अधिकार पायो भन्दैमा मनलागदी समाचार सम्प्रेषण नगरौं।
    यदि सम्पदा संरक्षण महाअभियान न भयको भय तपाईंको त्यो भक्तपुर नगरपालिकाले जगाती फल्चा,र हिति को इतिहास बिर्सिसकेको हुन्थ्यो । हाकु फ्हो हिति को बिबाद हजुर पत्रकार मोहोदय लाई कत्ती को जान्कारी छ कि छैन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *