भर्खरै :

प्रम ओलीको जवाफले नेकपाभित्र राजनीतिक आँधीबेहरी आउने !

प्रधानमन्त्री केपी ओली नबोलेसम्म थुक निलेरै सहेर बस्छन्, बोलेपछि पोलेरै धमार मच्चाउँछन् । उनी धमास देखाउन पछि पर्दैनन् । सचिवालयको बैठक नबोलाउने, बैठक बोलाए सहभागी बन्न नचाहने प्रम ओलीले बुधबार सचिवालयको बैठकमा लक्ष्मणसरि वाण छोडे र भने, Fआज म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु ।” प्रम ओलीको यो अभिव्यक्तिले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको पत्र ओलीविरुद्धको अभियोग पत्र हो, ओलीको अपमान र तिरस्कार गरिएको पत्र हो, त्यो लाञ्छित पत्र हो भने बुझ्न सजिलो बनाउँछ ।
प्रम ओलीको मन्तव्यमा भनिएको छ, Fमेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्णरूपमा अस्वीकार गर्छु ।” नेकपा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरको सो पत्र के साँच्चै अर्का अध्यक्ष ओलीको राजनीतिक जीवन नै सिधिने खालको छ ? राजनीतिक जीवन नै सिधिने खालको पत्र दाहाल पक्षधरले किन ल्याउनुप¥यो ? पत्रमा त्यस्तो कुरा के उल्लेख छ ? त्यो पनि समयसँगै सार्वजनिक हुने नै छ । यति पेचिलो, कसिलो वाण हान्नसक्ने औकात भएका प्रम ओलीको तयारी पुगेपछिको जवाफ कति चोटिलो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । प्रम ओलीको नजरमा गम्भीरतापूर्वक आरोप लगाइएको भनिएको उक्त पत्रको जवाफबाट को को थला पर्ने हुन्, को कहाँ थन्किने हुन् र नेकपाको स्थिति कहाँ पुग्ने हो, अहिले नै यकिन गर्न नसके पनि समयले त्यो देखाउने नै छ । तयारी नपुग्दै दिइएको पत्रको जवाफ यति तीखो वाणसरि छ भने अब तयारी साथ दिइने जवाफले नेकपाभित्र राजनीतिक आँधीबेहरी नै आउने हो कि भनी नेकपाका प्रचण्ड पक्षधर नेताहरू थरहरी हुने हुन् या अझ दरो भएर कडा प्रतिकार गर्ने हुन् ? त्यो पनि अहिले नै यकिन गर्न सकिने विषय होइन ।
एउटा अध्यक्षलाई जानकारी नदिइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन भन्ने प्रम ओलीको भनाइ हो । प्रश्न अध्यक्ष दाहाललाई मात्र लागू हुन्छ कि ओलीलाई पनि ! के अध्यक्ष ओलीले हालसम्म गरेका काम, कारबाही र गतिविधि गर्नुअघि अध्यक्ष दाहालसँग अनुमति मागेका छन्, अनुमति लिएर उनी अघि बढेका हुन् ? प्रम ओलीले फर्केर हेर्नुपर्छ, मैले के के गल्ती गरेँ, कुन कुन गलत काम गरेकोले नेकपाको हालत यो स्थितिमा पुग्यो । एक अध्यक्षले अर्काे अध्यक्षको खुट्टा तान्ने, बेवास्ता गर्ने वातावरण निम्तिनुको कारण ओली र दाहाल सच्चा कम्युनिस्ट नभएरै हुन् । नेकपाका अध्यक्षद्वय ओली र दाहालले अबको बैठकमा माक्र्सवाद र लेनिनवादअनुसार अघि बढ्ने वाचा गर्नुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचारअनुसार देशमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीलाई परिचालन गर्ने, तद्अनुसार कार्यकर्ता तयार गर्ने प्रतिबद्धता गर्नुपर्छ । दुवै नेता कम्युनिस्टको सिद्धान्त र विचारबाट भिज्नुपर्छ । झूटा र निकृष्ट लाञ्छना त केपी ओलीले मात्र होइन कसैले पनि सहँदैनन्, सहनुहुँदैन, होइन र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *