भर्खरै :

ऐक्यबद्धताको गीत

संसारका मानिस, एकसाथ
साझा उद्देश्यको सेवामा एकजुट बन !
त्यसले सदासर्वदा हामीलाई पालोस् भनेर
ख्याल गर, त्यो तिम्रो मात्र नबनोस् भनेर ।
लम्क लम्क, नबिर्सी
हाम्रो शक्ति देख्न सकिन्छ जहाँ !
भोकमा वा खाने बेला,
लम्क लम्क, नबिर्सी
हाम्रो ऐक्यबद्धता !
काला वा गोरा वा खैरा वा पहेँला
फाल तिम्रा पुराना मनमुटावहरू पछाडि
एकचोटि आफ्नो साथीसँग कुरा थाल
तिनीहरूसँग तिमी एकाकार हुनेछौ
लम्क लम्क, नबिर्सी
हाम्रो शक्ति देख्न सकिन्छ जहाँ !
भोकमा वा खाने बेला,
लम्क लम्क, नबिर्सी
हाम्रो ऐक्यबद्धता !
हामी यसलाई कायम राख्न चाहन्छौँ भने
हामीलाई तिमी र तिम्रो सहयोग चाहिन्छ ।
तिमी आफ्नै भाउँतोमा मात्र लाग्छौ भने
तिमीले आफैलाई एक्लो बनाइरहेका छौ ।
लम्क लम्क, नबिर्सी
हाम्रो शक्ति देख्न सकिन्छ जहाँ !
भोकमा वा खाने बेला,
लम्क लम्क, नबिर्सी
हाम्रो ऐक्यबद्धता !
हामीलाई शासन गर्ने सबै गिरोहहरू
हामीबीचको झगडा बन्द नहोस् भनी आस गर्छन्
आफूहरू उच्च आसनमा बसिरहन पाऊँ भनेर
हामीलाई टुक्रिन सघाउँछन् र मुर्ख बनाउँछन्
लम्क लम्क, नबिर्सी
हाम्रो शक्ति देख्न सकिन्छ जहाँ !
भोकमा वा खाने बेला,
लम्क लम्क, नबिर्सी
हाम्रो ऐक्यबद्धता !
संसारका कामदारहरू, एक बन
त्यो तिम्रा साङ्लाहरू चुँडाल्ने तरिका हो
शक्तिशाली पल्टनहरू अहिले लडिरहेका छन्
कुनै तानाशाही बाँकी नरहोस् भनेर !
लम्क लम्क, नबिर्सी
जबसम्म ठोस प्रश्न सुल्झिन्न
भोकमा वा खाने बेला,
भविष्य कसको भविष्य हो ?
र संसार कसको संसार हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *