तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १३ मङ्सिर । नेपाल मजदुर किसान पार्टी चासुखेल एकाइ समितिको आयोजनामा २०० औँ जन्म दिवस कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरी मनाइयो । कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले माक्र्सको जीवनको अन्तिम समयसम्म वैज्ञानिक समाजवादका प्रवर्तक, मानव समाजको विकासको नियम पत्ता लगाउने कार्लमाक्र्सलाई हरतरहले सहसहयोग गर्ने एँगेल्स हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, “कार्लमाक्र्सले मानव इतिहासको नियम पत्ता लगाउनुभयो, अर्थशास्त्रमा अतिरिक्त मूल्य पत्ता लगाउनुभयो र निजी सम्पत्ति र समृद्धि कसरी सामूहिक सम्पत्ति हुन्छ भन्ने प्रस्ट पार्नुभयो ।”
उहाँले कार्लमाक्र्सले एँगेल्ससँग मिलेर विचार र सङ्गठनको क्षेत्रमा संसारलाई उज्जालो दिने आश्चर्यजनक कार्यहरू गरेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष हिमालयश्वरलाल मूलले माक्र्सवादी सिद्धान्त माओे त्सेतुङ्गले चीनमा लागू गरी एक गरिब देश चीनलाई अहिलेको संसारको सबैभन्दा बढी उत्पादक र व्यवस्थित देशमा परिणत गर्न सफल भएको छ भन्नुभयो ।
नेमकिपा चासुखेल एकाइ समिति अध्यक्ष नारायणप्रसाद त्वानाबासुको सभापतित्वमा भएको उक्त प्रशिक्षण कार्यक्रममा भनपा ५ नं. वडाका वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, पूर्णगोपाल राजचल, सम्झना खाइजूले पनि एँगेल्सको योगदान र समसामयिक राजनीतिक विषयमा बोल्नुभएको थियो । सोही कार्यकर्ता भेलाबाट पूर्णगोपाल राजचलको अध्यक्षतामा नेमकिपा चासुखेल एकाइ समिति पुनःगठन गरिएको छ ।
Leave a Reply