भर्खरै :

एनजीओले कम्युनिष्ट आन्दोलन कमजोर

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले एनजीओ र आइएनजीओले संसारको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टीको आयोजनामा आइतबार भएको काठमाण्डौ उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै चुनाव हारेको जाती तर गलत काम गरेर चुनाव जित्नु नजाती भएको बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा स्वतन्त्र वाम भन्नेहरुले जालसाझीको काम गरेको चर्चा गर्दै उहाँले आफूलाई स्वतन्त्र वाम भन्नेहरुबाट सावधान हुनुपर्ने प्रष्ट पार्नुभयो ।
शत्रुले विरोध गर्नु नराम्रो नभएको भन्दै अध्यक्ष बिजुक्छेंले विरोधीहरुको विरोधले आफू र अरुबीचको भेद स्पष्ट हुने बताउनुभयो ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उहाँले स्थायी जागिर छोडेर पार्टीको आदेशमा चुनावमा उम्मेदवारी दिनु राम्रो पक्ष भएको तर व्यक्तिगत महत्वाकांक्षा राखी चुनावमा लड्ने प्रवृत्तिबाट सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले स्थानीय तहको निर्वाचनमा कर्मचारी र निर्वाचन आयोगले पक्षपातपूर्ण व्यवहार गरेको बताउनुभयो ।
मत च्यातिए पछि पुनः निर्वाचन गर्ने नजीर स्थापित भए भविष्यका हरेक चुनावमा मतपत्र च्यातिएको अवस्थामा पुनः चुनाव गर्ने अवस्था आउने उहाँको भनाई थियो ।
सचिव सुवालले सरकारी कोषबाट तलब खाने कर्मचारीहरुलाई टे«ड युनियनको अधिकार दिइन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, सांसद अनुराधा थापामगर, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपा भक्तपुर जिल्लाका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाई, केदार खड्का, रामेश्वर बोहरा, गुणदास महर्जन, मीनबहादुर बाटा, नारायणभक्त न्हेमाफुकी, महेन्द्र बखुन्छे, नीरज लवजूलगायतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *