भर्खरै :

शासक दलभित्रको झगडाले उब्जाएका केही सवाल

शासक दलको निर्लज्जताको पराकाष्ठा
शासक दल नेकपाको झगडा चौबाटोसम्मै पुग्यो । तल्लो स्तरका गाली–गलौज, अराजनीतिक आरोप–प्रत्यारोप हुँदै अब कार्यक्रम स्थलबाटै एउटा गुटले अर्को गुटको नेता लखेट्ने अवस्थासम्म पुग्यो । आश्चर्यको कुरा त अरूले नङ्ग्याउनु परेन, एक अर्कालाई ती आफै नङ्ग्याउँदै छन् । निर्लज्जताको पराकाष्ठा नाघ्दै छन् । हुन त केही समय अगाडि पर्सा जिल्लामा एउटा गुटले अर्को गुटको कार्यकर्ताको ज्यानै जाने गरी हमला गरेको घटनाको चर्चा पनि सेलाइसकेको छैन । कुन दिन देशैभरि त्यस खालका घटना घट्ने हुन्, ठेगान छैन !
शासकहरू देशलाई स्थिरता, शान्ति, समृद्धि, समाजवाद दिन्छु भन्थे । तर, आज तिनकै पार्टीभित्र शान्ति छैन । मेल छैन । तिनका नेताका मनमा शान्ति छैन । देशको त परकै कुरा, तिनकै पार्टीभित्र स्थिरता छैन । समृद्धि भन्थे नेता–कार्यकर्ता जो ‘डनगिरी’ गर्छन् र ठगी कार्यमा लीन छन्, ती जम्मै समृद्ध बने । नेता र मन्त्री वरपरका जम्मै समृद्ध भए । तिनको समाजवादको नारा त जनता ठग्ने मन्त्र बाहेक अरू केही होइन भन्ने अब दोहो¥याइराख्न परेन ! ठगी विद्यामा पारङ्गत नेकपाका नेता भनेर नेपाली समाजमा त्यत्तिकै आहान चलेको कहाँ हो र !
राजनीतिबाट नैतिकता, इमान निकाल्दा, नेता–कार्यकर्ताबाट अनुशासन, समर्पण, सेवाभाव हराउँदा र पार्टीबाट सिद्धान्त, विचार र प्रतिबद्धता लोप हुँदा जुन स्थानमा पुगिने हो त्यहाँ आज नेकपा छ र तिनका नेता छन् । नेकपा आज कम्युनिस्ट त के एउटा सच्चा पुँजीवादी पार्टीको तहमा पनि पुग्न सकेन र एउटा विचित्रको समूहको रूपमा देखापर्दै छ । छायावादीहरू भन्दै छन्, नेकपा ऊँट बन्यो ! सत्ता उन्माद, सङ्ख्याको दम्भ, अरूलाई मान्छे नगन्ने सामन्ती प्रवृत्ति, सैद्धान्तिक विचलन र दास मनोवृत्ति नै नेकपाको यो दूर्भाग्यको कारण हो भन्नु गलत हुने छैन ।
नेकपाको उद्देश्य नै गलत थियो । जसरी पनि निर्वाचन जित्ने, सरकारमा जाने, एकपटक प्रधानमन्त्री या मन्त्री बन्ने र सिंहदरबारको कुर्सी बाहेक तिनको मानसपटलमा अरू केही भएन । सामाजिक–सांस्कृतिक परिवर्तन, आमूल परिवर्तन, व्यापक जनताको हित, तल्लो वर्गको उत्थान, आत्मनिर्भरता आदि केवल नारा बनाए गन्तव्य बनाएनन् या व्यवहारमा उतार्न चाहेनन् । पुँजीपति वर्गको निगाहमा पाइने पद, अवसर, सुविधालाई नै तिनले अन्तिम सत्य ठाने । जब सिद्धान्त र उद्देश्य नै गलत हुन्छ तब परिणाम गलत हुनुमा र पार्टी लथालिङ्ग भताभुङ्ग हुनुमा के आश्चर्य ! सरोकार र सवाल के हो भने, तिनको अपराधका कारण देश र जनताले दुःख पाए । देश फेरि पनि उँभो नलाग्ने भयो !
झगडाको कारण के हो ?
पार्टी एकीकरण प्रक्रिया नै पूरा नहुँदै गुट, फूट र अनेक बहानामा झगडा किन र कसरी सुरु भयो त ? प्रश्न सरल देखिए पनि जवाफ त्यति सरल छैन । पहिलो कुरा त, यी आफ्नै बुद्धिले हिजो मिलेका थिएनन् । भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादको स्वार्थबमोजिम नै यी मिलेका हुन् । तिनका दलालहरूको योजना, चाँजोपाँजोबमोजिम मिलेका थिए । योभन्दा अगाडि प्रचण्डको पार्टीलाई भारतीय विस्तारवादले दश वर्षसम्म सहयोग ग¥यो । लगानी ग¥यो र हुर्कायो । एमालेलाई साम्राज्यवादी शक्तिहरूले तथा पश्चिमाहरूले विभिन्न एनजीओ, आईएनजीओ सञ्चालन गर्न दिएर डलर सहयोग गरे । ती दुई वटै पार्टी विभिन्न कालखण्डमा विभिन्न शक्तिकेन्द्रद्वारा नेपाली राजनीतिको शक्तिसन्तुलन मिलाउने क्रममा अनेक आवरणमा हुर्काइएका र बढाइएका हुन् । समयक्रममा ती शक्तिकेन्द्रद्वारा प्रयोग पनि भए । इतिहासले त्यही भन्छ । यथार्थ अझ खुल्दै पनि जाला ! त्यही लगानीको साँवा–व्याजसहित असूल्न ती शक्ति लागिपरेका छन् । आफ्नो स्वार्थबमोजिम नेकपालाई परिस्थितिअनुकूल प्रयोग गर्ने तिनको उद्देश्य भएको प्रस्ट हुँदै छ । परिणामतः यो झगडा यो स्थितिसम्म पुग्यो ।
दिल्लीको शासकवर्ग नेपालको विकास तथा भलाइ कहिल्यै चाहँदैन । नेपाललाई केवल आफ्नो बजार र कच्चा पदार्थको भण्डारको रूपमा बुझ्छ । आफ्नो आँगन र सुरक्षा कवच ठान्छ । तसर्थ, ऊ नेपालमा शान्ति, सुव्यवस्था, स्थिरता र बलियो सरकार चाहँदैन । धमिलो पानीमा माछा मार्ने बानी उसलाई परिसकेको छ । नेतृत्व फेरिरहने र आफ्नो विश्वासपात्रलाई सत्तामा पु¥याउन जेपनि गर्ने दिल्लीको पुरानो रोग हो । मिलाउने र भिडाउने खेलमा नै उसलाई आनन्द आउँछ र त्यसैमा नै आप्mनो स्वार्थपूर्ति हुने ऊ ठान्दछ । फलस्वरूप, घृणित खेलहरू नेपाली राजनीतिमा निरन्तर चलिरहेका छन् । दक्षिणबाट बरोबर हस्तक्षेपहरू भइरहेका छन् ।
पार्टी एकीकरण जसरी तिनले आफ्नो बुद्धिले मात्र गरेका थिएनन्, त्यसरी नै यो झगडाको पछाडि विदेशी शक्ति छन् भन्ने बुझ्न गा¥हो छैन । प्रम ओली आफूले जीवनमा सबैभन्दा बढी अपमानित भएको र आफ्नै मित्रहरूद्वारा अप्ठ्यारो अवस्थामा पु¥याइएको अनुभव गर्दै छन् । पर्यवेक्षकहरू भन्दै छन्, विदेशी आडभरोसामा सत्तामा जाने सपना देख्नेहरूको दूर्गति अवश्यम्भावी छ । ओली र प्रचण्डहरूको ठूलो कमजोरी भनेकै विदेशीले दिएको वैशाखी टेकेर दौडन खोज्नु हो । बारम्बार ठक्कर खाइसक्दा पनि चेत नखुल्नु, प्रायश्चित नगर्नु र विदेशीकै चङ्गुलमा फसिरहनु नै तिनको कमजोरी हो । साथै, ‘ट्रोजन हर्स’लाई सिंहदरबार भित्र्याउँदाको परिणाम आज देखिइँदै छ ।
झगडाको अर्को पाटो !
ओली र प्रचण्डहरूको झगडाको कारण पदलोलुपता, भागबण्डा, अहङ्कार र सत्तालिप्सा हो । ‘जोगी हुनका निम्ति राजनीति गरेको होइन’ भन्ने तिनको गलत चिन्तन, गैर–कम्युनिस्ट सोच र गलत उद्देश्यका कारण झगडाले यो रूप लिएको हो । नेकपाभित्र राजनीतिक संस्कारको खडेरी परिसकेको सङ्केत यो घटनाले गर्दछ । पार्टी अनुशासनको दाहसंस्कार स्वयम् नेताले नै गरिसकेपछि अरू कार्यकर्ताबाट के अपेक्षा गर्ने ? जगत् हँसाउने र हाँस्न मौका दिने काम शासक स्वयम्ले दिनु देशको अहितमा हुने हेक्कासम्म पनि तिनले राख्न सकेनन्  ।
यो झगडाले निम्नत्तम नेपाली मूल्य–मान्यताको समेत उल्लङ्घन ग¥यो । सङ्कटका बेला कुनैपनि बहानामा भैm–झगडा गर्नुलाई नेपाली समाजले स्वाभाविक या सामान्य घटनाको रूपमा लिने गर्दैन । कोभिडको कहरमा त एकताको सन्देश दिन सक्नुपथ्र्यो । नेता–कार्यकर्ता जनताबीच खटाइनुपथ्र्यो । सेवाका निम्ति लाखौँ कार्यकर्ता परिचालित गरिनुपथ्र्यो । तर, आज ठीक विपरीत दृश्य देखियो । स्वयम् शासक दलका नेता–कार्यकर्ताबाट जनताको उत्साहमा चिसो पानी खन्याउने लज्जास्पद कर्म हुँदै छ । यो क्षम्य कदापी छैन !
यो झगडाले नेकपा नाउँको नक्कली कम्युनिस्ट पार्टीमा अब विचार, सिद्धान्त, नीति तथा कार्यक्रमको अवसान भइसकेको छ भन्ने यथार्थ उदाङ्गो पारेको छ । त्यसका निम्ति सङ्घर्ष भएको, बहस चलेको खबर नेपाली जनताले कहिल्यै सुन्न पाएनन् । देशमा कोरोना महामारी
गर्ने उपायबारे ती चूँ बोल्दैनन् र अगुवाइ गर्दैनन् । किसान रासायनिक मल नपाएर समस्यामा छन् । शासक नेता मल ल्याउन दबाब दिँदैनन् । तीस वर्षमा समेत मल कारखाना स्वदेशमै खोल्न पहल गर्दैनन् । उत्पादकत्व बढाउन आवश्यक तयारीबारे मौन बस्छन् । सबैतिर भ्रष्टाचारले सीमा नाघ्दै छ । त्यसविरुद्ध अभियान चलाउनुपर्ने आवश्यकता नै ठान्दैनन् । भ्रष्टाचारीलाई दण्डित गर्न आवश्यक ठान्दैनन् । बेरोजगारी सङ्ख्या अत्यधिक बढ्दै छ । गरिबी बढ्दै छ । रोजगारी कसरी दिने ? शासक नेतामा कुनै चिन्ता छैन । तीन तहकै सरकार सुस्त–सुस्त छन् । राज्यलाई भार बढेको चर्चा चल्दै छ । विकासभन्दा बढी विनाश बढ्दो छ । प्रदेशको औचित्यमाथि नै प्रश्न उठ्दै छ । प्रतिक्रियावादीहरू टाउको उठाउँदै छन् । शासक दलको ध्यान त्यतातिर पटक्कै छैन । तिनको ध्यान सिंहदरबारको कुर्सीमै छ । बालुवाटारको ऐøयासी जीवनमै छ । सरकारमा नबसी बाँच्नै गा¥हो हुने निचोडमा ती पुगेका छन् । एक सच्चा नेता भएको भए जनता, देश र जनजीविकाका सवालमा आफूलाई केन्द्रित गर्नुपर्ने होइन र ?
निम्नत्तम समाजवादी आचरण देखाउन समेत नसक्नेहरूले कम्युनिस्टको साइनबोर्ड झुन्ड्याउनु पाखण्ड सिवाय अरू केही पनि होइन । आफू  प्रधानमन्त्री हुँदा समाजवादको उच्चारणसम्म नगर्नेहरू आज ङ्यारङ्यार गर्दै छन् । यो ठगीबाहेक अरू केही होइन । जनतालाई ठग्दै, छल्दै यी यहाँसम्म आइपुगेका हुन् । तिनको ठगीमा नफस्ने गरी जनता जब सचेत हुन्छन् तब । ठीक ठाउँमा आउनेछन् ।
झगडाले उब्जाएको आशङ्का
नेकपा नाउँको पुँजीवादी पार्टीले निर्वाचनमा साम, दाम, दण्ड–भेद अपनाएर तीनै तहमा बहुमत ल्यायो । प्रदेश नं दुई एउटालाई छोड्ने हो भने सबैतिर तिनको स्पष्ट बहुमत छ ! त्यति शक्तिशाली हुँदाहुँदै तीन वर्ष बितिसक्दा समेत केही उल्लेख्य कार्य गर्न सकेनन् । निर्वाचनमा जनताबीच कबुल गरिएका र घोषणापत्रमा उल्लेख भएका काम गर्न सरकारले आवश्यक ठानेन । जताततै बल मिचाइँ, अराजकता र अनियमितता छायो । बिचौलियाहरूको राज सुरु भयो । आर्थिक अपराधीहरू, ठग ठेकेदारहरूको हालीमुहाली चल्दै छ । नियम, कानुन होइन माफिया माथि छन् । पञ्चायती व्यवस्थाकै झझल्को पाएको जनता गुनासो गर्दै छन् । परिवर्तनतर्फ होइन समाज पतनतर्फ उन्मुख भएको दृश्यले प्रस्ट देखाउँदै छ ।
यी सारा कुकर्म, अपराध ढाकछोप गर्न यो झगडाको नाटक रचिएको त होइन ? आफ्नो अक्षमता लुकाउन यो रडाको मच्चाइएको हो कि ? यो झगडा धुवाँको पर्दा होइन कसरी भन्ने ? यो झगडाको नाटकमा अल्मल्याएर अर्को खिचडी पो पाक्दै छ कि ? भारतीय विस्तारवाद नेपालको अर्को कुनै नदी हात पार्ने, असमान सन्धि–सम्झौतामा फसाउने ध्याउन्नमा पो छ कि ? यी अत्यन्त संवेदनशील सवाल पनि उठ्दै छन् । उठ्नु अस्वाभाविक पनि होइन । भारतीय विस्तारवादका विगतका गतिविधि हेर्दा प्रस्ट बुझिन्छ कि काठमाडौँ एउटा कुनै अलमलमा परिरहँदा र गोलमालमा फसिरहँदा ऊ अर्कै षड्यन्त्रमा तल्लिन हुन्छ । त्यस क्रममा नेपाल सधैँसधैँ गुमाउँछ मात्रै । शासक दलको अकर्मण्यता, अदूरदर्शीता र अपरिपक्वताका कारण यो पटक के गुमाउनुपर्ने हो, हेर्नै बाँकी छ ! शासकको नालायकीपनका कारण अझै कति पटक नेपाली जनता ठगिने हुन् ? भविष्यले नै बताउला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *